सडक ग्राभेल भएपछि स्थानीय हर्षित
सुरेश भुल
कैलाली , कात्तिक ९ गते । कैलारी गाउपालिका वडा नं २ उजलिसिमर गाउँमा सडक ग्राभेल भएपछि स्थानीय खुसी भएका छन् ।
लामो समय देखि हिलो र धुलाम्य हुँदै आएको यो सडक पछिल्लो समय पीचको प्रक्रियामा अघि बढ्न थालेपछि यहाँका स्थानीय हर्षित भएका हुन् ।
प्रदेश र सङ्घीय सरकारलाई बाटो बनाउन बजेट माग गर्दा पनि बजेट नपरेपछि यती बेला वडापालिकाले आफ्mैले सडक ग्राभेल गरेको कैलारी गाउँपालिका २ नं वडापालिकाको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७९ को १५ लाख र २०८० को २० लाख रकममा यहाँको पिपल चौतारा देखि बसौटी जाने बाटाको सिमलको रुख सम्म ८ सय मिटर लम्बाई र १५ मिटर चौडा सडकको ग्राभेल गरेको वडा अध्यक्ष विकास चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँका स्थानीयको पहिलो माग सडक कालोपत्रे गर्नु पर्ने हो । वडापालिकाले पनि उहाँहरुको त्यो मागलाई पहिलोे प्राथमिकिता दिदै आएको छ । ”
वडापालिका देखि गाउँपालिका जाने मुख्य बाटो यही भएकोले यसलाई जसरी भएपनि यो वर्षमा नै कालोपत्रे गर्ने तयारी तयारी भएको अध्यक्ष चौधरीले बताउनुभयो ।