विद्यार्थीको परखाईमा पाठ्यपुस्तक

क्याप्सन ः विद्यार्थीहरुको परखाईमा रहेका पाठ्यपुस्तक । तस्बिर ः सुदूरपाटी

बाजुरा । बाजुरा विगतका वर्षमा शैक्षिक सत्र सुरु भएको दुइ चार महिना सम्म पनि बालबालिकाहरुले पाठ्यपुस्तक पाउँदैन थिए । 

विद्यालय भर्ना भएको धेरै महिना सम्म यसरी किताब नपाउँदा उनीहरु सधै किताबको परखाईमा बस्ने गरेका गर्थ्ये । कतीपय विद्यार्थी त केही विषयका किताव नपाएर नै परीक्षा दिने गर्थ्ये । 

अहिले यहाँ त्यसको ठिक उल्टो भएको छ । सधै पाठ्पुस्तको परखाईमा रहेका यहाँका विद्याथीहरुलाई यती बेला विद्यार्थीहरुको परखाईमा पाठ्पुस्तक छन् ।

शैक्षिक शत्र २०८२ का लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढी कैलालीले चैतको दोस्रो हप्तामै यहाँका बिक्रेतालाई किताव वितरण गरेसँगै यो वर्ष बाजुराका सबै विद्यालय सञ्चालन नहुनु अगावै पाठ्यपुस्क पुगेका छन् ।

विद्यालयमा पाठ्यपुस्तक पुगेपनि विद्यार्थी भने अँझै भर्ना भएका छैन् । देशभर शिक्षकको आन्दोलन भएका कारण अहिले यहाँका विद्यार्थी भर्नामा प्रभाव परेको छ । यो प्रभावका कारण विद्यालय सञ्चालन नहुँदा यती बेला पाठ्यपस्तक विद्यार्थीको परखाईमा रहेका हुन् ।

पहिला विद्यालयको परीक्षाफल प्रशान गरेर पढाई सञ्चालन गरेको छ महिना सम्म पनि किताब पाईदैनौ  थियौँ । यो वर्ष भने हामीले रिजल्ट प्रकाशन गर्न अगावै विद्यायलले किताव प्राप्त गरेको गौमुल गाउँपालिका वडा नं –३ थुम्थला आधारभूत विद्यालयका प्राधानाध्यापक नरेन्द्रबहादुर धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले देशभर शिक्षकको आन्दोलन भएको छ । शिक्षकका माग सरकारले पुरा नगर्दा सम्म विद्यालय सञ्चालन हुन गाह्रो छ । ”

शिक्षकका माग सरकारले सम्बोधन गरेपछि मात्र विद्यालय सञ्चालन गरेर किताब वितरण गर्ने प्राधानाध्यापक धामीले बताउनुभयो ।

बाजुरालाई यो वर्षमा पनि केन्द्रले पहिलो पालो दिएकोले आफुले चैत १९ गतै भित्र बाजुरामा किताव पुगाएर विद्यालयलाई विरतण गरेको करुण जनरल स्टोरका प्रोपराईटर नृपबहादुर खातीले बताउनुभयो ।

बाजुरामा यो वर्ष आर के बुक्स एण्ड स्टेश्नरी खप्तड छेडेदह –५ आटिचौरले ६ हजार ६६१ , करुणा जनरल स्टोर बुढीगङ्गाले २२ हजार ९५५ , न्यू रारा सपिङ्ग सेन्टर बुढीनन्दाले १४ हजार ७२८ , रुविया सपिङ्ग सेन्टर बुढीनन्दाले  ११ हजार ६७४ , प्रविन एण्ड स्टेनरी त्रिवेणीले  २६ हजार ३५ , सृजना स्टेश्नरी एण्ड जनरल स्टोर बुढीगङ्गा ९ ले ११ हजार ७३५ बैष्णबी इनटरप्राइजेज जगनाथले ९ हजार १३५ गरी एक लाख आठ हजार ८४६ सेट किताव गएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढी कैलालीका प्रमुख राम बिनय श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ यो वर्षमा पनि हामीले किताव वितरण गर्ने पालोमा पहिलो बाजुरा ,दोस्रो , दार्चुला, तेस्रो बझाग , चौथो बैतडी, पाँचौ अछाम , छैटौ टोडी , सातौ डडेलधुरा, कञ्चनपुर र नौ कैलालीलाई राखेका थियौ ।”

सुदुर पशिच्मका नौ वटै जिल्लामा १९४ विक्रेता रहेका छन् । अहिले ती सबै बिक्रेताहरुले आफ्नो जिलामा किताव लिएर वितरण गरिरहेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।


     




























यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्