छाउप्रथाको सिकारमा महिला

धामी झाँक्रीको डरले महिनावारी भएका बेला छाउगोठमा बस्दै गरेका महिला । तस्बिर ः सुदूरपाटी

बाजुरा , फागुन २७ गते । बाजुराका महिलाहरु पुस्तौ देखि अहिले सम्म छाउप्रथाको सिकार बन्दै  गएका छन् । 

धामी झाँक्रीको दबदबाबका कारण अहिले पनि यहाँका महिला महिनावारी भएका बेला अँझै घरको कोठामा बस्न सकेका छैनन् । 

छाउप्रथा उल्मुलनक लागि जिल्लामा विभिन्न जनचेतना कार्यक्रम सञ्चालन भएपनि यसले छाउप्रथा रोक्नमा खासै प्रभाव पारेको छैन् । 

यहाँका पढेलेखेका महिला समेत देवताको डरले छाउगोठमा सुत्न बाध्य हुने गरेका छन् । चेतना भएका महिला यसरी देवताको डरमा छाउगोठमा सुत्न बाध्य भएपछि अन्य अशिक्षित महिलाको त कुरा नै नगरौ । 

आफ्नो ज्यानको माया भन्दा बढी डर देवताको मान्ने गरेकोले यहाँका महिला पुस्तौ देखि छाउप्रथाको सिकार बन्दै गएका हुन् ।

छाउगोठमा सुत्दै गरेको समय यहाँका कयौँ महिला बलाकृत भएका छन् । तर पनि महिलाहरु भने अँझै त्यो छाउगोठमा सुत्न छोड्दैनन् ।

धामी झाँक्री तथा देवताको डरका कारण महिलाहरुले छाउप्रथा कायमै राख्दै आएका छन् । अहिले यो छाउप्रथालाई यहाँका स्थानीय तह तथा प्रहरी प्रशासनलाई हटाउँन निकै सकस भएको छ । 

यहाँका नौ वटै स्थानीय तहका अधिकाशं गाउँ बस्तीमा लामो समय देखि यो छाउप्रथा कायम रहँदै आएको छ ।  

यही कुप्रथाको रुपमा रहँदै आएको छाउप्रथाका कारण यहाँका अधिकाशं महिलाहरुले अकालै ज्यान गुमाउने गरेका छन् ।

समाजका लागि छाउप्रथा गलत हो । यो प्रथा हटाउँनु पर्छ भन्दै स्थानीय तहले धेरै पटक छाउगोठ भत्काउँने अभियान सञ्चालन गरेका थिए ।

यहाँका धामीझाँक्री तथा पढेलेखेकै महिलाहरुका कारण यो छाउप्रथा कायमै रहँदै आएको छ ।  केही वर्ष पहिला महिनावारी भएका यहाँका महिलाहरु घर भित्र सुत्न थालेपछि देवता रिसाएको भन्दै धामी झाँक्रीले डर देखाउँन थालेपछि अहिले उनीहरु फेरि धमाधम छाउगोठ निर्माण गर्दै महिनावारी भएको समय त्यसै गोठमा सुत्दै आउने गरेका छन् ।

यहाँका स्थानीय तहले प्रत्येक वर्षमा छाउगोठ भत्काउने र महिलाले पनि ती छाउगोठ फेरि निर्माण गर्ने प्रक्रिया दोहरी चले झै भएको छ ।

समाजका लागि यो छाउप्रथा कुप्रथा हो भन्ने गरेको भएपनि यहाँका महिलाहरुको धामी झाँक्री प्रतिको अँझै डर नहटेकोले उनीहरु त्यसै छाउगोठमा बास बस्न बाध्य भएका हुन् । 

यहाँका अधिकाशं गाउँ बस्तीमा महिनावारी भएका महिला तथा किशोरीहरुलाई घर देखि टाढा छाउगोठमा सुताउँने चलन पहिला देखि उस्तै छ ।

यही चलन कायमै रहेकोले पछिल्लो समय यहाँका कयौँ महिलाहरुको ज्यान समेत जोखिममा पर्ने गरेको छ ।

महिनावारी भएका बेला घरमा बास बस्न नपाएकोले पछिल्लो समय आफ्नो ज्यान जोखिममा पर्ने गरेको बुढीगङ्गा नगरपालिका –१० तिमाडाकी (नाम परिवर्तन) रीता विकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ महिनावारी भएको बेला घाँस दाउरा गर्न वनपाखामा जानु पर्छ । दिनभरीको कामको थकाई हुन्छ । राती राम्रो सँग सुत्न पाए हुने थियो भन्ने सोच हुन्छ । तर बाहिर छाउगोठमा सुत्नु पर्ने बाध्य भएकोले चिन्ता चिन्तैले रात काट्नु परेको छ । ”

गाउँमा धामी झाँक्रीहरुको डरले घरमा सुत्न दिदैन । यसरी बाहिर सुत्ने गरेकोले महिनारी भएका कारण ज्यान जोखिममा हुने गरेको नेपालीले बताउनुभयो ।

२०७५ पुस २५ गते बुढीनन्दा नगरपालिकाको –९ पाण्डुुसैनमा छाउगोठमा सुतेको बेला आगलागि हुँदा ३५ वर्षीय आमा अम्बा बोहरा नौ वर्षका छोरा सुरेश बोहरा र सात वर्षका छोरा रमित बोहरा गरी तीन जनाको अकालै ज्यान गएको थियो । 

त्यती बेला सुरु गरेको अभियानले यहाँ झण्डै ५११ वटा छाउँगोठ समेत भत्काएको थियो । अहिले फेरि यहाँका विभिन्न गाउँ बस्तीमा पुन छाउँगोठ निर्माण  भएका छन् ।

बुढीगङ्गा नगरपालिकाको नुवाकोट , सिगाडा  भण्डारगाउँ , झारगाउँ , बदेडा  तिमाडा र सेलापाखा २९ वटा छाउगोठ भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका नि.प्रमुख देवबहादुर चौधरीले बताउनुभयो  ।

बडिमालिकामा केही वर्ष यहाँका अधिकाशं वडा छाउगोठ मुक्त गरिएका थिए । अहिले फेरी यहाँ २३ वटा छाउगोठ निर्माण भएका छन् । 

यहाँका वडा नं –१ मा ५ वडा नं – ८ मा १  वडा नं –७ मा १५ गरी २३ वटा छाउगोठ भेटिएका छन् ।  ती गोठ भत्काउने गरी अहिले बडिमालिका नगरपालिकाले फेरि अभियान सुरु गरेको छ ।

अबका केही दिनपछि ती निर्माण भएका छाउगोठ भत्काउने तयारी भएको छ । महिलालाई राम्रो सँग सल्लाह दिन्छौ । यदी उनीहरुले मानेन भने त्यसपछि हामीले यहाँको छाउप्रथा हटाउने गरी अर्को विकल्प सोच्ने बडिमालिका नगरपालिका उपप्रमुख नन्दा थापाले बताउनुभयो । 























यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्