दुर्गमका अपाङ्गता भएकाहरु अधिकार नियाल्दै

शेरबहादुर सार्की
बाजुरा , फागुन १९ गते । बाजुराको बुढीनन्दा नगरपालिका –१० पाण्डुसैनका मिलन बोहरा थला परेको झण्डै १८ वर्ष भयो । उहाँ जन्मजात अपाङ्ग हुनुहुन्छ ।
उहाँले जीवित भएर जन्म लिएपनि पछिल्लो समय उहाँको अवस्था भने नीर्जिव सरह झै भएको छ । अहिले उहाँ नत बोल्नु सक्नु हुन्छ ।
अहिले उहाँ न त कतै हिडडुल गर्न सक्नु हुन्छ । नत आफै खाना खान तथा दिशा पीसान गर्न सक्नु हुन्छ ।
उहाँको मानसिक तथा शारीरिक अवस्थामा निकै कम्जोर भएकोले उहाँलाई अहिले स्याहार सुसारको निकै आवश्यक पर्ने गरेको छ ।
बाजुरा देशकै एक विकट जिल्लाको रुपमा चिनिन्छ । यहाँ वर्ष भरी खेती लगाएपनि छ महिना खान पुग्दैन । यहाँका स्थान्नीय दिनभर काम गरेपनि बेलुकी राम्रो सँग खान पाउँदैनन् । सपाङ्गलाई खान मुस्किल हुने यो ठाउँमा अपाङ्गको त कुरा नगरौ ।
उसो त नेपाल सरकारले अपाङ्ग भएका व्यक्तिलाई विभिन्न सेवा सुविधा दिने गरी ऐन नै ल्याएको छ । तर दुर्गमका अपाङ्गहरुले भने यो ऐन अनुसारको सेवा पाउँन सकेका छैन् ।
सरकारले (क) पूर्ण अशक्त अपाङ्गताको लागि रातो (ख) अति अशक्त अपाङ्गताको लागि निलो (ग) मध्यम अपाङ्गताको लागि पँहेलो (घ) सामान्य अपाङ्ताको लागि सेतो परिचय पत्र दिने गरेको छ ।
रातो कार्ड भएकाले महिनाको चार हजार र निलो भएकोलाई एक हजार पाँच सयम देखि दुइ हजार रकम पाउँने गरेका छन् ।
त्यो रकमले यहाँका अपाङ्गलाई गाँस बास र कपासका लागि पुग्ने गरेको छैन् ।उनीहरुलाई खान सँगै स्याहार सुसारको निकै आवश्यक छ ।
सरकारले अपाङ्गता भएका व्यक्तिलाई विशेष पहिलो प्राथमिकता दिएको छ । तर पनि दुर्गम बस्तीका अपाङ्गहरु भने मृत्युको पर्खाइमा बस्दै आएका छन् ।
यहाँका अधिकाशं गाउँ बस्ती निकै पाखो र भिरालो ठाउँमा अवस्थित छन् । यी बस्तीका अपाङ्गहरुलाई खान बस्न र दैनिक आउजाउमा समेत निकै समस्या छ । उनीहरुका लागि बस्ने बास खान गाँस र राम्रो शौचालयको व्यवस्था छैन् ।
बुढीनन्दा नगरपालिका –१० का वर्ष १८ का मिलन बोहरा यसैको एक उदारहण हुन् । उहाँ २०६३ सालमा जन्मनु भएको हो । त्यो दिन देखि अहिले सम्म उहाँको शरिर नत चल्न नत उहाँ बोल्न सक्नु हुन्छ ।
हातले खुवाई दिएमा खाना जबरजस्ती आधा गलामा हालेर निल्न लगाउँनु पर्छ । अनी दिसा पीसाव आएको बेला उसलाई केही थाहा हुँदैन । ऋण जोहो गरेर यसको उपचार गरेपनि अहिले सम्म उसको अवस्थामा कुनै परिवर्तन नआएको बुढीनन्दा नगरपालिका –१० पाण्डुसैनका कुम्भ बोहराले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ मेरो छोरा जन्मदै अपाङ्ग भएर जन्मेको हो । सानै उमेर देखि अहिले सम्म हामीले बसाले बस्छ सुतायो भने सुत्छ । घरमा कोही नभएको बेलामा शरिरमा दिसा पीसाव सँगै गरिराख्छ । ”
