उद्योगलाई प्राथमिकता दिदै व्यरोजगार यूवालाई रोजगार दिन्छु ः मल्ल ।

हिमाली गाउँपालिका अध्यक्ष गाेविन्द्रबहादुर मल्ल । तस्बिर : सुदूरपाटी

नेपालका ७७ औं मध्ये कै बाजुरा एक दुर्गम जिल्ला हो । यो जिल्लामा नौ वटा स्थानीय तह छन् । ती मध्ये जिल्लाकै दुर्गम तथा पछाडी परेका साविकका विछ्या रुगिन र बाँधु गाविस मिलेर बनेको हिमाली गाउँपालिका पनि एक हो । सो गाउँपालिकामा नेपाली काँग्रेसका नेता गोबिन्दबहादुर मल्ल पछिल्लो समयमा पनि गाउँपालिकाको अध्यक्षमा निर्वाचित ्भएर काम गर्दै आउनु भएको छ ।उहाँले आफु दोस्रो पटक निर्वाचित् भएर आएपछि जिल्लाको पूर्विउत्तर क्षेत्रमा रहेको दुगर्म बस्ती विकास गर्न पुनः लागि परेको दाबि गर्दै आउनुभएको छ ।प्रस्तु छ, हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्ल सँग पालिकाको विगतका पाँच वर्षमा भएको सडक, शिक्षा, स्वास्थ्य,तथा कृषि क्षेत्रमा परिवर्तन र अबको पाँच वर्षमा समाज परिर्वनका सवाललाई अगाडी सारिएको योजना , कार्यान्वयन र चुनौतीका बारेमा सुदूरपाटी मिडिया प्रा.लिका सम्पादक शेरबहादुर सार्कीले गरेको कुराकानीको सारसङ्क्षेप ।

हिमाली गाउँपालिका गाउँ बस्ती भौगोलिक रुपमा धेरै टाढा रहेकोले त्यहाँका अधिकाशं बालबालिकाहरु शिक्षाको पहुँचबाट वञ्चित हुँदै आएको भन्ने खबर सुनिन्थ्यो,अहिले त्यो अवस्था के छ ?

२०७४ सालको स्थानीय निर्वाचनमा म हिमाली गाउँपालिकाको अध्यक्षमा निर्वाचित् भएपछि मैले पहिलो प्राथमिकता शिक्षालाई नै राखेको थिए ।भौगोकि विकटाताका कारण कुनै पनि बालबालिकाहरु शिक्षाबाट वञ्चित् नहुँन भनेर मैले पहिलो प्राथमिकता शिक्षालाई नै दिएको हो ।

विद्यालय टाढा भएर नआउँन सक्ने बालबालिकाहरु उनीहरुको पहुँच हुने ठाउँमा नै आधारभूत् विद्यालयको स्थापना गरेका छौ । अहिले विद्यालय टाढा भएर कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित भएका छैनन् ।

हिमाली गाउँपालिकाका कतिपय विद्यालयमा दरन्दी नहुँदा पढाईमा निकै समस्या हुने गरेको थियो । गाउँपालिकाबाट नै गणित ,विज्ञान र अँग्रेजी शिक्षक लगायतका दरबन्दीको व्यवस्था गरेपछि अहिले त्याे समस्या हटेकाे छ ।

पहिला किताब भौतिक संरचना लगायत विभिन्न कुरामा प्रभावित बन्दै गएका हिमाली गाउँपालिकामा विद्यालयमा अहिले समयमै किताव उपलब्ध गर्दै आएका छौ र भौतिक संरचना पनि सबै विद्यालयमा व्यवस्था भएको छ ।

अहिले हिमालीमा आधारभूत् १७ माध्यामिक ६ गरी २२ वटा विद्यालय सञ्चालनमा छन् । २०७८ को विद्यार्थी भर्ना अनुसार २२ वटा विद्यालयमा ३ तीन हजार २४२ छात्रा र १ हजार ४४३ छात्र अध्ययन गर्दै आएका थिए ।अहिले हिमाली गाउँपालिकाका सबै बालबालिकाहरु शिक्षाको पहुँचमा हुने गरेका छन् । विद्यालय टाढा भएको कारण कुनै पनि बालबालिकाहरुले शिक्षाबाट वञ्चित् हुनु परेकाे छैन् ।

