दोधारा चाँदनीमा बङ्गालीको दादागिरी, दर्ता बिनाका क्लिनिकबाट म्याद नाघेको औषधी बिक्री, स्थानीय सरकार मौन्

शेरबहादुर सार्की
कञ्चनपुर, कात्तिक १८ गते । कञ्चपुरको दोधारा चाँदनीमा बङ्गालीले सञ्चालन गर्दै आएका दर्ता बिनाको क्लिनिकबाट म्याद नाघेका औषधी बिक्री गरेको भेटिएको छ ।दोधारा चाँदनी नगरपालिका वडा नं. –१ मिलनचौकमा क्लिनिक सञ्चालन गर्दै आएका भारतका बिसाल गायकले म्याद नाघेको औषधी बिक्री गरेको भेटिएको हो ।

कञ्चपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं. –१ पशुपती टोलका स्थानीय सर्जन सार्कीले, आफुलाई रुघा खोकी लागेकोले औषधी लिन गएको समय गायकले एसेक्लोफिनान्स प्यारा सिटामोल लगायतका म्याद नाघेको औषधी दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, आफु केही नजान्ने भएकोले बिसाल गायकले दिएको एसेक्लोफिनास र प्यारासिटामोल औषधी लिएर घरमा जान लागेको थिए । मेरो भाइले यो के को औषधी हो दाइ भनेर हेरेपछि बिसालले आफुलाई एक महिना अघिनै म्याद नाघेको औषधी दिएको रहेछ ।

सार्कीले भन्नुभयो, आमा, भाउजु र श्रीमति बिरामी हुँदा बिसाल गायकको क्लिनिकमा नै ल्याउने गथ्र्ये आफुलाई औषधीको म्याद के थाहा हुँदैन, जे औषधी दिएपनि नहेरेर नै लिने गथ्र्ये । आज आफुलाई रुघा खोकी लागेपछि बिसाल गायकको क्लिनिकमा नै औषधी लिन आउँदा अक्टुबरमा नै  म्याद नाघेको औषधी मलाई नाेभेम्बरमा पनि त्यही अाैषाधी दिएको बताउनुभयो ।

बङ्गालीले मात्र औषधी राम्रो दिन्छ, र बिराम पनि चाँडै निको हुन्छ भनेपछि आफु पनि त्यहि बिसाल गायकको क्लिनिकबाट औषधी लिन गएको सार्कीले भन्नुभयो, “आफुले औषधीको बारेमा केही नजानेकोले जे औषधी दियो त्यहि लिएर घरमा जाँदै थिए । भाइले यो के को औषधी हो दाइ भनेर हेरपछि त बिसालले म्याद नाघेको औषधी दिएको रहेछ ।,,

बिसाल गायकले भारतबाट म्याद नाघेका औषधी फ्रिमा ल्याएर नेपालमा बेच्ने गरेको अधिकाशं स्थानीय बताउँछन् ।दोधारा चाँदनी नगरपालिका वडा नं.–१ पशुपति टोलका स्वास्थ्यकर्मी गङ्गादत्त अवस्थीले भन्नुभयो, बङ्गालीले झण्डै बीस वर्ष देखि मिलनचोक बसेर गैर कानुनी रुपमा औषधी बिक्री वितरण गर्दै आएको बताउनुभयो ।उहाँले भन्नुभयो, यहाँका स्थानीय धेरै सोझा भएकोले बिकास गायकले डबल डोज औषधी दिएर उनीहरुको स्वास्थ्यलाई समेत असर गर्दै आएको समेत बताउनुभयो ।

अवस्थीले भन्नुभयो, बिसाल गायकको क्लिनिकमा सधै उपचार गर्न गएका बिरामीलाई अहिले सामान्य औषधीले समेत टच नगरेको बताउनुभयो ।सिएमए, एचए तथा डाक्टरको केही अध्ययन नगरेका बिसाल गायक बिगत बीस वर्ष देखि दोधारा चाँदनीको –१ को मिलनचोकमा क्लिनिक सञ्चालन गर्दै आएका छन् ।

बङ्गाली बिसाल गायकले सामान्य बिराममा पनि कडा खालको औषधी प्रयोग गर्दै आएको स्थानीय बताउँछन् ।मानिसको स्वास्थ्यमाथी यसरी लापरवाही गर्ने बिसाल गायकलाई कडाभन्दा कडा कारबाही हुनु पर्ने स्थानीयले बताएका छन् ।

बङ्गालीहरुले नेपाली औषधीको पनि आफुलाई भारु पैसा लिने गरेको अधिकाशं स्थानीयले बताएका छन् ।बङ्गालीहरुले दोधारामा क्लिनिक राखेर बिरामीलाई धेरै प्रकारको औषधी पीसेर धुलो पारेर दिने गरेको पटक पटक सुनिन आएको जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

गैरकानुनी रुपमा औषधी बिक्री वितरण गर्न नहुने हो , तर उनीहरु खुल्यामरुपमा बिक्री गर्दै आएका छन् ।एक महिना अघि अहिले स्थानीय सरकारले पनि दर्ता गरेर मात्र क्लिनिक सञ्चालन गर्न आग्रह गरेको थियो । तर उनीहरुले अहिले सम्म क्लिनिक दर्ता नगरेर नै लुकीछिपी औषधी वितरण गर्दै आएका छन् ।

नगरपालिकाले दर्ता बिना क्लिनिक बन्द गर्ने भनेपनि बिसाल गायकले भने खुल्यामरुपमा क्लिनिक सञ्चालन गर्दै आएका छन् । उनले क्लिनिकमा थोरै औषधी राखेपनि अन्य कोठामा धेरै औषधी लुकाएर राखेको स्थानीयले बताएका छन् ।

