घरघरमा खानेपानीका धारा निर्माण

पुनर्वास नगरपालिका वडा नं १० भिम बस्तीमा रहेकाे खानेपानी उपभाेक्ता तथा सरसफाइ समितिकाे कार्यालय । तस्बिर ः तेजबहादुर सार्की

तेजबहादुर सार्की

कञ्चनपुर , माघ २० गते । पुनर्वास नगरपालिका वडा नं १० भिम बस्तीका घरघरमा खानेपानीको धारा निर्माण गरिएका छन् ।

२०७८ सालमा बाईसी विचवा खानेपानी तथा सरसफाई आयोजनाले यहाँका सात सय घरमा झण्डै चार करोड सत्तरी लाख पन्ध्र हजार रुपियाँमा धारा निर्माण गरिएका हुन ।

लामो सयम देखि नलको रातो पानी खान बाध्य भएका यहाँका स्थानीय यती बेलामा भने धारको सफा स्वच्छ पानी खान थालेका छन् । 

२०७८ साल पछि एक घर एक धारा निर्माण कार्यक्रम सम्पन्न भएपछि अहिले यहाँका स्थानीयले घरमै सफा र स्वच्छ खानेपानी खान थालेको स्थानीय विष्णुबहादुर विकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँमा पहिला खानेपानी थिएन । अहिले गाउँमै खानेपानीको ट्ङयाकी निर्माण भएपछि अहिले घरमै सफा पानी खान पाएका छौ ।” 

पहिला घरमा पानीकोधारा नहुँदा नलको पानी खान बाध्य भएका थियौ । अहिले घरमै सफा खानेपानीको धारा निर्माण भएपछि त्यसै धाराबाट सफा स्वस्च्छ पानी खान पाएपछि निकै सहज भएको विकले बताउनुभयो ।

यो खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोपाल काफ्ले हुनुहुन्छ । उहाँ आफैमा एक शारीरिक अशक्त व्यक्ति हुनुहुन्छ । उहाँको अहिले दुइ खुट्टा चल्दैन । 

अध्यक्ष गाेपाल काफ्लले तस्बिरःतेजबहादुर सार्की

उहाँ वैशागी को साहारले हलचल गर्नु हुन्छ । तर पनि उहाँले अथक प्रयास र समितिका सबैको सात सहयोगले यहाँका स्थानीयको घरघरमा खानेपानीको धारा निर्माण कार्य सम्पन्न भएपछि अहिले यहाँका स्थानीयको लामो समय देखिको खानेपानीको समस्या दुर भएको छ ।

यही खानेपानी योजना सँगै निर्माण हुन थालेका अन्य वडाका योजना भने अहिले सम्म निर्माणको काम सम्पन्न भएको छैन् । भौतिक संरचना निर्माण गरेपनि त्यहाँका स्थानीयको घरमा पानी भने आएको छैन् ।                                                       

उनीहरुको लामो समय देखि खानेपानीको अभाव भएपनि योजनाको काम सम्पन्न नहुँदा यहाँका स्थानीयले अहिले सम्म खानेपानी खान पाएका छैन् ।

पुनर्वास नगरपालिका १० मा भिमबस्ती बाईसी विचवा खानेपानी तथा सरसफाई समितिका अध्यक्ष  गाेपाल काफ्ले  वैशागीकाे साहारले कार्यालयमा प्रवेश गर्दै  । तस्बिर ः तेजबहादुर सार्की

२०७४ साल देखि निर्माण कार्य सुरु भएको योजनाको काम हामीले २०७८ सालमै काम सम्पन्न गरेको बाईसी विचवा खानेपानी समितिका अध्यक्ष गोपाल काफ्लेले बताउनभुयो ।

उहाँले भन्नुभयो, “ हाम्रो लक्ष भनेको यहाँका सबै स्थानीयको घरघरमा खानेपानीको धारा निर्माण गरेर उनीहरुलाई सफा र स्वाच्छ पानी खुवाउँनु हो ।” 

यहाँका केही घर अग्लो स्थानमा भएको कारण त्यस घरमा मात्र खानेपानीको धारा निर्माण गर्न सकेको छैन् । अन्य यहाँका सबै बस्तीमा खानेपानी पुगको छु । त्यो घरमा केही सयमपछि जसरी भएपनि खानेपानीको धारा निर्माण गर्ने प्रक्रिया अगाडी बढेको अध्यक्ष काफ्लेले बताउनुभयो ।

पुनर्वास नगरपालिका १० भिमबस्तीकाे बाईसी विचवा खानेपानी तथा सरसफाई समितिका कर्मचारी कार्यालय अगाडिमा रहेकाे वगैचा गाेडमेल गर्दै । तस्बिर ः तेजबहादुर सार्की






यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्