हिमाली गाउँपालिकाका महिलाहरु बाटोमा सुत्केरी हुने गरेको भन्ने कुरा पटक पटक सुनिन्न आउँछ ? स्वास्थ्यको पहुँच नभए र हो की त्यहाँका महिलाहरुले गर्भवती भएको बेलामा स्वास्थ्य संस्थालाई ख्याल नगरेर हो यसमा तपाईको भनाइ के छ ?

विगतका पाँच वर्षमा हामीले स्थास्थ्य क्षेत्रमा निकै फट्को मारेका छौ । प्रत्येक गाउँमा एक आधारभूत् इकाइ स्वास्थ्य चौकी स्थापना गरेका छौ । दुर्गम क्षेत्रमा स्वास्थ्य चौकी समेत स्थापना गरेका छौ ।ती स्वास्थ्य संस्थामा ४३ जना थप स्वास्थ्यकर्मी नियूक्ती गरेका छौ ।

स्वास्थ्यकर्मीले प्रत्येक महिना घरघरमा स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेका छन् । तर पनि त्यहाँका महिलाहरुले सुत्केरी हुने बेलामा आफ्नो स्वास्थ्यको वास्तै नगर्ने र जव अन्तिम अवस्था पुगेपछि मात्र स्वास्थ्य संस्थामा आउने गरेकोले केही महिला बाटोमा सुत्केरी हुने गरेका हुन् । सुत्केरी अवस्थामा स्वास्थ्य सम्बन्धित ध्यान दिनु पर्ने कुराकाे बारेमा अहिले गाउँ गाउँमा स्वास्थ्यकर्मी द्धारा विभिन्न  जनचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छौ । जसका कारण अहिले गर्भवती महिलाहरुले  समयमै स्वास्थ्य स‌स्थामा गएर स्वास्थ्य जाँच गर्ने गरेका छन् ।

हिमाली गाउँपालिका भित्रमा स्थापना गरेका स्वास्थ्य संस्थामा सुत्केरी हुन नसेको महिलाहरुलाई कोल्टी स्वास्थ्य चौकीमा रिफर गर्ने र त्यहाँ पनि सम्भव नभए अन्य सुविधा सम्पन्न अस्पताल लिनु परेमा  गाउँपालिकाले  निशुल्क सेवा उपलब्ध गर्दै अाएकाे छ । उनीहरुकै लापरबहीका कारण हिजोका दिनमा केही महिलाहरु स्वास्थ्य चौकी आउने बेलामा सुत्केरी भएका हुन् । त्यती बेलामा पनि स्वास्थ्य संस्थाबाट स्वास्थयकर्मीहरु खटाएर बाटोमै सुत्केरी महिलाको उद्धार गरेका हुन् ।

हिमाली गाउँपालिका स्थानीयले पुस्तौँ देखि खानीपानीका लागि एक दिनको बाटो हिँडेर पानी खान बाध्य हुँदै आएका स्थानीयलाई अहिले पानीको अवस्था के छ ?

पुस्तौ देखि खानेपानीको अभाव हुँदै आएका हिमालीका स्थानीयले २०७५ देखि २०७८ सम्म गाउँमै पानी खान पाएका छन् ।अहिले उनीहरुले एक दिनको बाटो हिँडेर पानी ल्याउनु पर्ने समस्याको अन्त्य भएको छ ।आगामी दिनमा सरकारको नीति अनुरुप एक घर एक धाराको कार्यक्रमलाई समेत अगाडी बढाउने योजना छ ।

हिमाली गाउँपालिकामा सधै खाद्यान अभाव हुन्छ ? आफ्नै पैँसाले चामल किन्दा पनि चामल पाउँदैन ,भन्ने जनताको गुनासो छ, तपाई यसमा के भन्नुहुन्छ ?

