दिपावलीको पुर्व सन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना

काठमाण्डौ । सूचनाकाे हकका लागि राष्ट्रिय महासङ्घद्धार  दिपावलीको पुर्व सँन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्यो । सूचनाको हकको कानूनको व्यवहारिक प्रयोगका सवालमा महास‌ङ्घले हालसम्म गरेको प्रयास बारे जानकारी दिन यो शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

महासङ्घले आफ्नो स्थापनाको ९ महिनाको अवधिमा सातै प्रदेशमा प्रदेश समिति र करिव ४३ वटा जिल्ला जिल्ला समिति गठन गरिसकेको जानकारी दिनुको साथै झण्डै १२ वटा कार्यक्रम आयोजना गरेर जनचेतना जगाउने र सरोकारवालाको ध्यानाकर्षण गराउने काम गर्न सकेको जनाएको छ ।

सूचनाकाे हकका लागि राष्ट्रिय महासङ्घका केन्द्रिय अध्यक्ष उमीद बागचन्दको अध्यक्षतामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ्गले तल्लो तहका जनतासम्म सूचनाको हकको सन्देश पुर्याउन महत्वपुर्ण भुमिका खेलेको उल्लेख गर्दै महासँघको स्थायित्वका लागि राष्ट्रिय सूचना आयोग लागि पर्ने बताउनु भयो ।

राष्ट्रिय सूचना आयोगका पुर्वप्रमुख आयुक्त एवँम महासँघका सलेलाहाकार कृष्णहरी बास्कोटाले सूचनाकाे हकका लागि राष्ट्रिय महासङ्घले सूचना प्रवर्दधनका लागि महत्वपुर्ण भुमिका खेल्न सक्ने बताउँदै राष्ट्रिय सूचना आयोगले महासँघको समयन्त्रलाई प्रयोग गरेर अघि बढ्नु पर्ने कुरामा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोख्रेलले लोकतन्त्रमा सबै भन्दा महत्वपुर्ण हुन्छ भने त्यो हो सूचनाको हक । सूचनाको हकको प्रयोग र कार्यान्वयन देशलाई समुन्नत बनाउन सक्ने भएकोले सबै मिलेर सूचनाको हकको अभियानलाई अघि बढाउन पर्ने र आफु र नेपाल पत्रकार महासँघ,  महासँघसँग सहकार्य गर्न कुनै कसर नछोड्ने बताउनु भयो ।पुर्व पत्रकार एंव नेपाली कागेंसका केन्द्रीय सदस्य नैनसिह महरले सूचनाको हक नेपाली जनताको लागि महत्वपुर्ण कानून हो ।

यसको प्रयोगका लागि सचेतना केन्द्रमा होइन गाउँगाउँमा हुन पर्छ र सामान्य मान्छे पनि बुझ्ने गरी जनचेतना सञ्चार गरिनु पर्छ त्यसका लागि सरोकारवालाहरुले यसमा जोड दिउन भन्ने चाहान्छु भन्नुभयो ।

सल्लाहार एवँम अधिवक्ता टँकराज अर्यालले सूचनाका अभियन्ताहरुको दक्षता, सुशानका लागि खेल्नु पर्ने भुमिका र भ्रष्टाचार अन्त्यका लागि दिपावलीको अवसरमा सबैलाई शक्ति प्रदान गर्न सकोस भन्ने कामना व्यक्त गर्नु भयो ।

सुशासनका जानकार दिनेश पन्तले सुचनाको हकको अभियान अहिलेको आवश्यकता हो भन्दै दिपावलीको अवसरमा शुभकामना दिनु भयो । कार्यक्रममा नेपाली उपभोक्ता संरक्षण महासङघका अध्यक्ष चन्द्र साउँद र गैरसरकारी सँस्था महासँघका केन्द्रीय सदस्य कोपिला कुँवरले शुभकाना व्यक्त गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?