खरायो गतिमा सम्झौता कछुवा तालले निर्माण

कछुवा गतिममा निर्माण हुँदै अाएकाे बाजुराको सेरा आटीचौर सडक अन्तर्गत पर्ने बल्दे देखि धुरासैन सडक । तस्बिर ः सुदूरपाटी
शेरबहादुर सार्की
बाजुरा , फागुन २ गते । बाजुराको सेरा आटीचौर सडक अन्तर्गत पर्ने बल्दे देखि धुरासैन सडक निर्माणको काम सुरु भएको झण्डै पाँच वर्ष पुरा भयो ।
जय देवि एस एस निर्माण सेवा प्रालिले २०७९ सालमा असारमा काम सम्पन्न गर्ने गरी २०७७ साल असार ११ करोड रुपियाँमा कालोपत्रे गर्ने कामको जिम्मा लिएको थियो ।
खरायो गतिमा सम्झौता गरेको जयदेवि एस,एस निर्माण सेवा प्रालिले कछुवा तालले निर्माण गर्दै आएको बल्खे धुरालसैन सडक कालोपत्रे गर्ने काम अँझै अलपत्र परेको छ ।
सेरा आटिचौर सडक निर्माणको जिम्मेवार लिएको ठेकेदार कम्पनीले समयमै काम पुरा नगरेपछि अहिले सो सडकको कालोपत्रे गर्ने काम निकै ढिलाई भएको बूढीगङ्गा नगरपालिका –२ का स्थानीय बहादुर थापाले बताउनुभयो ।
उहाँलेभन्नुभयो, “ बह्रमतोला , कुँडी , डुग्री , आटिचौर र डोगडी लगायतका स्थानीय दैनिक यो सडकमा आउजाउ गर्ने गर्दछन् ।”
कालोपत्रे गर्ने काम समयमै सम्पन्न गर्न नसक्दा अहिले यहाँका स्थानीयलाई यो सडकमा वर्खाको समय दैनिक उपभोग्य सामाग्री समेत ढुवानी गर्न तथा आउजाउ गर्न समेत निकै समस्या हुँदै गएको थापाले बताउनुभयो ।”
वि.स २०६५÷०६६ सालमा सडक डिभिजन कार्यालय अछामले सेरा आटिचौर सम्मको कच्ची सडकको निर्माण कार्य सम्पन्न गरेपछि यहाँ जिप ट्याक्टर लगायतका सवारी साधान सञ्चालनमा आएका छन् ।
बूढीगङ्गा नगरपालिकाको –२ को बल्दे देखि खप्तड छेडेदह गाउँपालिकाको आटिचौर डोगडी हुँदै बझाङ्ग छोएको यो सडकमा पहिला लगातार चलिरहने गाडी अहिले ठाउँ ठाउँमा रोकिने गरेका छन् ।
लामो समयको निर्माणाधिन यो सडकले हिउँद वर्खाको बेला बाटो अवरुद्ध हुँदा यहाँका स्थानीय व्यापारीलाई दैनिक उपभोग्यका सामान ढुवानी गर्न निकै समस्या हुने गरेको छ ।
ठेकदारको लापरबाहीले सेरा आटिचौर सडकको कालोपत्रे काममा निकै ढिलाई भएपछि अहिले यहाँका स्थानीयबासीलाई आउजाउमा समस्या हुने गरेको छ ।
स्थानीय , प्रदेश र सङ्घीय सरकारले गाउँको विकास छिटो गर्ने गरी स्थानीयलाई उपलब्ध गर्दै आएका अधिकाशं योजना ठेकेदारको लापरबाहीका कारण सधै यसरी नै अलपत्र पर्ने गरेकोले पछिल्लो समय स्थानीयलाई निकै सास्ती खेप्दै आउनु परेको हो ।
यहाँका ठेकेदार कम्पनीले जिम्मा लिने बेलामा समयमै काम सम्मन्न गर्छु भन्ने जिम्मा पाईसकेपछि काममा लापरवाही गर्ने प्रचलनले यहाँका दर्जनौ सडक यसरी नै अलपत्र पर्ने गरेका छन् ।
कोरोनाका कारण सामान महङ्गी हुँदा सडक निर्माणको काममा ढिलाई भएको जयदेवि एस.एस प्रालिका प्रतिनिधि बिरेन्द्र शाहीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “केही वर्ष पहिला कोरोनाको कहर तथा मुल्य वृद्धि र गिट्टी नभएकोले समयमा काम गर्न नसकेको हो ।”
अहिले म्याद थपेको छ । २०८२ सालको असारमै यसको कालोपत्रेको काम सम्पन्न गर्ने शाहीले बताउनुभयो ।
२०७९ साल चैत मसान्त काम सम्पन्न गर्ने गरी २०७७ साल असारमा जयदेवि एस,एस निर्माण सेवा प्रालिले बल्दे देखि धुरालसैन सम्मको पाँच किलोमिटर छ सय मिटर सडक निर्माणको जिम्मा लिएको भौतिक पुर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।
२०७९ सालमा सेरा आटिचौर सडक अन्तर्गत पर्ने बल्दे देखि धुरालसैन सम्मको पाँच किलोमिटर छ सय मिटर सडक असार सम्म कालोपत्रे गर्ने गरी २०७७ सालको असारमा झण्डै ११ करोडमा जिम्मा लिएको पुर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले बताउँनुभयो ।
उहाँले भन्नुभयो, “ अहिले झण्डै ६३ प्रतिशत काम भएको छ । त्यो काम गरेवाफत सात करोड भुक्तानी लिएको छ । ”
अहिले २०८२ को असार मसान्त समम्म काम सम्पन्न गर्ने गरी फेरी म्याद थपेको छ । अब ३७ प्रतिशत् काम गर्न बाँकी छ । त्यो काम सम्पन्न गरेपछि मात्र बाँकी रहेको चार करोड भुक्तानी दिने भौतिक पुर्वाधार विकास कार्यालय अछामका प्रमुख थापाले बताउँनुभयो ।
्