पत्रकार रोकाया पुरस्कृत

बाजुराका पत्रकार उमेश रोकाया सम्मान पत्र बुझ्दै।

बाजुरा । बाजुराका पत्रकार उमेश रोकाया पुरस्कृत हुनु भएको छ ।

नेपाल देउडा संस्कृति संरक्षण समितिको आयोजनामा हिमाली गाउँपालिका धुलाचौरमा भएकाे गत जेष्ठ ७ देखि ८ गते सम्म भएकाे कार्यक्रममा रोकाया पुरस्कृत हुनु भएको हो । 

स्थानीय संस्कृतिको संरक्षण तथा सम्वद्र्धनका लागि पत्रकार विधाले पुरानो संस्कृति संरक्षणमा अपुरणीय सहयोग गर्नु भएकोमा भन्दै सो संस्थाले पत्रकार रोकायालाई सम्मान–पत्र प्रदान सहित पुरस्कार हस्तान्तरण गरिएको छ ।

नेपाल पत्रकार महाँसघ जिल्लाका शाखा बाजुराकाे सदस्य तथा नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराको सदस्य पत्रकार रोकाया विगत ५ वर्ष देखि विभिन्न अन्लाइन मिडिया तथा पत्रपत्रिका काम गर्दै आउनु भएको छ । 

रोकाया अहिले नवलपुर टुडे, रातो न्युज र न्यु मिसन राष्ट्रिय पत्रिका बाजुरा समाचारदाताको रूपमा काम गर्दै आउनु भएको छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्