सुरक्षा सेवा प्रवेशको सारथी बन्दै रेड लायन

कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं –८ जमुना नगरमा रहेको रेड लायन फिजिकल एकेडेमीमा प्रशिक्षणमा सहभागि प्रशिक्षार्थी । तस्बिर ः रेड लायन

तेजबहादुर सार्की 

कैलाली , माघ २३ गते । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं –८ जमुना नगरमा रहेको रेड लायन फिजिकल एकेडेमी सुरक्षा सेवा प्रवेश गर्न चाहने युवाहरुको सारथी बन्दै गएको छ । 

पीटिमा सहभागि प्रशिक्षार्थी । तस्बिर ः रेडलायन

नेपाली सेना , नेपाल शसस्त्र प्रहरी र नेपाल प्रहरीमा सेवा प्रवेश गर्न चाहने युवाहरुलाई यस एकेडेमीले आवश्यक पर्ने शारीरिक , लिखित र अन्तर्वाताका तयारी कक्षा सञ्चालन गर्दै आएको छ । 

यसमा नेपाली सेनाका अवकास प्राप्त मेजर ईन्द्रबहादुर चिदिको सुपरिवेक्षण र अवकास प्राप्त हुद्दा कृष्णबहादुर साउँदद्धारा सञ्चानल हुने शारीरिक तन्दुरुस्ती तालिम तथा लिखित र अन्तर्वाताका लागि विषय विशेषज्ञ अनुभवि शिक्षकबाट कक्षा सञ्चालन हुने गरेका छन् ।

सेना दिवशकाे उपलक्ष्यमा आयोजित म्याराथन दाैडमा सहभागि प्रशिक्षार्थी । तस्बिर ः रेड लायन

यो रेड लायन फिजिकल ऐकेडेमी सुदूरपश्चिमको पहिलो र एकमात्र क्याम्प मोडेलको तालिम केन्द्र हो । यहाँ आउने प्रशिक्षार्थीहरुलाई यस भित्र खान बस्न व्यवस्था रहेको छ ।

विगतका वर्षहरुमा यस ऐकेडेमीमा प्रशिक्षण लिई सयौँको सङख्यामा नेपाली सेना शसस्त्र प्रहरी र नेपाल प्रहरीमा समेत सेवा प्रवेश गरिसकेको रेड लायन एकेडेमीका सञ्चालक लालबहादुर भूलले बताउनुभयो ।

बाढीपहिराे नियन्तरणमा खटिएका रेड लायनका प्रशिक्षार्थीहरु । तस्बिर ः रेड लायन

उहाँले भन्नुभयो, “यस रेड लायनमा भर्ना हुने प्रशिक्षार्थीहरु प्राय अधिकाशं सफल हुने गरेका छन् । हामीले नेपाली सेना नेपाल शसस्त्र र नेपाल प्रहरीका लागि दरखास्त दिएर यहाँका आएकाहरुमा प्राय धेरै सफल हुने गरेका छन् ।

सेवा प्रवेशपछि तालिम केन्द्रमा प्रस्थान  गर्दै । तस्बिर ः रेड लायन

प्रत्येक पटक आउने प्रशिक्षार्थीहरुको मन जित्दै गएपछि अहिले यो ऐकेडेकी सुरक्षा निकायमा प्रवेश गर्नेहरुको एक सारथी बन्दै गएको भूलले बताउनुभयो ।




 


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्