निजामति कर्मचारी नियुक्ती बेला गरिने सपथ हटाईसक्नु पर्ने पुर्वप्रमुख आयुक्त बास्कोटा

काठमाण्डौ । राष्ट्रिय सूचना आयोगका पुर्वप्रमुख आयुक्त कृष्णहरी बास्कोटाले निजामति कर्मचारी नियुक्तीपछि गरिने गोपनियताको सपथसूचनाको हकको कानूनको बर्खिलाभमा हुने गरेको बताएका छन ।

सँबिधानमा मौखिक हकका रुपमा रहेकोसूचनाको हकको कानूनले कर्मचारी नियुक्तीका बेला सूचना नदिए कार्वाही गरिने सपथ खुवाउनु पर्नेमा गोप्पे राख्नु पर्नेसपथ दिलाइनुलाई गलत भएको भन्दै त्यो सपथ खारेज गरिनु पर्ने कुरामा जोड दिनु भएयो ।

उहाँले देशका मुर्धन्ने व्यक्तीहरुले सूचना मागेमा सार्वजनिक निकाय सूचना दिन अनाकानी गर्न नसक्ने, दिन बाध्य हुने भएकोले त्यस तर्फ सबैको ध्यान जानु पर्ने कुरा समेत जोड दिनु भयो ।
सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासँघका अध्यक्ष बिपुल पोख्रेलले सञ्चारकर्मीहरुले आमनागरिकले सूचना माग्ने वातावरण बनाउन आफ्ना समाचारहरु केन्द्रीत हुनु पर्ने र त्यसरी आमनागरिकले मागेका सूचना बारे चाँसो दिएर सकारात्मक रुपमा सम्प्रेषण गर्नु पर्ने भन्नु भयो ।

अध्यक्ष पोख्रेलले सूचनाको हकको प्रयोग र कार्यान्वयन देशलाई समुन्नत बनाउन सक्ने भएकोले सबै मिलेर सूचनाको हकको अभियानलाई अघि बढाउन पर्ने कुरामा जोड दिदै नेपाल पत्रकार महासँघ, सूचनाको हकका लागि राष्ट्रिय महासँघसँग सहकार्य गरेर अघि बढ्ने कुरामा कुनै कसर नछोड्ने बताउनुभयो ।

सूचनाको हकका लागि राष्ट्रिय महासँघव्दारा दिपावलीको पुर्व सँन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो । सूचनाको हकको कानूनको व्यवहारिक प्रयोगका सवालमा महासँघले हालसम्म गरेको प्रयास बारे जानकारी दिन यो शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो ।

सूचनाको हकका लागि राष्ट्रिय महासँघका केन्द्रिय अध्यक्ष उमीद बागचन्दको अध्यक्षतामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो ।कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ्गले तल्लो तहका जनतासम्म सूचनाको हकको सन्देश पुर्याउन महत्वपुर्ण भुमिका खेलेको उल्लेख गर्दै महासँघको स्थायित्वका लागि राष्ट्रिय सूचना आयोग लागि पर्ने छ भन्नु भयो ।

सल्लाहार एवँम अधिवक्ता टँकराज अर्यालले सूचनाका अभियन्ताहरुको दक्षता, सुशानका लागि खेल्नु पर्ने भुमिका र भ्रष्टाचार अन्त्यका लागि दिपावलीको अवसरमा सबैलाई शक्ति प्रदान गर्न सकोस भन्ने कामना व्यक्त गर्नु भयो ।

सुशासनका जानकार दिनेश पन्तले सुचनाको हकको अभियान अहिलेको आवश्यकता हो भन्दै दिपावलीको अवसरमा शुभकामना दिनु भयो । कार्यक्रममा नेपाली उपभोक्ता सँरक्षण महासँघका अध्यक्ष चन्द्र साउँद र गैरसरकारी सँस्था महासँघका केन्द्रीय सदस्य कोपिला कुँवरले शुभकाना व्यक्त गरेका थिए ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?