नेपाल दलित मुक्ती मोर्चा सुप समितिले केन्द्रलाई सिफारिस

शेरबहादुर सार्की
सुदूरपश्चिम,भदौ १९ गते । नेपाल दलित मुक्ती मोर्चा सुदूरपश्चिम प्रदेश समितिले आसन्न मङ्सिर ४ गते हुने केन्द्रिय प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा प्रत्यक्ष र समानुपातिकमा दलित उमेदवारको नाम सिफारिस गरि केन्द्रमा पठाएको छ ।

केन्द्रिय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको नेपाल दलित मुक्ति मोर्चा सचिवालयको बैठकमा सुदूरपश्चिम् समितिले नौ वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी केन्द्रिय प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा प्रत्यक्ष र समानुपातिकमा उमेदवारको नाम सिफारिस गरि पठाएको हो ।

नेपाल दलित मुक्ती मोर्चा सुदूरपश्चिम प्रदेश सयोजक विनिता विकले, सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा दलितको प्रतिनिधित्व हुने गरी ६ जना आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचितमा प्रत्यक्ष तर्फ र १९ जना समानुपातिक तर्फका लागि उमेदवारको नाम सिफारिस गरी सचिवायलयको बैठकमा पेश गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचितमा प्रत्यक्ष तर्फमा बझाङ्गबाट धर्मराज बि.क (अर्जुन) प्रदेश, बाजुराबाट कर्णबहादुर बि.क ( केशव) प्रदेश कञ्चनपुरबाट मान बहादुर सुनार इश्वर सुनार प्रदेश, बैतडीबाट भुबनचन्द्र बि.क प्रदेश, दार्चुलाबाट लक्ष्मी बि.क प्रदेश कैलालीबाट नन्दराम बि. क प्रदेशमा सिफारिस गरिएको छ ।

सयोजक विकले, बाजुराबाट बिनिता बि.क महिला प्रदेश बैतडीबाट लक्ष्मी ओड महिला दलित  सङ्घ, डोटीबाट गिता नेपाली दलित महिला सङ्घ डडेलधुराबाट लक्ष्मी उप्रेती पार्की महिला दलित प्रदेश, डोटीबाट डबल ताम्राकार दलित प्रदेश,डाेटीबाट जङ्ग विक दलित प्रदेश,अछामबाट अम्मर बि.क दलित सङ्घ कञ्चनपूरबाट गोबिन्द बि.क दलित प्रदेश , कैलालीबाट गोबिन्द बि.क दलित प्रदेश ,बाजुराबाट रमेश बि.क दलित सङघ, चन्द्र प्रसाद सुनार दलित प्रदेश, रुपक सुनार दलित प्रत्यक्ष कैलाली तिलक परियार दलित प्रदेश, दार्चुलाबाट केशव बि.क दलित  सङ्घ, डडेलधुराबाट सुरेश परियार दलित प्रदेश, बझाङ्गबाट प्रेम बि.क दलित सङ्घ कैलालीबाट सपना विसी प्रदेश , कैलालीबाट जगत विक दलित प्रदेश, बाजुराबाट मानबहादुर विक मनोज, प्रदेश, गरी १९ जनाको नाम सिफारिस गरिएको छ ।

नेपाल दलित मुक्ती मोर्चा सुदूरपश्चिम् समितिले सचिवालय बैठकमा बुझाएको सिफारिस आजै सचिवालय बैठकले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको सुदूरपश्चिम संयोजक वि.कले बताउनुभयो ।

सुदुरपश्चिम् प्रदेशमा नेपाल मोर्चाको १२५ जना सदस्य कमिटि रहेको छ । त्यसै गरी ८९ वटा जिल्ला कमिटिमा २७५ जनाको रहेको छ । त्यसै गरी ८८ वटा स्थानीय तह मध्यका ६० देखि ६५ वटा कमिटि सक्रिय छन भने अन्य कमिटि भने निष्कृय अवस्थामा रहेका छन् ।कतिपय प्रदेश र जिल्लाको बैठक सम्पन्न भएका छन्, भने केही जिल्लाका कमिटिहरुकाे बैठक भने अँझै  बस्न सकिरहेको छैनन् ।


दार्चुला र बझाङ्ग जिल्लामा रहेका संगठन अँझै सक्रिय हुन सकेको छैन भने अन्य ६ वटा जिल्लामा भने संगठन क्रियाशिल नै रहेका छन् ।जसका कारण स्थानीय तह निर्वाचनमा समग्र रुपमा दलित उम्मेदार धेरै बनाउनमा नेत्रृत्व तहबाटै हिचकिचावट भएको देखिन्छ ।यसले गर्दा बुझाईमा पनि केही न केही दृष्टिकोणको समस्या रहेकोले दलित समूदायको सोचे जस्तो र संविधानमा देहाय बमोजिमको प्रतिनिधित्व हुन नसकेको प्रदेश सयोजक विकले बताउनुभयो ।दलित मुक्तीका लागि नै लामो समय सँग कारागार जिवन बिताउनु भएकी विकले,समग्र दलितको कह अधिकारका लागि प्रदेश सँगै जिल्ला कमिटि निकै सक्रिय हुनु पर्ने बताउनुभयो ।


क्यास्पन ः नेपाल दलित मुक्ती मोर्चा सहयोजक सुनिता बिक, केन्द्रिय प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा प्रत्यक्ष र समानुपातिमा दलित उमेदवारको नाम सिफारिस नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउँदै । तस्बिर ः विनिता विक

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?