बत्ती बाल्ने आशामा धिम बोल्डीङ्गबासी

क्याप्सन ः हिमाली गाउँपालिका वडा नं –६ को धिममा विस्तार गरेका विजुलीको लाईन । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्कीे

बाजुरा, फागुन ६ गते । बाजुराको पुर्वि उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका –६ धिमबोल्डीङ्गबासी पछिल्लो समय बत्ती बाल्न पाउँने आश रहेका छन् ।

 २०७५ सालपछि यहाँका स्थानीयले सडक , शिक्षा , स्वास्थ्य , खानेपानीको पहुँचमा भएपनि उनीहरु उज्यालोबाट भने लामो समय देखि वञ्चित हुँदै आएका थिए ।

यती बेला हिमाली गाउँपालिकाले यहाँका झण्डै ४५० घरधुरीलाई उज्यालो बनाउँने गरी गाउँमा लाईन विस्तार गर्दै आएपछि उनीहरुको लामो समयपछि बत्ती बाल्ने आश पलाएको हो ।

पुस्तौ देखि अँध्यारोमा हुँदै गएको यो गाउँमा बल्ल अहिले लाइन विस्तार हुँदा केही समयपछि उज्यालो पाउने आश पलाएको हिमाली गाउँपालिका वडा नं –६ का स्थानीय रत्नलाल रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ अहिले यहाँका गाउँमा सडक , स्वास्थ्य , शिक्षा र खानेपानी लगायतका विकासको पहुँचमा भएपनि बिजुलीबाट वञ्चित  हुँदै आएका थियौ । ” 

गाउँपालिकाको यती बेलाको अथक प्रयासले गाउँमा बत्तीको लाईन विस्तार भएसँगै यहाँका स्थानीयले पुस्तौ देखि झेल्नु परेको झरो र टुक्की बाल्नु पर्ने समस्या पनि हट्ने भएको रावतले बताउनुभयो ।

हिमाली गाउँपालिका जिल्लाकै एक विकट पालिकाको रुपमा रहेको छ । यहाँका गाउँ बस्ती भौगोलिक विकटताका कारण निकै दुर छन् । यहाँका गाउँ बस्तीको बीचमा ठुला ठुला चट्टना भिर पाखा छन् । गाउँका सहजै विकास गर्न स्थानीय सरकारलाई निकै कठिन छ । 

तर पनि यहाँको हिमाली गाउँपालिकाले पछिल्लो समय यहाँका अधिकाशं गाउँ बस्तीलाई सडक , शिक्षा स्वास्थ्य तथा खानेपानीको पहुँचमा राख्दै आएको छ । 

एक महिनाको पैदल यात्रा गरेर दैनिक उपभोग्य सामाग्री ढुवानी गर्दै आएका यहाँका स्थानीय पछिल्लो समय एक घण्टामा गाडीमा त्यो सामान पाउँन थालेका छन् ।

त्यति मात्र कहाँ हो र खोप लगाउँन जाँदा दुइ चार दिन हिडेर गाउँमा जाने स्वास्थ्यकर्मीलाई अहिले दुइ घण्टामा गाडीमा जान थालेका छन् । 

कुवा , पँधेरा  र खोलाको धमिलो पानी खान बाध्य भएका यहाँका स्थानीय पछिल्लो समय धाराको सफा सुग्घर पानी खान थालेका छन् । 

हिमाली गाउँपालिकाले यहाँका १ देखि ७ वडाका अधिकाशं गाउँ बस्ती खानेपानीको पहुँचमा रहेका छन् । लामो समय देखि अँध्यारोमा रहेका यहाँका गाउँ बस्तीमा पछिल्लो समय पालिकाले झिलिमिली गर्ने योजना अनुसार काम गर्दै आएको छ ।

यहाँका  वडा नं ४ , ५ र ७ मा बत्ती बलिरहेको छ । भने हिमाली गाउँपालिकाको समन्वयमा १ , २ र ३ नं वडामा काँधुरी संस्थाले बत्ती बाल्ने तयारी भएको छ । यहाँको ६ नं वडामा लाईन विस्तार भएको छ । केही महिनापछि यहाँका ४५० घरपरिवारको घर घरमा बत्ती बल्ने हिमाली गाउँपालिकाले जनाएको छ ।

हिमाली गाउँपालिकालाई विकट क्षेत्रको रुपमा लिने गरेको थियो । पछिल्लो समय यहाँका प्रत्येक गाउँ बस्तीमा विकास भएको छ । अहिले यहाँका स्थानीयले गाउँ बस्तीमा विकास पुगेको निकै मुहसुस गर्दै आएका छन् ।

हिमाली गाउँपालिकाका वडा नं ५ मा रहेको क्वाडी लघुजलविद्यतु परियोजनाबाट यहाँको वडा नं ६ मा रहेको धिम बस्तीका ४५० घरपरिवारको घरघरमा बत्ती बाल्ने गरी काम तीब्ररुपमा अघि बढिरहेको हिमाली गाउँपालिका वडा अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो , “ हिमालीको वडा नं ६ धिममा बस्तीमा ४५० घरधुरी छन् । यहाँ दुइ वटा आधारभूत र दुइ वटा मावि विद्यालय र दुइ वटा स्वास्थ्यचौकी छन् । यहाँ बत्ती बलेपछि ती कार्यालयलाई नागरिकलाई सेवा दिन निकै सहज हुन्छ ।”

अहिले यहाँका केही वडामा बत्ती बलिरहेको भएपनि बाँकी रहेका वडामा बत्ती बाल्ने गरी काम भइरहेको छ । आगामी २०८२ सालको वैशाखमा यहाँका सात वडा उज्यालाको पहुँचमा हुने अध्यक्ष मल्ले बताउनभुयो ।






     



























यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?