लमैया नालामा पक्की पुल नहुँदा स्थानीयलाई सास्ती

कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नं –१ नौरङ्गाका स्थानीय लमैयानालामा काठेपुल निर्माण गर्दै । तस्बिर ः तेजबहादुर सार्की
कञ्चनपुर । कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नं –१ नौरङ्गा स्थित लमैया नालामा पक्की पुल नहुँदा यहाँका स्थानीयलाई आउजाउ समस्या हुने गरेको छ ।
यहाँका स्थानीयले यस लमैया नालामा पुल निर्माणका लागि स्थानीय प्रदेश र सङ्घीय सरकारलाई पटक पटक माग राख्दै आएको भएपनि उनीहरुको त्यो माग कतैबाट सुनुवाई भएकाे छैन् ।
लमैया नाला पारी जमिन रहेको र त्यो जमिनमा वर्खाकाे समय खेती गर्नका लागि जान आउ यहाँका स्थानीयलाई निकै समस्या हुने गरेको छ ।
वर्खाको समय यो लमैया नालामा ठुलो पानी आउने गरेकोले यहाँका स्थानीय त्यति बेला ज्यान जोखिममा राखेर खेती गर्न जान बाध्य हुने गरेका छन् ।
लालझाडी गाउँपालिका –१ नौरङ्गाका झण्डै दुइ सय भन्दाबढी घरपरिवारले यसै नाला वारपार गरेर खेतीपाती गर्नका लागि त्यहाँ जानु पर्ने अवस्था भएकाेले उनीहरुलाई हिउँदको समय त्यहाँ खेती गर्न जाँदा सहज भएपनि वर्खाको समय भने निकै समस्या हुने गरेको छ ।
नौरङ्गा स्थानीयबासी प्राय हिउँद वर्खा खेतीपाती मै व्यवस्थ हुने गर्दछन् । उनीहरुले लमैया नाला पारी हिउँद गहुँ तरकारी र वर्खामा धान उखु लगाउने गर्दछन् ।
घर देखि झण्डै दुइ तीन किलोमिटर भन्दा टाढा खेती गर्ने जमिन छ । त्यसको बीचमा त्यो लमैया नाला भएकोले वर्खाको समय त्यो नालामा पानीकाे बहाव धेरै हुन्छ । वर्खाको समय यो नालामा पानीको बहाव धेरै हुने गरेकोले यहाँका स्थानीयलाई ज्यानको बाजी राखेर त्यो ठाउँमा खेती गर्न जान बाध्यता हुने गरेको छ ।
लमैया नालामा पुस्तौ देखि अहिले सम्म पुल छैन् । पुल नहुँदा यहाँका स्थानीयले त्यस ठाउँमा खेती गर्न जान सहज हुने गरी काठेपुल निर्माण गर्ने गरेका छन् । यहाँका स्थानीय अहिले पुल निर्माण गर्छन । त्यो पुल दुइ चार महिना चल्ल छ । त्यपछि फेरी भत्किन्छ ।
यहाँका स्थानीय लमैया नालामा काठेपुल निर्माण गर्न लागेको झण्डै चालिस वर्ष भयो । अँझै पनि यहाँका स्थानीयलाई त्यो ठाउँमा काठेपुल निर्माण गर्ने समस्याले छोडेको छैन् । उसैमा यो ठाउँ डुवान पर्ने ठाउँ हो । त्यसैमा वर्खाको समय पुल नहुँदा यहाँका स्थानीयलाई खेती लगाउँन जान समेत समस्या हुने गरेको छ ।
गाउँमा पक्की र कच्ची सडकको सुविधा भएपनि यहाँको लमैया नालामा भने पक्की पुल निर्माण भएको छैन् । पक्की पुल निर्माण नहुँदा यहाँका स्थानीयलाई वर्खाको समय खेती गर्न जान आउन निकै समस्या हुने गरेको छ ।
यहाँका अधिकाशं परिवार कृषि पेशामा आवद्ध छन् । उनीहरु सबैका जमिन लमैया नाला पारि छन् । वर्खाको समय त्यो ठाउँमा खेती गर्न जान निकै समस्या हुने गरेकोले यती बेला यहाँ काठेपुल निर्माण गर्न लागेको लालझाडी गाउँपालिका वडा नं –१ नौरङ्गा भलभान्से रामचन्द्र रानाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “लमैया नालामा पक्की पुल निर्माणका लागि हामीले धेरै ठाउँमा पहल गरेका थियौ । तर कतै देखि यहाँ पुल निर्माणका लागि योजना आएन । यहाँका स्थानीयको सबै भन्दा ठुलो समस्या यही हो । तर पनि कसैले हेरेका छैन् ।”
अब वर्खा सुरु भयो । तर लमैया नालामा भने अँझै पक्की पुल निर्माण भएको छैन् । पहिला हालेको काठेपुल भत्कियो । अहिले फेरि यहाँका सबै दाजुभाई मिलेर अर्को नयाँ काठेपुल निर्माण गर्न लागेको भल्भान्से रानाले बताउनुभयो ।
यहाँका स्थानीयको यो ठाउँमा पक्की पुलको अति आवश्यक भएकोले वडा देखि विभिन्न निकाय सँग पुल निर्माणका लागि पहल गर्दै आएका छौ । तर अहिले सम्म कतै देखि त्यो ठाउँमा पक्की पुल निर्माणका लागि योजना नआएको लालझाडी गाउँपालिका वडा नं –१ का वडा अध्यक्ष प्यारेलाल रानाले बताउनुभयो ।
उहाँले भन्नभुयो, “स्थानीय तहको क्षमतामा पुल निर्माणका लागि रकम छैन् । प्रदेश र सङ्घीय सरकारले हामीलाई योजना दिदैन । ”
अहिले पनि यहाँ सडक पुल लगायतका भौतिक पुर्वाधारका लागि प्रदेश र सङ्घीय सरकारलाई योजना माग गर्ने तयारी भएको छ । उता देखि रकम आएपछि मात्र यहाँका स्थानीयको त्यो नालामा पक्की पुल निर्माण गर्ने सपना पुरा हुने रानाले बताउनुभयो ।
क्याप्सन ः लालझाडी गाउँपालिका वडा नं –१ नौरगाका स्थानीय लमैया नालामा काठेपुल निर्माण गर्दै । तस्बिर ः तेजबहादुर सार्की