बालबालिकाहरुकाे पढाईमा सुधार ल्याउन निदानात्मक परीक्षा

बाजुराकाे ताेली देवलडाँडा मावि ताेली बाजुराले सञ्चालन गरेकाे निदानात्मक परीक्षामा सहभागि परीक्षार्थी । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की

बाजुरा , फागुन २५ गते । बाजुराको तोली माविले यहाँका बालबालिकाहरुको पढाईमा सुधार ल्याउन हप्तामा निदानात्मक परीक्षा सञ्चालन गर्दै आएको छ । 

त्रिवेणी नगरपालिका –४ को तोलीमा रहेको तोली देवलडाँडा माविले पढाईमा कम्जोर भएका यहाँका बालबालिकाहरुको पढाईमा सुधार ल्याउने उद्देश्यले महिनाको प्रत्येक हप्तामा यो निदानात्मक परीक्षा सञ्चालन गर्दै आएको हो । 

यस विद्यालयमा अध्यनरत कक्षा १ देखि १० सम्मका कम्जोर खाल्का बालबालिकाहरुको सिकाई स्तर सुधार गर्ने गरी पछिल्लो समय महिनाको प्रत्येक हप्तामा बालबालिकाहरुको निदानात्मक परीक्षा सञ्चालन गर्दै आएको तोली देवलडाँडा मावि तोली बाजुराले जनाएको छ ।

पहिला आफु कम्जोर भएको विषयको टियूसन  पढौ भने सहजरुपमा शिक्षक नै पाउँदैन थिए । अहिले सबै विषयमा नजानेको कुरा जति खेर पनि सोध्न र टियूसन पढ्नका लागि विद्यालयमै  निशुल्क पाउँने गरेको तोली देवलडाँडा माविका छात्रा एलिजा साउँदले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ अहिले विद्यालयमै सबै विषयका दक्ष शिक्षक हुनुहुन्छ । उहाँहरुले हामीलाई राम्रो सँग दैनिक पढाउँनु हुन्छ । उहाँले यसरी एक हप्ता पढाउँने गरेका ती सबै विषयकाे फेरि प्रत्येक हप्तामा परीक्षा लिने गर्नु भएको छ । ”

यसरी उहाँहरुले आफुले पढाएका सबै विषयको महिनाको प्रत्येक हप्तामा परीक्षा लिने गरेपछि मेरो पढाईमा समेत निकै सुधार आएको छात्रा एलिजा साउँदले बताउनुभयो ।

शिक्षकले बालबालिकाहरुलाई दैनिक पढाएका विषयमा कत्तीको ज्ञान छ या छैन उनीहरुले कत्तीको बुझ्ने गरेका छन् भन्ने कुराको एकिन गर्ने गरी हामीले यहाँका बालबालिकाहरुलाई प्रत्येक विषयको महिनाको प्रत्येक हप्तामा यो निदानात्मक परीक्षा लिने गरेको तोली देवलडाँडा मावि तोली बाजुराका प्राधानाध्यापक विष्णु प्रशाद ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ यसबाट बालबालिकाहरुको सिकाई स्तर सुधार तथा शैक्षिक गुणस्तरमा समेत निकै सुधार हुँदै गएको छ । ”

यसका साथै अहिले हामीले यहाँका प्रत्येक कक्षामा सिकाई कलव पनि गठन गरेका छौ । ती कलवले पनि पढाईमा कम्जोर भएका यहाँका बालबालिकाहरुलाई सिकाउँने गरेका छन् । जसका कारण अहिले कम्जोर बालबालिकाहरुको पढाईमा निकै सुधार भएको प्राधानाध्यापक ओझाले बताउनुभयो । 

गत वर्षको शैक्षिक सत्र २०८१ मा तोली देवलडाँडामा माविमाचार सय चार छात्रा र तीन सय उनान्चास छात्रा अध्यनरत छन् ।  






































यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्