लागु औषत तथा दुव्र्यसन मुक्त अभियान सञ्चालन

मालिका युवा कलबले अायाेजना गरेकाे लागु औषत दुव्र्यसन मुक्त पुर्नवास अभिभान कार्यक्रमका सहभागि । तस्बिर ः तेजबहादुर सार्की
तेजबहादुर सार्की
कञ्चनपुर , फागुन २४ गते । कञ्चपुर जिल्लाको पुनर्वास नगरपालिकामा रहेको मालिका युवा कलबले लागु औषत दुव्र्यसन मुक्त पुर्नवास अभिभान सञ्चालन गरेको छ ।
यहाँका गाउँ बस्तीमा रहेका स–साना बालबालिकाहरु पछिल्लो समय कुलतमा फस्दै गएकोले उनीहरुलाई त्यो कार्यबाट जोगाउँन कलबले यो अभिायन सञ्चालन गरेको हो ।
विद्यालयमा पढ्ने जो कोही बालबालिकाहरु कुलतमा नफसुन भन्ने उद्देश्यले यती बेला यहाँका बालबालिकाहरुलाई लागु औषतका बारेमा जनचेतना फैलाउँने गरी यो अभियान सञ्चालन गरेको मालिका युवा कलबले जनाएको छ ।
पछिल्लो समय यहाँका धेरै बालबालिकाहरु लागु औषत तथा दुव्र्यसनमा फसेका छन् । ती बालबालिकाहरुको आनी बानीमा परिवर्तन ल्याउनका लागि यो अभियानले निकै सहज हुने भएको कार्यक्रमका सहभागि अनिल साउँदले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ प्राय हामीलाई यसका बारेमा केही कुरा जानकारी थिएन । अहिले यो लागु औषतका बारेमा राम्रो सँग जानकारी हुँदा आफु पनि नगर्ने र अर्को साथीलाई पनि यो धन्दामा लाग्न दिने छैनौ ।”
यसरी गाउँ बस्तीमा रहेका विद्यालयमा सञ्चालन हुने गरेको यो अभियानले पछिल्लो समय यहाँका दुव्र्यसनमा फसेका बालबालिकाहरुको आनी बानीमा समेत निकै परिवर्तन आउने देखिएको साउँदले बताउनुभयो ।
यहाँका अधिकाशं गाउँ बस्तीमा अहिले प्राय सानै उमेरका बालबालिकाहरु कुलतमा फस्ने गरेका छन् । सानो उमेरमा उनीहरु यसरी कुलतमा फसेपछि उनीहरुको ज्यान जोखिममा हुने गर्दछ । त्यसैले उनीहरुलाई यसबाट मुक्त गर्नका लागि हामीले यो अभियान सुरु गरेको मालिका युवा कलबका अध्यक्ष पारस विकले बताउनुभयो ।
उहाँले भन्नुभयो , “ अहिले यो कायर्मक्रम यहाँको वडा नं –१ देखि सुरु गरेका छौ । त्यसपछि यसलाई विस्तारै यहाँका अन्य सबै वडामा सञ्चालन गर्ने गर्ने भएको छ ।”
एक नम्बर वडामा सुरु गरेको यो कार्यक्रम केही समय पछि सबै वडामा सञ्चालन गर्ने र त्यसपछि पुनर्वास नगरपालिकालाई नै लागु औषत तथा दुव्र्यसन मुक्त पालिका बनाउने विकले हताउनुभयो ।
आजको यो कार्यक्रमको प्रशिक्षक आरपी सार्कीले गर्नु भएको थियो । मालिका बाल कलबका अध्यक्ष पारस विकको अध्यक्षमा रहेको यो कार्यक्रमको प्रमुख अतिथि प्रेम विक रहनु भएको थियो । पुनर्वास नगरपालिका –१ महेन्द्र बस्तीको मालिका आधारभूत विद्यालयमा भएको यो कार्यक्रमको सञ्चालनको नरेन्द्र शाहीले गर्नु भएको थियो ।