प्रहरी चौकी पचकडीयाका प्रमुख विकको सुरुवा
तस्बिर छ,
प्रहरी चौकी पचकडीयाका प्रमुख विकको सुरुवा
तेजबहादुर सार्की
कञ्चनपुर , पुस २२ गते । कञ्चनपुरको पुनर्वास नगरपालिका वाड नं ११ मा रहेको प्रहरी चौकी पचकडीयाका प्रमुख गङ्गाबहादुर बिकको सुरुवा भएको छ ।
२०८१ जेठ २ गते यस प्रहरी चौकीमा प्रमुखको रुपमा आउनु भएका विककको बाग्लुङ्ग जिल्ला ट्राफिक कार्यालयमा सुरुवा भएको हुनु भएको हो ।
आफु यस कार्यालयमा आएको दिन देखि अहिले सम्म झण्डै २२ लाख सात हजार ५४५ मुल्य बराबरको अवैध सामग्री बरामद गरेको विकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भारतबाट अवैधरुपमा नेपालमा ल्याईएका सुट, चामल , हाडवयरको लगायतको सामाग्री बरामद गरेको हो । ”
भारत अवैध लागु प्रदार्थ ल्याउने गरेका तीन जनालाई प्रक्राउ गरी त्रिभुवन बस्ती इलाका प्रहरी कार्यालय टाउँनमा बुझाएको विकले बताउनुभयो ।
२०८१ पुस २२ गते विक यस प्रहरी चौकीबाट सुरुवा भएपछि अहिले यस प्रहरी चौकीको कार्यालय प्रमुखमा बीरबहादुर बोहरा आउनु भएको छ ।
नयाँ आउनु भएका कार्यालय प्रमुख बीरबहादुर बोहराले आज एक कार्यक्रमका साथ विकको खादा ओडाई विदाई गर्नु भएको प्रहरी चौकी पचकडीयाले जनाएको छ ।
उहाँको विदाइ कार्याक्रम तथा फेरि भेटघाट कार्याक्रममा प्रहरी पत्रकार तथा विभिन्न मानव अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाको समेत उपस्थिति रहेको थियो ।