तरकारी खेतीले जीविकोर्पाजनमा सहज

क्याप्सन ः भारतबाट गाउँमा आएर सुरु गरेको बुढीगङ्गा नगरपालिका –७ बाइलका चित्र विष्टको तरकारी खेती । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की
बाजुरा, माघ ६ गते । बाजुराको बुढीगङ्गा नगरपालिका –७ बाइलका चित्र विष्टले गाउँमा रहेको तीन रोपनी बाँझो जमिनमा तरकारी खेती थालेपछि जीविकोर्पाजन सहज भएको छ ।

भारतमा रहेर चौकीदारी कामले घर खर्च चलाउँन नसकेका विष्टले आफु सम्म गाउँमा रहेको तीन रोपानी बाँझो जमिनमा तरकारी खेती गरेर राम्रो कमाइ हुन थालेपछि अहिले उहाँलाई घर चलाउँन मुष्किल छैन् ।

विष्टले पाँच रोपनी जमिनमा बन्दा, काउँली, ब्रोकाउली, मुला , टमाटर , रोयो , प्याज , लसुन , काँक्रा , खुर्सानी धनियाँ लगायतको तरकारी खेती गरेर घरमै राम्रो कमाइ गर्न थालेपछि उहाँका परिवार पनि निकै सुखी छन् ।

भारतको चौकीदारी कामबाट घरको सामान्य गुजारा बाहेक अन्य केही कमाइ गर्न नसकेका विष्टले अहिले घरमा आएर गाउँमा रहेको बाँझो जमिनमा तरकारी खेती गर्दा वाषर््िाक चार लाख रुपियाँ कमाइ भएको बताउँनुभयो ।

उहाँले भन्नुभयो, “ अहिले तरकारी खेतीबाट भएको कमाइले छोरा छोरीलाई पढाउँन र घर खर्च चलाउँन निकै सहज भएको छ । ”

कामको खोजीमा विदेशमा भौतारिने यहाँका धेरै युवाले स्वदेशमै कृषि उपज गरे भने बारीमा पनि पैसा फल्दो रहेछ । मौसमी तरकारी खेती गरेर राम्रो कमाइ हुन थालेपछि उहाँले बेमौसमी तरकारी खेतीलाई पुन प्राथमिकता दिने योजना बनाउँनु भएको छ ।

भोको पेट पाल्नकै लागि सोह्र वर्ष सम्म भारतको अशोक नगरमा चौकीदारी गर्दै आउनु भएका विष्टले गाउँमा तरकारी खेती सुरु गरेर कमाइ हुन थालेपछि अहिले मेरो परिवार पनि सुखले चलेको बताउनुभयो ।

तरकार खेती गर्दा मैले अहिले सम्म स्थानीय सरकार प्रदेश तथा सङ्घीय सरकारबाट कुनै पनि सहयोग पाएको छैन् । सिँचाइको निकै समस्या छ । अहिले खेत जोत्न पनि हाते ट्याक्टर वितरण हुन्छन् । गाउँमा ठुला ठुला सिँचाइका योजना बन्छन् ।

तर मैले यो तरकारी खेती गर्नका लागि धेरै सरकारी तथा गैरसरकारी सङ्घ संस्था तालिमको प्रास्ताव राख्दा पनि कतैबाट सम्भव नभएको विष्टले दुखेसो गर्नुभयो ।

अहिले मौषस परिवर्तन भएसँगै काउँली , आलु र टमाटरमा किरा लाग्ने र धेरै टमाटर सडेर खेर जाने गरेको छ । हामी जस्ता धेरै कृषकले यसको व्यवस्था गर्न सकेको छैनन् । जसले गर्दा लाखौको हानी नोक्सानी ब्यहोर्नु परेको छ ।
त्यसैले आफु जस्तो तरकारी खेतीमा उत्साहित किसानलाई यस बारे केही तालिमको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

मिहिनेत गरेपछि पैसा कमाउँन केही समय लाग्दैन रहेछ । तरकारी खेतीका साथै अन्य कुखुरा , बाख्रापालन गरे भने मासिक चार लाख रुपियाँ समेत कमाउन सकिने विष्टले बताउनुभयो ।

स्थानीय सरकारले गाउँमा कृषिमा लाग्नेलाई केही उद्योम कार्यक्रम ल्याउनुको साटो सडक मन्दिरमा मात्र बजेट खर्च गरी गाउँका आफन्त र अगुवालाई मात्र पाल्ने गरेको गुनासो गर्नुभयो ।

अहिले मौषसी मात्र तरकारी खेती गरेको छु । यो खेती सुरु गर्दा गुडनेर्वस र गिफ्ट नेपालले बीउ तथा प्राविधिक सहयोग गरेको हो ।

अहिले मलाई बेमौसमी तरकारी खेती गर्नका लागि नयाँ संरचना तथा सीपको आवशयक परेको छ । कतैबाट मर्ला यो सहयोग मिले भने म जस्तै गाउँका अन्य दर्जनौ युवालाई समेत गाउँमै रोजगारी दिन सकिने विष्टले बताउनुभयो ।

यता विष्ट तरकारी खेती गर्न उेत्प्रेरित हुँदै गएपछि गुडनेर्वस र गिफ्ट नेपालले बीउ तथा प्राविधिक सहयोग गरेको गिफ्ट नेपालका कृषि प्राविधिक कृष्णबहादुर रावतले बताउनुभयो ।

 

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?