परदेशीलाई घर फर्काउँदै बिसु

क्याप्सन ः बिसुपर्वमा घर चर्किएका परदेशी । तस्बिर ः शेरबहादुर सार्की

बाजुरा । बाजुरामा बिसु पर्वले भारतमा गएका परदेशीहरुलाई घर फर्काउने गरेको छ ।  

यहाँका स्थानीयले बिसुपर्वलाई भव्यरुपमा मनाउने चलन पहिला देखि अहिले सम्म उस्तै रहेको छ । यो पर्व मनाउँनका लागि गाउँ देखि बाहिर गएकाहरु पनि घर फर्किने गर्दछन् ।

पुरानो वर्षलाई विदाई तथा नयाँ वर्षको आगमन हुने बेला अर्थात चैत महिना सकिने र बैशाख महिना लाग्ने बेलामा यो पर्व पर्ने गरेकोले यती बेला बाहिर गएको परदेशीहरुको गाउँ पर्किने निकै लहर नै चलेको छ ।

हिउँदमा खाली भएका गाउँ बस्ती यती बेला भरिभराउ भएका छन् । कामको खोजीमा हिउँदमा परदेशीएकाहरु यती बेला बिसुपर्व मनाउँन घर फर्किएपछि यहाँका गाउँ बस्ती भरिभराउ भएका हुन् ।

गाउँ घरमा यो बिसुपर्वलाई सधै रमाईलो गरी मनाउँने भएकोले यती बेला परदेशमा गएकाहरु पनि घरमा फर्किने गरेको यहाँका स्थानीय बताउँछन् ।

गरिबीले गाउँ छोड्न बाध्य बनाएपनि चाँड पर्वले भने सधै यसरी नै आफुलाई घरमा फर्काउने गरेको बुढीगङ्गा नगरपालिका स्थानीय पदम सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा लागि जस्तै दशै , तिहार र होरी पर्व हुन । त्यसै गरी यो बिसुपर्व पनि एक हो । त्यसैले यो पर्व मनाउँन घरमा आएको छु । ”

गत असोज कात्तिकमा दशै तिहारले मलाई घर फर्काएको हो । यती बेला पनि यो बिसुपर्वले नै मलाई घर फर्काएको सार्कीले बताउनुभयो ।

बाजुराको  हिमाली , जगनाथ , स्वामिकार्तिक , बुढीनन्दा , बडिमालिका , गौमुल , बुढीगङ्गा त्रिवेणी र खप्तड छेडेदह लगायतका ठाउँमा बिसु पर्व भव्यरुपमा मनाउने चलन छ । 

यहाँका स्थानीयहरुले यो पर्वमा सेल पुरी र मिठा मिठा खानेकुरा बनाएर खाने गर्दछन् । यस पर्वमा इष्ट मित्रहरु छरछिमेकीहरु समेत घरमा आउने  गर्दछन् । 

यो पर्वमा महिलाहरु रानी पुलती भनेर पुत्ला खेल खेल्ने गर्दछन । भने केटा तथा युवाहरु बिसुलौरा (वन देखि काटेर ल्याएको काठको छडी ) काटेर घरमा ल्याउने गर्छन् । 

अनी त्यसै लौरा एक ठाउँमा जम्मा गरेर डोली जस्तै बनाउँन्छन् । त्यसै डोली माथी दुुइ जना युवाहरुलाई राखेर त्यसलाई कानमा चडाएर रातभरी रमाईलो गर्दछन् ।




 

     

























यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्