नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बझाङ्गका अध्यक्ष माथि साङ्घातिक आक्रमण

नेपाल पत्रकार महासङ्घ शाखा बझाङ्ग अध्यक्ष ललित सिह ।
बझाङ्ग, माघ २९ गते । नेपाल पत्रकार महासङ्घ बझाङ्ग शाखाका अध्यक्ष ललित सिंहमाथि आक्रमाण गरिएको छ ।
गत सोमबार राती ११ः३० बजेतिरको समय उहाँलाई एक समुहले काेठामा बाेलाएर चक्कु प्रहार गरिएको हाे ।
उहाँकाे आँखाको माथिल्लो भागमा चोट लागेपछि हिजै राती जिल्ला अस्पताल बझाङ लगिएको थियो । अहिले सिहको उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ ।
घटनामा २९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताउनुभयो ।