विस्थापीत बस्तीलाई स्थानान्तरण

क्याप्सन ः बाढीपहिरोबाट विस्थापीत भएपछि जरगाउँमा स्थानान्तरण गरिएको हिमाली गाउँपालिका –५ को क्वीडी बस्ती । तस्बिर ः सुदूरपाटी

बाजुरा । बाजुराको पुर्वि उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका वडा नं –५ को बाढीपहिरोबाट विस्तापीत भएको क्वीडी बस्तीलाई यती बेला जरगाउँमा स्थानान्रतण गरिएको छ  ।

बाढीपहिरोबाट विस्थापित भएका घरपरिवारका लागि घरबास कार्यक्रम अन्तर्गत स्थानीय सरकारको दश  प्रदेश सरकारको तीस र सङ्घको साठी प्रतिशत रकममा यो बस्तीलाई स्थानान्तरण गरिएको हो ।

२०७८ सालमा आएको बाढीपहिरोको कारण गाउँमा बस्ने अवस्था नभएपछि अहिले हामी गाउँ नजिकैको जरगाउँमा  घर निर्माण गरेर बसोबास गर्दै आएको हिमाली –५ का क्वीडीका बीरबहादुर बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “  पहिला क्वीडीमा झण्डै ९९ घरपरिवारको बसोबास थियो । बाढीपहिराको कारण ती सबै परिवार विस्तापित भएका हुन् । ”

अहिले ती विस्थापीत भएका ती घरपरिवारलाई स्थानीय सरकारले सुरक्षित ठाउँमा स्थापीति गरिदिएपछि वर्खाको समय बास बस्न निकै सहज भएको बुढाले बताउनुभयो ।

यहाँको बुढीगङ्गा, खप्तड छेडेदह , त्रिवेणी , गौमुल , बडिमालिका , बुढीनन्दा , स्वामिकार्तिक , जगनाथ र हिमाली गाउँपालिकाका लगायतका झण्डै एक सय पैतिस बस्ती लामो समय देखि बाढीपहिरोको उच्च जोखिममा रहँदै आएका छन् । 

यी बस्तीलाई समेत सुरक्षित ठाउँमा चाँडो स्थानान्तरण गर्नु पर्ने भएपनि आर्थिक अभावका कारण यहाँका अन्य बस्ती भने अँझै स्थानान्तरण हुन सकेको छैन् ।

२०७८ सालको बाढीपहिरोको कारण क्वीडी बस्ती पहिरोको निकै जोखिम भएपछि त्यसलाई गाउँ नजिकै एक जरगाउँमा स्थानान्तरण गर्न सफल भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो 

उहाँले भन्नभयो , “ विस्थापीत भएका घर परिवारले २०८० सालमै घर बनाउँने काम गरेको भएपनि उनीहरुले दोस्रो र तेस्रो किस्ता रकम पाएका थिएन । ”

रोकिएको त्यो किस्तालाई सम्बन्धीत निकायमा बारम्बार माग गर्दै आएपछि बल्ल यती बेला उनीहरुले रकम पाएका छन् । लामो समय देखि वर्खाको समय डरैडरको बास गर्दै आएका यहाँका बाढीपहिरोबाट विस्तापीत घरपरिवारहरुलाई यो वर्षमा भने त्यो चिन्ता हटेको अध्यक्ष मल्लले बताउनुभयो ।

बाजुरामा झण्डै १३५ बस्ती विस्थापीत रहेका छन् । ती बस्ती स्थानान्तरण गर्नका लागि ठुलो रकमको आवश्यक पर्ने देखिन्छ । बाढीपहिरो तथा भुकम्पपीडित परिवारलाई अस्थायी टहरा निर्माण गर्नका लागि रकम वितरण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमखु जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो । 





यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्