रैथानेबाली सङ्कलन तथा प्रशोधन गर्दा गाउँमै राम्रो आम्दानी
.jpg)
क्याप्सन ः हिमाली गाउँपालिका ६ धिमका रुद्रराज पाण्डेले सञ्चालन गरेको रैथानेबाली सङकलन तथा प्रशोधन केन्द्र । तस्बिर ः सुदूरपाटी
बाजुरा । बाजुराको हिमाली गाउँपालिका ६ धीमका रुद्र राज पाण्डेले यती बेला गाउँमै राम्रो आम्दानी गर्दै आउनु भएको छ ।
विगत लामो समय भारतको हरिद्धारमा बसेर नौकरी गर्दै आएका पाण्डेले यती बेला गाउँमै रैथानेबाली सङ्कलन तथा प्रशोधन केन्द्र सञ्चालन गरेर गाउँमै मनग्य आम्दानी गर्दै आउनु भएको छ ।
रोजगारीका लागि भारतमा लामो समय बसेर काम गरेपनि त्यहाँको कमाईले घर धान्न मुस्किल भएको पाण्डेलाई अहिले गाउँमै बसेर दुइ छोरा र एक छोरीलाई काठमाण्डौमा उच्च शिक्षा पढाई रहनु भएको छ ।
पाण्डेले अहिले गाउँमै उत्पादन हुने गरेका अर्गानीक खाद्यान बस्तुलाई सङ्कलन गरी प्रशोधन समेत गर्दै आउनु भएको छ ।
हिमाली गाउँपालिकाको ६ धुलाचौरमा उहाँले रैथानेबाली सङ्कलन तथा प्रशोधन क्ेन्द्र सञ्चालन गर्नु भएको छ ।
त्यसैबाट अहिले उहाँले वार्षिक दश लाख भन्दाबढी आम्दानी गर्न थाल्नु भएको छ । कुनै बेला भारतमा कमार्ई गरेको पैसाले घरपरिवार पाल्न ठिक्क भएका पाण्डेलाई अहिले घरमै लाखौको कारोवार गर्दै आउनु भएको छ ।
पाण्डेले अहिले हिमाली गाउँपालिकाका किसानले उत्पादन गरेको कोदो , कागुनो , फापर , गहुँ र सिमी आफु लगायतका आर्गानिक खाद्यान तथा तरकारी बस्तुलाई गाउँमै सङ्कलन तथा प्रशोधन गर्दा मनग्य जिल्ला तथा बाहिर बिक्रीवितरण गर्दै आएपछि उहाँले पछिल्लो समय गाउँमै मनग्य आम्दानी गर्नु भएको हो ।
रोजागरीका लागि गाउँ छोडेर भारत जाने गरेको थिए । यती बेला गाउँमै उत्पादन भएको अर्गानिक खाद्यान बस्तुलाई गाउँमै सङ्कलन तथा प्रशोधन गरेर बिक्री गर्न थालेपछि अहिले घरमै राम्रो कमाई गरेको हिमाली गाउँपालिका स्थानीय रुद्रराज पाण्डेले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ यहाँका स्थानीयले उत्पादन गरेका खाद्यान बस्नु गाउँमा खासै बिक्री हुदैन थियो । ती बस्तु बिक्री नहुँदा उनीहरु पनि रैथानेबाली उतपदनमा खासै चाँसो देखाउँदैन थिए । मैले यो विषयमा केही गर्न पर्छ भन्ने सोचले रैथानेबाली सङ्कलन तथा प्रशोधन केन्द्र सञ्चालन गरेपछि मैले गाउँमै वर्षको दशलाख भन्दाबढी कमाई गर्न थालेको छु । ”
रैथानेबाली सङ्कलन तथा प्रशोधन केन्द्र्र सञ्चालन गरेपछि अहिले यहाँ उतपदन हुने गरेको आर्गानिक खाद्यान बस्तु देशका विभिन्न ठाउँमा पुग्ने गरेको छ । चैतमा मात्र झण्डै सय क्वीण्टल कोदो मकै फापर सिमि अत्तरिया धनगढी नेपालगञ्ज काठमाण्डौ लगायतका सहरमा पठाएको पाण्डेले बताउनुभयो ।
पछिल्लो समय यहाँका स्थानीय तहले गाउँमै उत्पादन हुने गरेको अर्गानीक आद्यान बस्तुलाई पहिलो प्राथमिकता दिन थालेका छन् । त्यति मात्र होईन स्थान्ीय तहले यहाँका सरकारी तथा गैरसरकारी कार्यलयमा समेत गाउँमै उत्पादन गरेको खाद्यान बस्तुको खाजा अनिर्वाय गराउँन थालेको छ ।
यहाँका अधिकाशं गाउँ बस्तीमा सडक सञ्जालको पहुँचमा रहेको छन् । यहाँका स्थानीय उतपदन गरेका खाद्यान तथा तरकारी बस्तु अहिले बजारमा आउन थालेको छ । पहिला यहाँका स्थानीयले गाउँमा उत्पादन गरेका कुनै बस्तुले मुल्य पाउँदैन थियोे ।
अहिले गाउँमा सडक सुविधा भएपछि यहाँका किसानलाई परम्परागत लगाउँदै आएका खाद्यान बस्तुले समेत राम्रो मुल्य पाउँन थालेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।