यो क्षेत्रमा खाद्यान अभाव त हुने नै गर्छ । पहिलाको भन्दा अहिले यहाँका स्थानीयलाई खाद्यान सहज हुने गरी कवाडीमा खाद्यान तथा नुन डिपो स्थापना गरेका छौ ।गाउँपालिकोको केन्द्र धुलाचौरमा खाद्यान बिक्री केन्द्र स्थापना गरेका छौ । त्यो बाहेक गाउँपालिकाले अर्को खाद्यानका लागि जनता सँग महत्पूर्ण योजना लागु गरेको छ ।

गाउँपालिकाले खाद्यान सुरक्षाका लागि वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।२०७८÷०७९ सालको आर्थिक वर्षमा सबै वडाका २२ घरधुरीलाई एक घरको एक जनाले फलफुलको ५ बोट अनिवार्य रोप्नु पर्ने र बोट रोपेवाफत एक जनालाई ५ केजी चामल दिने गरेका छौ ।

जसले गर्दा यहाँका स्थानीयलाई केही समयका लागि भएपनि खाद्यानमा सहज भएको छ । यो कार्यक्रमलाई अहिले पनि त्यतिकै प्राथमिकता दिदै आएका छौ । जसका कारण यहाँका अधिकाशं स्थानीयलाई छाक टार्न सहज भएको छ ।

हिमाली गाउँपालिकाले कृषि क्षेत्रमा कस्ता कार्यक्रमहरु ल्याएको छ ?

हिमाली गाउँपालिका अधिकाशं क्षेत्र स्याउँ ,ओखर , अनार , आँप ,कागती राम्रो सँग उत्पादन हुने गर्छ ।फलफुल खेतीले यहाँका स्थानीयको आयआर्जनमा निकै लाभ हुने भएकोले यहाँका स्थानीयलाई बाँझो जमिन सदुपयोग हुने गरी फलफुल खेतीमा उत्प्रेरित गर्दै आएका छौ ।वृक्षारोपण कार्य सुरु गरेका छौ । प्रत्येक घरपरिवारका सदस्यहरुले एक जनाले अनिवार्य पाँच बोट फलफुलका बिरुवा रोप्नु पर्ने र बिरुवा रोपेबाफत एक जनालाई पाँच केजी चामल दिने गरेका छौ ।हिमाली गाउँपालिका अधिकाशं स्थानीयलाई गाई, भैसी , भेडाबाख्रा, पालनका लागि खोर व्यवस्थापन राँगा, साँढे र बोकाका लागि अुनदानको व्यवस्था गरेका छौ ।

हिमाली गाउँपालिकाका अधिकाशं वडामा एक वडा बाट अर्को वडामा सम्म जान दुई दिन लाग्ने गर्दछ ? ती वडामा अहिले सडक सञ्जाल पहुँचकाे अवस्था के छ ?

हिमाली गाउँपालिकाका –७ वडा मध्ये ४ देखि ७ वटा वडामा विगतका वर्षमा नै सडक सञ्चालको पहुँचमा रहेका छन् । भने १, २, ३ वडामा यो वर्षबाट सडक विस्तार गर्ने योजना रहेको छ ।अबका दुई वर्षमा हिमाली गाउँपालिकाका सबै वडामा सडक सञ्चालको पहुँच हुने गरी काम गरीरहेका छौ ।२०७४ साल सम्म यहाँका स्थानीय भेडाबाख्राको माध्यमबाट खाद्यान ढुवानी गर्दै आएका थिए । अधिकाशं ठाउँमा खच्चरबाट सामान ढुवानी गर्नु पर्ने अवस्था थियो ।

अहिले यहाँका व्यापारीले घरैमा गाडीमा चड्ने गरेका छन् । केही दिन पहिला धनगढी नेपालगञ्जमा जानु परेमा दुइ दिन हिँडेर बूढीगङ्गा नगरपालिका बेतालमाण्डौमा बाम्का बल्दे तिपाडा र सदर मुकाम मार्तडीमा टिकट काट्न जानु पर्दैथ्यो भने अहिले यहाँका स्थानीयले  सदरमुकाम जानु परेमा पनि गाउँबाट नै गाडी चढ्ने गरेका छन्  ।

पछिल्लाे समय हिमाली गाउँपालिकाका अधिकाशं गाउँ बस्ती पहिरोको उच्च जोखिममा पर्दै गएका छन् ? ती जाेखिममा परेका बस्तीलाई स्थानान्तरणकाे तयारी के छ ?

