सहजकर्तालाई सम्मान तथा पहिचान कार्यक्रम सम्पन्न

मेल्लेखमा गाउँपालिका अध्यक्ष ज्वालासिह साउँद सहजकर्तालाई सम्मान गर्दै । तस्बिर ः सुरज सुनार
सुरज सुनार
अछाम । मेल्लेखमा सहजकर्तालाई पालिकामा सम्मान तथा पहिचान कार्यक्रम सम्पन्न भएको छ ।
वल्र्डभिजनको साझेदारीमा वाक नेपालले सञ्चालन गरेको एकिकृत उत्थानशिल जीविकोपार्जन तथा पोषण परियोजना अन्तर्गत सहजकर्ताहरुलाई सम्मान गरिएको हो ।
परियोजनाअन्तर्गत विभिन्न चार वटा शिर्षकमा कृषी पाठशाला सञ्चालन भएको परियोजना अधिकृत यज्ञराज खनालले बताउनुभयो ।
सहजकर्ताहरुले तालिममा सिकेका सीप समाजको हितका लागि व्यवहारमा लागु गर्नु पर्ने मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वालासिंह साउँदले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कार्यक्रमलाई सहज गर्नका लागि सहज कर्ताहरुलाई ज्ञान सीपको आवश्यक पर्ने भएकोले यती बेला उहाँहरुलाई विभिन्न तालिम दिएको छ । त्यो तालिम लिइसहेपछि उनीहरुले आफुले सिकेको कुरा गाउँ बस्तीमा गएर लागु गर्नु पर्छ ।”
जसका कारण समाजको आर्थिक समाजिक शैक्षिक तथा वातावरण लगायतका क्षेत्रमा परिवतर्न हुने अध्यक्ष साउँदले बताउनुभयो ।
यो कार्यक्तममा परियोजना अन्तर्गत २९ जना सहजकर्तालाई सम्मान गरिएको छ । सो अवसरमा सहजकर्ताहरुले आफूले सिकेका सीप र अनुभव सुनाएका थिए ।
वाक नेपालका कार्यवहाक अध्यक्ष अप्सरा कुँवरको अध्यक्षतामा सञ्चालन भएको यो कार्यक्रममा वडा नं ४ का वडाअध्ययक्ष चन्द्र बहादुर साउँदले मन्तव्य राख्नु भएको थियो । भने कार्यक्रमकाे सञ्चालन समाजिक परिचालक भुपेन्द्र भण्डारीले गर्नु भएकाे थियाे ।