बाढीपहिराे पीडितलाई तेस्रो किस्ता रकम वितरण गर्दै

क्याप्सन ः बाढिपहिराे पीडितसँग छलफल गर्नु हुँदै प्रमुख जिल्ला अिधकारी मेघनाथ पाध्या । तस्बिर ः सुदूरपाटी
बाजुरा । बाजुराका बाढीपहिरो तथा भुकम्प पीडित पाँच वर्षपछि मात्र बल्ल तेस्रो किस्ता रकम वितरण गरिने भएकाे छ।
बाढीपहिरो तथा भुकम्पबाट प्रभावित भएकाहरुलाई स्थानीय दश प्रदेश तीस र सङ्घीय सरकारले साठी प्रतिशत रकम दिने गरी निर्णय गरेको थियो ।
गत आर्थिक वर्ष २०७७÷०७८ साल देखि उनीहरुले तेस्रो किस्ता रकम पाएका थिएनन् । पहिलो किस्ता पचास दोस्रो दुइ लाख पचास हजार रकम पाएपनि उनीहरु तेस्रो किस्ता रकम पाउँन भने निकै समय कुर्नु परेको थियो ।
यती बेला जिल्ला प्रशासन कार्यालय बाजुराले गृहमन्त्रालय तथा अन्य विभिन्न निकाय सँग रकम मागको अथक प्रयासपछि बल्ल उनीहरुलाई तेस्रो किस्ता रकम वितरण गरिने भएकाे हाे।
जसमा हिमाली गाउँपालिकामा १२९ घरपरिवारले दुइ करोड चालिस लाख, स्वामिकार्तिक खापर गाउँपालिका १०६ जना परिवारले ४२ लाख , जगनाथ गाउँपालिकामा एक सय जना परिवारले २० लाख , गौमुलका ४८ जना परिवारले ९६ लाख , खप्तड छेडेदह गाउँपालिका ३२ जना परिवारले ५७ लाख बुढीगङ्गा ८६ जनाघरपरिवारले दुइ लाख र बडिमालिका ३७ जनापरिवारले ६४ लाख गरी जम्मा ५३८ जना बाढीपहिरो घरपरिवारले ६ करोड १३ लाख सत्तरी हजार तेस्रो किस्ता रकम पाउँने भएका छन् ।
यो भन्दा पहिला हिमालीका १२९ खप्तड छेडेदह ३२ बुढीगङ्गा ८६ बडिमालिका ३७ त्रिवेणी २ जना घरपरिवारले एक करोड पचत्तर लाख रकम पाईसकेका छन् । त्यसै गरी जगनाथ गाउँपालिकाका एक सय जना बाढीपहिरो पीडितले पहिलो किस्ता दुइ लाख सत्तरी हजार रकम पाईसेका छन् ।
भुकम्प पीडितहरुको घरबासका लागि यहाँका नौ वटै पालिकाको खातामा रकम राखिदिएको छ । भने बाढीपहिरो पीडितलाई वैशाख दश गते उनीहरुकै खातामा रकम राखिदिने तयारी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
पहिलो र दोस्रो किस्ता रकम पाएर घर निर्माण कार्य सुरु गरेका थियौ । तेस्रो किस्ता रकम घर निर्माणको काम सम्पन्न गरेर मात्र दिने भनेको थियो । हामी घर निर्माणको काम सम्पन्न गरेपनि रकम भने नपाएको हिमाली गाउँपालिका बाढीपहिरो पीडित रमेश विकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ यो भन्दा पहिला पैसा कती बेला आउँछ भनेर स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालय बाजुरालाई सोधपुछ गरेको भएपनि उता देखि पैसा नआएको खबर आउथ्यो । ”
यती बेला भने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी घरमा आएर तपाईले पाउँनु पर्ने पैसा आएको छ । केही दिनपछि त्यो पैसा तपाईको खातामा नै राखि दिन्छु भनेपछि पाँच वर्षपछि बल्ल पैसा पाउँने आशा पुरा भएको विकले बताउनुभयो ।
यहाँ २०७७ साल देखिका बाढीपहिरो पीडितहरु धेरै रहेका छन् । तर उनीहरुले लामो समय देखि घरबासका लागि पाउँनु पर्ने रकम पनि अँझै पाएका छैनन् ।
२०८१ साल असोज १३ गते म यहाँ हाजिर भएपछि मैले यहाँका सबै बााढीपहिरो तथा भुकम्प पीडितहरुको तथ्याङ्क सङ्कलन गर्ने काम भयो । त्यसपछि सोही डाटा अनुसार वास्विक पीडित एकिन गरेर उनीहरुका लागि गृहमन्त्रालय तथा अन्य सम्बन्धित निकाय सँग लगातार रकम माग गरेपछि बल्ल रकम जिल्लामा आइपुगेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ हिजो विदाको दिन भएपनि वर्खा लाग्ने समय भयो यहाँका गर्दुम गाउँ बस्तीका बाढीपहिरोको अवस्था के छ भनेर त्यहाँ पुगेको थिए । त्यहाँ पुग्दा उनीहरुले पहिलो र दोस्रो किस्ता रकम लिएर के गरेको छ भन्ने विषयमा छलफल भयो । हामीले उनीहरले लगाएका घर पनि अनुगमन गर्दा हाम्रो नियम अनुसारले घर निर्माण गरेका छन् ।”
अब लगतै जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसालेर यसैको बैशाख दश गते मौषम जन्य विपदको रकम वितरण गर्ने तयारी भएको छ ।
त्यसै गरी यहाँका एक हजार आठ सय चवालिस जना भुकम्प पीडितहरुका लागि तीन करोड ६८ ला २५ हजार यहाँका प्रत्येक स्थानीय तहका खातामा रादिए दिएको प्रमुख जिल्ला अधिकारी पाध्याले बताउनभुयो ।