नेपाल प्रेस युनियन बाजुराको अध्यक्षमा सङ‍गीता तिमिल्सेना सर्वसम्वत निर्वाचित

क्याप्सन : नेपाल प्रेस युनियन बाजुराको अध्यक्षमा सर्वसम्वत निर्वाचित हुनु भएकी सङ‍गीता तिमिल्सेना । । तस्बिर : सुदूरपाटी

शेरबहादुर सार्की

बाजुरा, असार ९ गते । नेपाल प्रेस युनियन बाजुराको अध्यक्षमा सङ‍गीता तिमिल्सेना सर्वसम्वत निर्वाचित हुनु भएकाे  छ । नेपाल प्रेस युनियन बाजुराको गत शुक्रबार सम्पन्न ६ औं जिल्ला अधिवेशनमा तिमिल्सेना  सर्वसम्वत निर्वाचित हुनु भएकाे हाे ।

अधिवेशनले उपाध्यक्षमा जय बहादुर रावत , समावेशी उपाध्यक्षमा कमला रावल , सचिवमा राम बहादुर विक र कोषाध्यक्षमा जनक बोहारालाई चयन गरेको छ । यसैगरी सहसचिवमा आशा थापा, खुल्ला सदस्यमा उमेश रोकाया,मिन खड्का र गोविन्द्र तिमिल्सेना चयन भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा भावना अएडी,तुलासा रोकाया, टेक विक र खेम मिजार चयन गरिएको नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले जनाएको छ । नेपाल प्रेस युनियन बाजुराको छैटौं जिल्ला अधिवेशनमा दुई जना पत्रकारहरुलाई सम्मान सहित पमाणपत्र प्रदान गरिएको छ ।

पत्रकारिता क्षेत्रमा अतुलनिय योगदान पुर्याएको भन्दै दुई जना पत्रकाहरुलाई जिल्ला शाखाले सम्मान गरेको हो । नेपाल पत्रकार महासंघ बाजुराका संस्थापक अध्यक्ष तथा नेपाल प्रेस युनियन पुर्व केन्द्रिय सदस्य दयाराम पण्डित र नेपाल प्रेस युनियन बाजुराका संस्थापक अध्यक्ष तथा नेपाल पत्रकार महासंघ बाजुराका बहालवाल अध्यक्ष छक्क मल्ललाई सम्मान सहित प्रमाणपत्र प्रदान गरिएको नेपाल प्रेस युनियन बाजुराले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?