भुकम्पले फेरि चर्किए घर त्रसिए पीडित

क्याप्सन ः हिजो राती गएको भुकम्पले फेरि चर्किएका घर । तस्बिर ः सुदूरपाटी

बाजुरा । गत शुक्रबार राती गएको भुकम्पले बाजुराको जगनाथ गाउँपालिका –५ गोत्रीका स्थानीयका घर फेरि चर्किए छन् ।

गत पुस महिनामा त्यसै ठाउँमा केन्द्रविन्दु बनाएर ५ दशमलब २ म्याग्नेच्युडको गएको भुकम्पले यहाँका एक हजार बाह्र घर चर्किएका थिए ।

गत शुक्रबार राती गएको भुकम्पले फेरि ती घर बढी चर्किएका छन् ।  यसरी पटक पटक आउने गरेको भुकम्पले यहाँका कच्ची घर चर्किने र भत्किने गरेकोले यहाँका भुकम्प पीडित निकै त्रसित बन्दै गएका छन् ।

गत पुस ६ गते गएको भुकम्पले घर पुरै चर्किएको थियो । गत शुक्रबार राती गएको भुकम्पले फेरि घर चर्किएको जगनाथ गाउँपालिका वडा नं –५ का अनिराम दमाईले बताउनुभयो ।

उहाँलेभन्नुभयो, “ पहिलाको भुकम्पले चिरा चिरा परेको घर अहिले फेरि बढी चर्किएपछि यस घरमा बास बस्न निकै डर लाग्न थालेको छ ।”

भुकम्पले घर छोड्नु भन्छ । तर मेरो आर्थिक अवस्थाका कारण यतै बस्न बाध्य भएको छु । मैले अन्य कतै ठाउँमा घर बनाउँन नसकेपछि यसै चर्किएको घरमा नै बास बस्न बाध्य भएको दमाईले बताउनुभयो । 

२०७९÷८० मा बाजुराको बिछ्या , गौमुल र यस वर्ष पुसमा जगनाथको –५ गोत्रीमा केन्द्रविन्दु बनाएर भुकम्प गएको थियो । 

गत शुक्रबार राती गएको भुकम्पले यहाँका झण्डै एक हजार बाह्र घरमा पुन क्षति भएको  जगनाथ गाउँपालिका वडा– ५ अध्यक्ष गौरी सार्कीले बताउनुभयो ।

उहाँलेभन्नुभयो, “भुकम्पले मानवीय क्षति भने भएको छैन । तर यहाँका घरमा भने ठुलो क्षति भएको छ । पहिला चर्किएका घर हिजो राती गएको भुकम्पले फेरि बढी चर्किका छन् । ”

अहिले ती घर बस्न समेत लायकका छैन् । वर्खाको समय थोरै पानी पर्ने वित्तिकै ती घर भत्किने सम्भावना रहेको छ । हिउँदमा उनीहरुले त्यसै घरमा बास बस्ने गरेपनि वर्खाको समय भने उनीहरुलाई कहाँ बास बसाल्ने निकै चिन्ता भएको वडा अध्यक्ष सार्कीले बताउनुभयो ।

यहाँका भुकम्प पीडितहरुले घरबास स्थानीय , प्रदेश र सङ्घीय सरकार सँग पटक पटक घरबासको माग गर्दै आएको भएपनि कतैबाट सुनुवाई भएको छैन् ।

यहाँ २०७९ सालमा आएको भुकम्पले एक हजार १६६ र २०८० सालमा आएको भुकम्पले एक हजार ८४४ र २०८१ साल पुस ६ गते गएको भुकम्पले १४६ घर पुर्ण र ८६६ घर आँशिक रुपमा क्षति भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

भुकम्प पीडित तथा बाढीपहिरो पीडितको सख्या धेरै रहेको र त्यसका लागि रकम भएकोले गृहमन्त्रालयलाई अहिले फेरि रकम माग गरेका छौ । 

उता देखि त्यो माग अनुसारको रकम आएपछि यहाँका भुकम्प तथा बाढीपहिरो पीडितलाई घर अस्थायी घर टहरा निर्माणका गर्नका लागि रकम दिने जिल्ला प्रशासन कार्यालय बाजुरा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।




 

     
























यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्