विज्ञान तथा सूचना प्रविधि विभागमा दश जना सदस्य मनोनीत

नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा मनोनीत भएका दश जना सदस्य । तस्बिर ः नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभाग
काठमाडौं । नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा दश जना सदस्यहरू मनोनीत हुनु भएका छन् । सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम दश जना सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयाे ।
उहाँले भन्नुभयो, “ याे विभागको प्रमुखमा नेपाली काँग्रेस पार्टीका केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट रहनु भएकाे छ । मिश्र भट्टले पार्टीकाे विभागकाे सदस्यमा मनाेनीत भएका सबै सदस्यहरुले इमान्दारी पुर्वक काम गर्न बताउनुभयाे ।”
सदस्य मनाेनीत भइसकेकाेले केही समयपछि विभागकाे बैठक बसाल्ने र साेही बैठकमा नियुक्ती पत्र बुझाउने तथा अावश्यक छलफल गरिने विभाग प्रमुख मिश्र भट्टले बताउनुभयाे ।
यी हुन मनोनीत भएका सदस्यहरू
–ई. उज्ज्वल कोइराला, ताप्लेजुङ
–ई. प्रेमचन्द्र राय, महोत्तरी
–विजया श्रेष्ठ के.सी., ललितपुर