बस्ती जोगाउँन राखिने ग्याबिन चट्टानमा प्रयोग

बूढीगड्गा नगरपालिका ६ माैरेमा चट्टान राेक्न गरेकाे तट्बन्धन । तस्बिर: सुदूरपाटी

शेरबहादुर सार्की
बाजुरा, चैत २४ गते । बाजुराको बुढीगङ्गा नगरपालिका –६ बाम्का बजार मुनीकाे मौरे चट्टानमा प्रयोग गरेको ग्याबिनले यतिबेलामा निकै चर्चामा पाएको छ ।उता बाढिपहिरोले जोखिमा परेका बस्ती जोगाउँन प्रयोग गर्नु पर्ने ग्याबिन यता उल्टो चट्टान रोक्न प्रयोग गरेपछिअहिले त्याे ग्याबिनले चर्चा पाउँन थालेको हो ।

पछिल्लो समय बाजुराका झण्डै एक सय पचास भन्दाबढी बस्ती बाढीपहिरोको उच्च जोखिममा छन् ।खोला र नदिको छेउका ती बस्तीलाई वर्षेनी माथीबाट पहिरो र तलबाट नदिले काट्दै गरेपछि अहिले ती बस्ती जोखिममा पर्ने गरेका हुन् ।जोखिममा परेका ती बस्ती जोगाउँन ग्याबिन प्रयोग गुर्नको उल्टो यता प्रदेश सरकारले चट्टान रोक्न बजेट विनियोजन गर्दै आएको स्थानीय बताउँछन् ।

बुढीगङ्गा नगरपालिका –२ नडाङ्गका तुलाराम नेपालीले, पहिरोले घर जोखिममा परेको दुइ वर्ष भयो । घर जोगाउँन स्थानीय, प्रदेश तथा सङ्घीय सरकार सँग हारगुहार गरे तर कतैबाट सहयोग नमिलेको बताउनुभयो ।

उहाँले, पहिरोले गाउँ नै उठिबास हुन लागेपछि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको हेर्नु त पर्ने हो । तर अहिले सम्म हेरेको छैन् । बाढीपहिरोले नडाङ्गको दलित बस्तीको उठिबास हुन लाग्दा समेत कुनै सरकारको ध्यान नगएको बताउँनुभयो ।

पाखो तथा भिरालो ठाउँका अधिकाशं बस्तीमा वर्खाको समय माथीबाट पहिरो खस्ने र तलबाट नदिले काट्दै गएपछि अहिले ती बस्ती स्थानान्तरण गर्नु पर्ने अवस्थामा रहेका छन् ।सका लागि स्थानीय सरकार सँग धेरै पटक माग गर्दै आएपनि केही सुनुवाइ भएको छैन् ।स्थानीय तथा प्रदेश सरकारबाट बाजुरामा वर्षेनी करोडौ रुपिँया आएपनि त्यो बजेट बालुवामा पानी हाले झै हुन्छ ।

पहुँच र पावरवालाले प्रदेश सरकारको बजेट बाजुरामा ल्याउने र कागजात मिलाएर खाने चलनले नत स्थानीयका समस्या हल हुन्छन् नत सरकारको रकम सुदपयोग हुन्छ । व्यक्ति मार्फत आउने प्रदेशका वजेटले बिकासको नाममा विनास हुन थालेको नेपालीले बताउँनभयो ।

यता बुढीगङ्गा नगरपालिकाका –६ सायलका हिमाल भारतीले , वि.स २०७६÷०७७ सालको आर्थिक वर्षमा प्रदेश सरकारको चालिस लाखमा बुढीगङ्गा नगरपालिका –६ बाम्का बजार मुनी मौरेको चट्टानमा नभइ त्यहाँ रहेको जमिन जोगाउँन ग्याबिन हालेको बताउँनुभयो ।

उहाँले, सायलका भारती समुदायको त्यो समाजी भएकोले त्यसलाई बुढीगङ्गा नदिबाट बचाउँनका लागि प्रदेश सरकारलाई बजेट माग गरेको हो । प्रदेश सरकारको चालिस लाख रुपिँयाले अहिले मौरेमा झण्डै एक सय मिटर भन्दाबढी ग्याबिन हालेपछि समाजी बचेको बताउँनुभयो ।

भारती समुदायको त्यो ठाउँ लास गाड्ने हो । भारती समुदायले लास जलाउँने नभइ गाड्ने गर्दछन् । भारती समुदायको लास गाड्नका लागि अन्य कतै ठाउँ छैन् । पुस्तौ देखि अहिले सम्म भारती समुदायले त्यसैमा ठाउँमा लास गाड्ने गर्दछन् । २०७६ सालमा बुढीगङ्गा नदिले त्यो ठाउँ बगाएपछि अहिले ग्याबिन हाल्नु परेको भारतीले बताउनुभयो ।

बुढीगङ्गा नगरपालिकाको कुँडी, बल्दे ,नडाङ्ग, गडतोला, बसाली,साउँवाडा खोलाल्वाडा, कोटवाडा, फलासैन,बाम्काबजार, बेतालमाण्डौ,सेलापाखा, लगायतका दर्जनौ बस्ती बाढिपहिरोको उच्च जोखिममा छन् ।बाढीपहिरोबाट रोक्न ती बस्तीको तलबाट ग्याबिन राख्नु पर्ने देखिएको भएपनि अहिले त्यो ठाउँमा ग्याबिन नपरेको स्थानीय बताउँछन् ।

जोखिम बस्ती बचाउँन उल्टो प्रदेश सरकारकोको बजेटले बुढीगङ्गा नगरपालिका –६ बाम्का बचारको मुनीमा रहेको बार्जुगाड चट्टानलाई रोक्न ग्याबिन हालेको देखेपछि यती बेला स्थानीय निकै आर्कोसमा आएका छन् ।

बुढीगङ्गा नगरपालिका –६ सायलको समाजी तट्बन्धन योजनाका सचिव नृप भारतीले, भारती समुदायको समाजी बचाउँनका लागि नै त्यो ठाउँमा ग्याबिन हालेको बताउनुभयो ।उहाँले , वि.स २०७६÷७७ सालको आर्थिक वर्षमा प्रदेश सरकारको चालिस लाख रकमले मौरेमा झण्डै एक सय पचास मिटर भन्दाबढी ग्याबिन हालेपछि अहिले त्यो समाजी रोकिएको बताउँनुभयो ।

सबैले चट्टानमा ग्याबिन हालेको हल्ला गरेपनि वास्तविक त्यो ठाउँ भनेको भारती समुदायको समाजी हो । त्यो समाजी बचाउँनका लागि नै ग्याबिन हालेको सचिव भारतीले बताउनुभयो ।
बुढीगङ्गा नगरपालिका –६ का वडा अध्यक्ष हेमराज जैशीले, सायलका भारती समुदायले समाजी बचाउँने गरी स्थानीय सरकारबाट नभइ प्रदेश सरकारबाट रकम माग गरेको बताउँनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?