नेकपा माओवादी केन्द्रको प्रदेश स्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

शेरबहादुर सार्की
सुदूरपश्चिम भदौ २१ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड ले सङघीय तथा प्रदेशको निर्वाचनमा सिफारिस गर्दा महिला र दलित जनजाति मधेसी थारुलाई पहिलो प्राथमिकता दिने बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको प्रदेश स्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले यस्तो बताउनु भएको हो ।


अध्यक्ष पुष्पकमल दाहलले निर्वाचन प्रणाली महँगो भयो अब पुर्ण समानुपातिक प्रणाली को लागि सङ्घर्ष गर्नु पर्ने अति आवश्यक देखिएको र शासकीय स्वरूप अहिलेको शासन प्रणालीले देशलाई सही दिशामा लान सक्दैन अब प्रत्यक्ष निर्वाचित् राष्ट्रपति प्रणलीमा जानुपर्छ यसका लागि आन्दोलन को पनि तयारी गर्न जरुरी भएको अध्यक्ष दाहलले बताउनुभयो ।


नेकपा माओबादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष हरिराम चौधरीको अध्यक्षतामा सञ्चालन भएको प्रमुख अतिथि पुस्पकमल दाहाल प्रचण्ड विशिस्ट अतिथि वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ अतिथि प्रदेश इन्चार्ज खगराज भट्ट मुख्य मन्त्री केन्द्रिय सदस्यहरु रहेका थिए ।

बाजुरा ,बझाङ्ग ,अछाम ,डोटी, दार्चुला, बैतडी , डडेल्धुररा, कैलाली र कञ्चनपुर लगायतका जिल्लाबाट नेकपा माओवादीका जिल्ला स्तरीय नेता तथा कार्यकर्ता लगायतका एक हजार पाँच सय भन्दाबढीको सहभागि भएको कार्यक्रम सन्चालन प्रदेश सचिव जनक बुढाले गर्नु भएकाे थियो ।


क्याप्सन ः नेकपा माओवादी केन्द्रकाे सुप प्रदेश समितिले आयोजना गरेको आन्तरिक परिक्षण कार्यक्रमका सहभागि । तस्बिर ः सुदूरपाटी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?