लालझाडीको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

लालझाडी गाउँपालिकाकाे कार्यालय । तस्बिर ः तेजबहादुर सार्की
कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा प्रतिवेदन प्रस्तुत गरेको छ ।
आर्थिक वर्ष २०८१÷०८२ को पालिकाले गरेको आम्दानी र खर्च विवरण तथा विषय क्षेत्रगत विनियोजन र खर्चको अवस्था स्वीकृत योजना तथा कार्यक्रमका मुख्य उपलब्धी लगायतका विषयमा सार्वजनिक सुनुवाई गरेको हो ।
हाल सम्मको आम्दानी र खर्जको विरणमा चार लाख उन्नाईस हजार ७४८ आय र दइ लाख ३२ हजार ३४५ खर्च भएको प्रतिवदेनमा उल्लेख गरिएको छ ।
त्यसै गरी विषय क्षेत्र गत विनियोजन र खर्चको अवस्थामा चार ७५ हजार १४० आय र दुइ लाख ५४ हजार १४२ ५३। ४८ प्रतिशत खर्च भएको जनाएको छ ।
स्वीकृत योजना तथा कार्यक्रमको विवरणमा उपभोक्ता समिति मार्फत ५६ मेध्ये ३७ पालिकाबाट सम्भाmैता भएको र अन्य वडाबाट सम्झौता गरिएका छन् । भने निर्माण व्यवसायी मार्फत १२ मध्ये ११ छन् ।
अन्य २६ मध्य २२ कार्यादेश अन्य संसोधन भईआएको छ । आर्थिक वर्ष २०८१ ÷०८२ का जम्मा ९४ योजना रहेको ती योजनाको निर्माण कार्य प्रगति विरतण पनि निकै सन्तोसजनक रहेको लालझाडी गाउँपालिकाले जनाएको छ ।
त्यसै गरी पालिकाले आर्थिक वर्ष २०८१ ÷ ०८२ सम्मको मुख्य उपलब्धीका बारेमा पनि सुनुवाई गरेको छ ।
स्थानीय तह भित्रमा निर्मित स्थानीय सडक कालोपत्रेमा २५.५ खण्डास्मित १४६ धुले ६२ स्थानीय सडक पुल निर्माण १२ झोलुगेपुल निर्माण ७ त्यसै गरी सिचाई कुलो पुगेको अमिनको क्षेत्रमा हेक्टर ४५० स्सथानीय तहमा दर्ता भएको स्वीकृत फार्म ५३५ वटा सामुदायिक विद्यालयको एसईई उत्र्तीण दर ७९.८७ रहेको छ ।
त्यसै गरी आधारभूत तहको खानेपानीको घरधुरी ४३ आधारभूत तहको पुगेको सरसफाई घरधुरी ८० रोजगार सुचना केन्द्रमा सुचीकृत व्यरोजगारको संख्यामा ५हजार ५४७ रहेको लालझाडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गत वर्षका भन्दा यो वर्षमा यहाँको शैक्षिक भौतिक स्वास्थ्य तथा खानेपानीका क्षेत्रमा राम्रो प्रगती भएको छ । विगतका अधुरा काम कार्य यो वर्षमा राम्रो सँग सम्पन्न भएका छन् ।”
स्वास्थ्यको क्षेत्रमा लालझाडी गाउँपालिका सुपकै एक नम्बरमा रहेको छ । भने अन्य विकास निर्माणका काम पनि सन्तोस गरेका छन् । गाउँपालिकाले वियोजन गर्दै आएको योजनाका काममा पनि निकै प्रगती भएको प्रमुख प्रशासकीय अधिकृत सार्कीले बताउनुभयो ।
सम्पादित उल्लेखनिय कार्यमा
लालझाडी गाउँपालिकाले स्वास्थ्य सेवा विस्तार कार्यक्रम अन्तगरत १ वटा डाँडाजाई आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन तथा आँखा उपचार केन्द्र स्थापना तथा सञ्चालन गरेको छ ।
त्यसै गरी विद्युतिय हाजिरी अन्लाईन भुक्तानी प्राणाली अवलम्बन भुमिहिन दलित भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत प्रबिष्ट भइ जग्गा नापजाँच सम्बन्धी कार्य अन्तिम चरणमा रहेको छ ।