गायकले आएका बिरामीहरुलाई चेक चाँज नगरी सिधै सलान लगाउने र त्यसपछि औषधी दिएर घरमा पठाउँने गरेका छन् ।दोधारा चाँदनी नगरपालिका वडा नं. –१ पुशपति टोल गुल्टी सार्कीले, आफु बिरामी भएर बिसालको क्लिनिकमा गएपछि तपाईलाई सलान दिनु पर्ने हो भनेर सलान दिएपछि आफु झन बिरामी भएको बताउनुभयो ।उहाँले भन्नुभयो, आफुलाई घरमा पुग्दा बढी भएर फेरि बनबासमा गएर उपचार गरेपछि मात्र आराम भएको हो ।

बनबासामा जाँदा तपाइलाई यो औषधी दिने को हो भने त्यहाँको डाक्टर समेतले बिसाललाई रिसाएको सार्कीले बताउनुभयो ।बिसालले मात्र होइन दोधारामा अन्य बङ्गालीहरुले पनि बिना दर्ताका औषधी पसल सञ्चालन गर्दै आएका छन् ।

बङ्गालीको क्लिनिकमा औषधी उपचारका लागि पुगेका बिरामीहरुले औषधीका बारेमा सोधेपछि उल्टै थर्काएर पठाउँने गरेका छन् ।बङ्गालीहरुले दिएको औषधी म्याद नाघेको होकी होइन भनेर कसैले सोध्यो भने डाक्टर तिमि होकी म हुँ भनेर उल्टै थर्कोउने गरेको स्थानीयको भनाइ छ ।

दाल चामल नुन तेल लगायतका दैनिक उपभोग्यका खाद्यान सामाग्री बेच्दै आएका खुर्दा तथा होलसेल व्यापारीलाई भने स्थानीय सरकारले पसल दर्ता गर्नु पर्छ भन्ने गर्छ । तर गैरकानुनीरुपमा सञ्चालन आएका ती क्लिनिकलाई भने अहिले सम्म कुनै कारबाही नगरेको स्थानीय बताउँछन् ।

यता दोधारा चाँदनी नगरपालिकाले भने गत असोजमा नै दर्ता बिनाका क्लिनिक सबै बन्द गर्ने र दर्ता गरेका क्लिनिक मात्र सुचारु गर्ने दर्ता नभएका क्लिनिकहरु कात्तिक ७ गते भित्र दर्ता गरिसक्नु पर्ने बताएको छ ।

गैरकानुनीरुपमा सुचारु हुँदै आएका ती क्लिनिक तुरुन्तै बन्द गर्ने र समयमै नगरपालिका लगायत सम्बन्धित् निकायमा दर्ता गरेर मात्र सुचारु गर्ने यदि नगरपालिकाको यो निमयलाई अटेर गरेर पुन गैरकानुनीरुपमा क्लिनिक सञ्चालन गरेको पाइएमा ती क्लिनिकलाई तुरुनतै बन्द गर्ने दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख गङ्गा जोशीले बताउनुभयो ।उहाँले भन्नुभयो, हामीले एक पटक सबै व्यापारीहरुलाई व्यवसाय दर्ता गर्नुु पर्ने भनेर सुझाव सल्लाह दिएको हो ।

तिहारको समय भएकोले हामीले छिटो अनुगमन गर्न नसकेकोले यती बेला तुरुन्तै दर्ता बिनाका क्लिनिक फेरि अनुगमन गर्ने जोशीले बताउनुभयो ।एक महिना अगाढी मात्र दोधारामा सञ्चालन गर्दै आएको क्लिनिकहरुको अनुगमन गर्दा अधिकाशं क्लिनिक गैरकानुनी रुपमा सुचारु गर्दै आएको भेटिएपछि सो क्लिनिक तुरुन्तै बन्द गराएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको पहलमा औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जको कर्मचारी समेत दोधरामा पुगेर अनुगमन गर्दा अधिकाशं क्लिनिक गैरकानुनीरुपमा सञ्चालन गरेको पाइएकोले ती क्लिनिकलाई लगत्तै बन्द गराइएका हुन् ।

फेरि पनि स्थानीयबाट यो गुनासो आएकोले औषधी व्यवस्थापन विभागको शाखा कार्यालय नेपालगञ्जलाई समन्वय गर्दै एक पटक पुन अनुगमन गर्ने र यदि भेटिएमा उनीहरुलाई आवश्यक कानुनी कारवाहीको प्रक्रिया अगाढी बढाइने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अ¥यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, केही महिना अघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको पहलमा दोधारा चाँदनीमा गैरकानुनीरुपमा सञ्चालन गर्दै आएका क्लिनिकहरु भेटिएपछि सो क्लिनिक बन्द गर्न सल्लाह दिएको हो ।

सल्लाह दिदा दिदै अहिले पनि ती गैरकानुनीरुपमा क्लिनिक सुचारु हुँदै आएको भन्ने कुरा सुनेपछि पुन औषधी व्यवस्थापन विभाग नेपालगञ्जलाई जानकारी गदै दोधारा चाँदनीमा फेरिअनुगमन गर्ने र यदि भेटिएमा औषधी विभागले नै आवश्यक कानुनी कारबाही गर्छ प्रमुख जिल्ला अधिकारी अ¥यालले बताउनुभयो ।


क्याप्सन ः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. –१ मिलनचोकमा गैरकानुनीरुपमा क्लिनिक सञ्चालन गर्दै आएका बिसाल गायकले बिरामीलाई दिएकाे अाैषाधी । तस्बिर ः शेरबहादुर सार्की÷कञ्चनपुर

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?