धनगढीमा पनि मनाईयो १३४ औँ अम्मेडकर दिवस

क्यापसन ः कैलालीको धनगढीमा आज १३४ औँ भिमराव अम्बेडकर जन्म जयन्ती दिवस सहभागि । तस्बिर ः तेजबहादुर सार्की
कैलाली । कैलालीको धनगढीमा आज १३४ औँ भिमराव अम्बेडकर जन्म जयन्ती दिवस मनाईएको छ ।
नेपाल बौद्ध अम्बेडकर महासभा केन्द्रीय कमिटिको आयोजना गरेको आज धनगढीको धर्मोदय सभा शाखा बृद्ध बिहारमा धनगढीमा सो दिवस भव्य रुपमा मनाईएको हो ।
“२१ औ शताब्दीमा जसको जनसंख्या जति तेस्को हक तेती समाजिक आर्थिक शैक्षिक लैगिक र राजनीतिक न्यायको व्यवस्था गर” मुल सन्देशका साथ आज धर्मोदय सभा शाखा वृद्ध विहार धनगढीमा सो दिवस मनाईएको आयोजक कमिटिले जनाएको छ ।
नेपाल बौद्ध अम्बेडकर महासभा केन्द्रीय कमिटिले आयोजना गरेको सो कार्यक्रमको प्रमुख अथिति सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मीयाँ रहनु भएको थियो । भने विशिष्ट अथिति संविधान सभा सदस्य विशेन्द्र पासवाङ्ग रहनु भएको थियो ।
नेपाल बौद्ध अम्बेडकर रासष्टय सभाका अध्यक्ष मनोज जैगडीको अध्यक्षमा सञ्चालन भएको यो कार्यक्रमको सञ्चालन धर्मोदय सभा कैलालीका सविच सरिता चौधरीले गर्नु भएको थियो ।
सो दिवस कार्यक्रममा राजनीतिक दत समाजसेवि वुद्धिजीवि पत्रकार लगायतको सयौ जनाको सहभागिता रहेको थियो ।