शिक्षक महासंघको वार्ता निष्कर्षविहीन

सरकार र शिक्षक महासंघबीच मंगलबार भएकाे वार्ता ।

काठमाण्डाै । सरकार र शिक्षक महासंघबीच मंगलबार भएकाे वार्ता निष्कर्षविहीन भएको छ ।

शिक्षक महासंघले शिक्षा ऐन छिटो पास गर्न फास्ट ट्र्याकको माग गर्दै विश्वासिलो कार्ययोजना सहितको प्रतिबद्धता खोजेको छ ।

महासंघले  ९ बुँदे प्रस्तावमा तलब, दुर्गम भत्ता, ग्रेड समायोजन, मर्यादा क्रम, उपचार छुट, सामाजिक सुरक्षा कोष, राहत शिक्षा, बिदा सञ्चिति लगायतका माग राखेको छ ।

सरकारले यी मागहरू मध्ये तत्काल सम्भव हुने कुराहरू बुधबार विशेष मन्त्रिपरिषद बैठकमार्फत सम्बोधन गर्ने बताएको छ ।

शिक्षा ऐनको विषयमा सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूको सहभागितामा स्पष्ट प्रतिबद्धता आवश्यक भएको महासंघले बताएको छ ।

वार्ता जारी रहने जनाइएको छ भने आन्दोलन पनि सँगसँगै चल्ने जनाएको छ ।

शिक्षक महासंघले सरकारसँग वार्तामा राखेको ९ बुँदे प्रस्ताव:

विद्यालय कर्मचारी र इसिडी (ECD) शिक्षकको तलब वृद्धि
दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई दुर्गम भत्ता प्रदान
शिक्षकहरूको मर्यादा क्रम (Seniority Order) सुनिश्चित गर्ने व्यवस्था
सामाजिक सुरक्षा कोषमा समावेश गर्ने व्यवस्था
शिक्षकको ग्रेड समायोजनको व्यवस्था
शिक्षक र निजामती कर्मचारीबीच समान रूपमा उपचार छुटको व्यवस्था
राहत शिक्षालाई स्थायीत्व दिने व्यवस्था
तलबमा समानता सुनिश्चित गर्ने व्यवस्था
सञ्चित बिदाको पैसा अवकाशको समयमा एकमुष्ट प्रदान गर्ने व्यवस्था




यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्