बालबालिकालाई शैक्षिक सामाग्री वितरण

क्याप्सन ः समाजिक अभियन्ता रिता शाही बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका –३ मा रहेको भैरवनाथ आधारभूत विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री विरतण गर्दै ।
शेरबहादुर सार्की
बाजुरा , फागुन १५ गते । बाजुराको पुर्विउत्तर क्षेत्रमा पर्ने कर्णाली पारीको स्वामिकार्तिक खापर गाउँपालिका –३ मा रहेको भैरवनाथ आरधारभूत विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
जिल्लाको एक विकट क्षेत्रका रुपमा रहेको यो विद्यालयमा प्राय दलित परिवारका बालबालिकाहरु पठन पाठन गर्दै आएको छन् ।
यहाँ पढ्ने गरेका असी जना ती बालबालिकाहरुको पढाइमा सहज हुने गरी झोला , कापी ,डट सिसाकलम लगायतको स्टेस्नरी सामाग्री वितरण गरेको सामाजिक अभियन्ता रिता शाहीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ दुर्गम बस्तीका गरिब तथा विपन्न बालबालिकाहरुको शैक्षिक क्षेत्रमा टेवा पुग्ने गरी काठमाण्डौ निवासी मिनग्मा दोर्जे शेर्पाले ५५ अमेरीकामा निवासी ओङ्छु शेर्पा ट्रष्टका ओङ्छु शेर्पा र मिना गुरुङ्ले २५ जनालाई स्टेशनरी सामाग्री खरिद गर्नका लागि आर्थिक सहयोग गर्नु भएको हो ।
उहाँहरुले दिएको सो सामाग्री यस विद्यालयका व्यवस्थापन समिति अध्यक्ष कल्कि शाहि शिक्षक अभिभावक लगायतको उपस्थितिमा वितरण गरेको शाहीले बताउनुभयो ।