बाजुराकी एक महिला भारतमा व्यपत्ता

क्याप्सन ः भारतमा व्यपत्ता भएकी बाजुराकाे त्रिवेणी नगरपालिका बाँगापाटाकी २६ वर्षाीया दिपा सार्की । तस्बिर ः सुदूरपाटी

बाजुरा ।  बाजुराकी  एक महिला भारतको सकुरपुर देखि  व्यपत्ता भएकी छन् । 

व्यपत्ता हुनेमा जिल्लाको त्रिवेणी नगरपालिका  वडा नं –८ बाँगापाटा घर भएकी अन्दाजी २६ वर्षीया दिपा सार्की रहेकी छन् । 

उनी केही दिन पहिला भारतको सकुरपुरबाट हराएको दिपा सार्कीका कान्छाबुवा सुरेन्द्रबहादुर सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “  दिपा सार्की यसै वैशाख २३ गते देखि व्यपत्ता भएकी हुन् । धेरै ठाउँमा खोज खबर गर्दा पनि अहिले सम्म  कतै सम्पर्कमा आएकी छैन् ।”

लामो समय देखि भारतको सकुरपुरमा काम गर्दै आएकी दिपा सार्की हराएको झण्डै एक हप्ता भन्दा बढी भयो । उहाँलाई खोज तसाल गर्दा पनि अहिले सम्म कतै नभेटिएकी सार्कीले बताउनुभयो ।

दिपा सार्की कामको खोजीमा केही महिना पहिला भारतमा जानु भएको थियो । भारतमा गएर उनीहरु सकुरपुर एक घरकाे कोठीमा काम गर्दै आउनु भएको थियो । गरिबीका कारण कामका लागि भारतमा गएकी सार्की अहिले त्यहाँ देखि व्यपत्ता भएपछि अहिले उहाँको सबै घर परिवार चिन्तामा  परेका छन ।

दिपा सार्कीलाई धेरै ठाउँमा खोजी गर्दा पनि उहाँको आफन्तले कही भेटाउँदा उहाँको घरपरिवार निकै चिन्तित परेका हुन् ।

सार्की लामो समय सम्म सम्पर्कमा नआएपछि अहिले उहाँको आफन्तले पनि सबैलाई खोजी कार्यमा सहयोगको माग गर्दै आउनु भएकोे छ । 

घरमा नौ वर्षको सानो छोरा छोडेर भारतमा काम गर्न गएकी सार्की अहिले व्यपत्ता भएपछि उहाँका आमा बुवा घरपरिवार सबै चिन्तामा  परेका छन् । 

आज आउछ भोली आउछ भन्दा भन्दै अहिले एक हप्ता भन्दाबढी भयो । अहिले सम्म बाँचेको वा मरेको केही खबर नभएको दिपा सार्कीकी कान्छी आमा जिरा सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घरको आर्थिक अवस्था निकै दयनीय भएका कारण यहाँका धेरै महिला भारतमा जाने गर्दछन् ।”

त्यहाँ काम गर्दा गर्दा धेरै महिला पहिला देखि अहिले सम्म यसरी नै हराउँदै आएको सार्कीले बताउनुभयो ।

घरमा सानो  छोरा छोडेर कामको खोजीमा भारतमा आएको र यहाँ काम गर्ने शिलसिलामा मेरो श्रीमति हराएको दिपा सार्कीका श्रीमान भिम सार्कीले बताउनुभयो ।

उहाँले भन्नभुयो, “ मैले माईती बसेको ठाउँमा गएकी होलान भनेर केही खवर गरेको थिएन । अहिले माईती घर देखि पनि दिपा कहाँ गएकी छन् । भनेर खबर आएपछि बल्ल हराएको थाहा भएको हो ।”

मैले पनि धेरै ठाउँमा खोजी गरेको छु । तर पनि कही फेला नपारेको सार्कीले बताउनुभयो ।










यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्