मिलनको धेरै ठाउँमा उपचार गरेको हो तर पनि उसको स्वास्थ्यमा कुनै परिवर्तन आएको छैन् । अहिले हामीलाई बाह्र सपाङ्ग पाल्नु भन्दा यो एकल अपाङ्ग पाल्नु निकै सकस हुने गरेको बोहराले बताउनुभयो ।
सरकारले अपाङ्ग भएका बालबालिकाको विशेष संरक्षण गर्ने गरी ऐन समेत ल्याएको छ । सो ऐनमा पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका बालबालिकाको लागि नेपाल सरकारले प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गरी देहाय बमोजिमका विषेश संरक्षणको व्यवस्था गर्नु पर्ने उल्खेख छ ।
जसमा निजहरुको हेरचाह तथा स्याहारको लागि परिवारका सदस्य वा संरक्षकलाई आवश्यक तालिम तथा आय आर्जन सम्बन्धी व्यवसाय गर्न सहयोग गर्ने व्यस्था छ ।
स्थानीय तह मार्फत अपाङ्गता पहिचान भएका बालबालिकाको लागि आवधिक रुपमा अपाङ्ताको अवस्थाको मूल्याङ्कन, सेवा सुविधा पुनरावलोकन तथा आवश्यक थेरापी लगायत अन्य सेवाहरुको समेत व्यवस्था गर्ने ऐनले जनाएको छ ।
तर पनि यहाँका दुरदराजको गाउँ बस्तीका अपाङ्गहरुको अवस्था भने निकै दयनीय छ । उनीहरुले अहिले आफ्नो अधिकारलाई नियाल्यदै आउनु परेको छ । उनीहरुका व्यवस्थाका कुरा कागजमा लेखेको भएपनि व्यवहारमा भने लागु हुन सकेको छैन् ।
यहाँको हिमाली , जगनाथ , स्वामिकार्तिक , बुढीनन्दा , बडिमालिका , गौमुल , बुढीगङ्गा त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकामा एक हजार ३८६ जना अपाङ्ग रहेका छन् ।
जसमा हिमाली गाउँपालिका क , २१ ख , ८८ ग , ८९ घ वर्गका ९३ , बडिमालिका नगरपालिका क, १३ ख , ४९ ग , २९ घ १९ जगनाथमा क , २० ख , ४८ ग , ३९ घ , ३० स्वामिकार्तिक खापरमा क , २८ ख , ६० गौमुलमा क , २४ ख , २१ ग ८ घ ७ खप्तड छेडेदह क , ३७ ख , १०७ ग , ५६ घ , ५५ बुढीगङ्गामा क , ३७ ख , ७८ ग , ३९ घ , ५५ त्रिवेणीमा क , ३८ ख , ९२ ग , ७२ घ , ५६ जना गरी एक हजार ३८६ जना अपाङ्ग रहेका छन् ।
यसमा क वर्गकोले मासिक चार हजार र ख वर्गकोले एक हजार पाँच सय देखि दुई हजार रकम पाउँने गरेका छन् । त्यो बाहेकको उनीहरुलाई अन्य केही सेवा सुविधा दिने गरेको छैन् ।
सामाजिक विकास कार्यक्रम अन्तर्गत गत वर्ष तीन जनालाई सीप मुलक तालिम र एक दुइ जनालाई बीस हजार अनुदान दिएका थियौ । अहिले त्यो बाहेक उनीहरुलाई अरु केही व्यवस्था गर्न नसकेको बडिमालिका नगरपालिका महिला शाखाका विन्दु बडालले बताउनुभयो ।