त्यसै गरी कृषि योग्य जमिनमा सिचाई सुविधाका लागि सबै वडामा ५१ वटा डिप बारे जडान सम्पुर्ण ठेक्काहरुमा इबिड को माध्यमा अह्रान हुने गरेको १० शैयाको आधाभूत अस्पताल भवनको निर्माण कार्य सम्पन्न एंव सञ्चालनको तयारी र विश्व बैंकको आर्थिक सहयोग तथा भौतिक पुर्वाधार विकास मन्त्रालयको समन्वयमा पीएलआरइपी पालिकाको केन्द्र स्तरोन्नतीको कार्य सुरुवात स्थानीय स्तरका पुर्वाधार आवास कार्यक्रम जगङ्ली जनावरबाट हुने,क्षति पुर्ण संस्थागत सुत्केरी वडा घोषणा एक सय दिनको सुपोषित बालबालिका सचेत आमाहरुलाई सम्मान तथा पुरस्कृत सम्पुर्ण स्वास्थ्यमा निःशुल्क ल्याव सेवा तथा सुत्केरी रेफरल एम्बुलेनस सेवा र सोवा निवृत महिला स्वास्थ्य स्वयंसेविकालाई ५ हजार एक सय सहित विदाई कार्यक्रम गरेको छ ।
त्यसै गरी गाउँपालिका उपाध्यक्ष विशेष पोषण तथा सरसफाई कोशेली बितरण निशुल्क आँखा जाँच सेवा अपागता पहिचान सिकलसेल एनिमियाको खोजपडताल कार्यक्रम सञ्चालन सामाजिक सुरक्षा लक्षित जेष्ट नागरिक स्वास्थ्य चेकजाँच कार्यक्रम पालिका एंव सबै स्वास्थ्यमा संस्थाहरुको समाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई शिक्षा क्षेत्रको लागि पढाई मेला नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम प्रजनन स्वास्थय रुग्णता सेवा परिवार योजना कार्यक्रम विद्यालय नर्स स्वास्थ्य कार्यक्रम लालझाडी गाउँपालिका र बेलौरी नपाको सयुक्त साझेदारीमा अक्सिजन पलान्ट सञ्चालन गरेको छ ।
लालझाडी गाउँपालिकाले अुनभव गरेका समस्या र चुनौती
कञ्चनपुरको लालझाडी गाउँपालिकाले विभिन्न प्रकारका चुनौती र समस्या भाग्दै आएको छ ।
वर्खाको समय यहाँका विभिन्न वडामा बाढी र डुवानले स्थानीयलाई निकै समस्या गरेको थियो । यहाँको दोदा नदि नियन्त्ररण नुहँदा वर्षेनी सयौँ विघा जमिन कटान गर्दै आएको छ । भने यहाँका कयौँ गाउँ बस्ती डुवान पर्ने गरेका छन् ।
यहाँका अधिकाशं गाउँ बस्ती जगङ्लमा पर्ने भएकोले यहाँका स्थानीयले जगङ्ली जनावरको आक्रमणबाट अकालै ज्यान गुमाउनु परेको छ ।
यहाँका गाउँ बस्तीमा बसोबास गर्दै आएका सुकम्बासीहरुलाई व्यवस्थापन गर्न निकै समस्या भएको छ । गाउँपालिकामा दश शैयाको अस्पताल भवन निर्माण भएपनि आर्थिक अभावका कारण त्यसलाई सञ्चालन गर्नमा निकै समस्या भएको पालिकाले जनाएको छ ।
गाउँपालिकाले राखेका आशा तथा अपेक्षा
लालझाडी गाउँपालिकाले विकास साझेदार तथा गैर सरकारी संस्थाहरुको उपस्थितिमा सहकार्य र समन्वयमा तथा तिनिहरुबाट कार्यान्वयन हुने बजेट तथा कार्यक्रम पालिकाको वार्षिक बजेटमा समावेश गरी कार्यान्वयनको व्यवस्थामा पहल गरेको छ ।
न्यूनतम विकासमा पुर्वाधार निर्माणमा लागनी सङ्घ प्रदेशमा वजेट कार्यान्वयन एकिकृत बस्ती विकास शुक्लाफाँटा राष्टिय निकुञ्ज र लालझाडी मोहना संरक्षण क्षेत्रको प्रवद्धन सँगै प्राकृतिक स्रोत साधानको उपभोयागमा सहजीकरण पालिकालाई क्षेत्रगत विकटता र पछौटेपन स्थिितिबाट माथि उकास्न तथा जिल्लाकै सन्तुलित विकासमा सरोकारवाला पक्षहरुको बुहपक्षीयमा सहकार्य पालिकाको प्रशासनीय भवन जस्ता ठुला योजनाहरुलाई प्राथमिकता राखी विशेष अनुदानको रुपमा होस अन्य तवरले प्रदेश तथा सङ्घ सरकारबाट बजेट उपलब्धता हुनुपर्ने जस्ता आशा अपेक्षा राखेको छ ।
गाउँपालिका अध्यक्ष निर्मल रानाको अध्यक्षातमा सुरु भएको यो सार्वजनिक सुनुवाई कार्यक्रममा २०८१ । २०८२ को आय व्यय प्रस्तुत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले गर्नु भएको थियो ।
पत्रकार हरिचन्दबागले सञ्चालन गरेको यो कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुख जनप्रतिनिधि पत्रकार लगायत सयौँको सहभागिता रहेको थियो ।