गाउँपालिकाले बाढीपहिराेबाट प्राभावित भएका बस्ती तात्काल सुरक्षित स्थानमा सार्ने गरेका छाै । ती बस्तीमा अहिले त्रिपाल र खाद्यानकाे व्यवस्था गरेका छाै । स्थायीरुपमा बस्ती बसाल्न  हामीबाट  कुनै सम्भब नभएकोले बाढीपहिरोबाट जाेखिमका बस्तीको डाटा सङ्कलन गरेर तिनीहरुलाई व्यवस्थित् गर्न सम्बन्धित् निकायमा पत्र पठाउने काम गरेका छौ ।

तपाई गाउँमै उद्याेग सञ्चालन गरेर व्यरोजगार युवालाई रोजगारी दिन्छु भन्नहुन्छ यो सम्भव छ ?

यो कुरा सम्भव छ । २०७७ सालमा हिमाली गाउँपालिकाको वडा नं –७ बाँधुमा एक करोड आठ लाखमा हातीबार उद्योग स्थाना गरेका छौ ।सो उद्योगबाट अहिले १६ देखि १८ जना युवाहरुले रोजगार पाएका छन् । यो उद्योगलाई अहिले पनि ८ करोड चपास लाख रुवियाँ विनियाजन भएको छ ।

अहिले हिमाली गाउँपालिकाबाट यस उद्योगलाई प्राथकिमिता दिएका छौ । यो उद्योगले यहाँका स्थानीयको रोजगार मुलक सेवा दिने भएकोले उद्योग सञ्चालनमा ल्याएको हो ।अव दिनमा हिमाली गाउँपालिकाकाले उद्योगलाई पहिलो प्राथमिकतामा दिने र गाउँमा रहेका व्यरोजगार युवालाई रोजगारी प्राप्त गर्ने गरी यो उद्योगलाई बढी प्राथमिकता दिदै आएको छौ ।

यो आर्थिक वर्ष गाउँपालिकाको आन्तरिक तथा बाह्यय प्रास्तावित् बजेट कती ल्याएको छ ?यो बजेट कुन कुन क्षेत्रमा लगानी गर्ने योजना बनाउँनु भएको छ ?

गाउँपालिकाले यो आर्थिक वर्षमा कुल ३५ करोड, ७६ लाख ७० हजार रुपिँयाको प्रास्तावित् वजेट ल्याएको छ ।जसमा संघबाट समानी करण अनुदान ८ करोड ४६ लाख सर्शत अनुदान १२ करोड ९८ लाख सम्पुरक अनुदान एक करोड ८० लाख विशेष अनुदान एक करोड ६० लाख राजश्व बाँडफाँड बाट ८ करोड ३९ लाख ६९ हजार रुपिँया रहेको छ ।

त्यसै गरी प्रदेशबाट समानुकरण अनुदान ५५ लाख ८१ हजार विशेष अनुदान २५ लाख सम्पुरक अनुदान ४० लाख राजश्व बाँड फाँडबाट १६ लाख २० हजार रुपियाँ रहेको छ ।त्यसै गरी गाउँपालिकाबाट आन्तरिक स्रोतबाट २९ लाख १० हजार र अल्या जिम्मेरावररी बाट ८६ लाख ९० हजार प्राप्त हुने गरी प्रास्तावित् वजेड ल्याएको छ ।यो वजेट विशेष गरी शिक्षा, स्वास्थ्य खानेपानी , बाटो पुल निर्माण तथा कृषिका क्षेत्रमा विनियोजन गरिने छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?