शिक्षा स्वास्थ्य तथा खानेपानीलाई बढी प्राथमिकता दिन्छु ः रोकाया ।

क्याप्सन ः स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया ।

नेपालका ७७ औं मध्ये कै बाजुरा एक दुर्गम जिल्ला हो । यो जिल्लामा नौ वटा स्थानीय तह छन् ।ती मध्ये जिल्लाकै दुर्गम तथा पछाडी परेका वाई , साप्पाटा र जुकोट गाविस मिलेर बनेको स्वामिकार्तिक गाउँपालिका पनि एक हो ।

सो गाउँपालिकामा नेपाली काँग्रेसका नेता भरतबहादुर रोकाया पछिल्लो गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर काम गर्दै आउनु भएको छ ।उहाँले आफु निर्वाचित् भएर आएपछि जिल्लाको पूर्विउत्तर क्षेत्रमा रहेको दुगर्म बस्ती विकासमा लागि परेको दाबि गर्दै आउनुभएको छ ।

प्रस्तु छ, स्वामिकार्तिक गाउँपालिका अध्यक्ष भरतबहादुर रोकाया सँग सडक, शिक्षा, स्वास्थ्य,तथा कृषि क्षेत्रमा परिवर्तन र अबको साढे तीन वर्ष समाज परिर्वनका सवाललाई अगाडी सारिएको योजना , कार्यान्वयन र चुनौतीका बारेमा सुदूरपाटी मिडियाका सम्पादक शेरबहादुर सार्कीले गरेको कुराकानीको सारसङ्क्षेप ।

तपाई गाउँपालिकाको अध्यक्ष भएको झण्डै दुइ वर्ष पुग्न थाल्यो । यो अवधिमा तपाईले जनताका लागि के कती काम गर्नु भयो ?

यहाँका भौगोलिक विकटताका कारण मैले सोचे जसरी काम गर्ने पाएको छैन् । विगतका दिनमा गरेका विकास निर्माणका काम पनि पछिल्लो समय वर्खामा आउने बाढीपहिरो लगायतका दैवि प्रकोपले विनास भए ।

तै पनि मैले यो गाउँपालिाको अध्यक्ष भएर आएको दिन देखि अहिले सम्म अहिले सम्म पचास प्रतिशत काम गरेको महसुस छ ।

शिक्षा क्षेत्रमा के कस्ता सुधार गरिरहनु भएको छ ?

मेरो पहिला देखि नै शिक्षा क्षेत्र परिवर्तन गर्ने ठुलो धोको थियो । किनकी जब व्यक्ति शिक्षित बन्छ तब उसले आफ्नो र समाजको लागि केही गर्छ । त्यसैले मैले पछिल्लो समय शिक्षा क्षेत्रमा लगानी गरी सुधार गर्ने योजना बुनेको छु ।

यो भन्दा पहिला यहाँका कुनै पनि विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड जस्ता कुनै पनि प्रतियोगितामा सहभागि हुने गरेका थिएन ।

म गाउँपालिकाको अध्यक्ष भएर आए पश्चात यो वर्ष यहाँका अधिकाशं विद्यालयले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा सहभागि भएर पाँच वटा पद चित्न सफल भए ।

शिक्षा क्षेत्रलाई सुधार गर्नका लागि सामुदायिक विद्यालयमा पढेर २.५ ल्याएर पास हुने विद्यालयहरुलाई पाँच र दश हजारको दरले पुरस्कारको व्यवस्था गर्दै आएका छौ ।

हाम्रै सामुदायिक विद्यालय पढेर अहिले दुइ जना एम बीबी एस पढ्नका लागि छनोट भएका छन् । ती दुइ जनालाई एक लाख पुरस्कारको व्यवस्था गरेका छौ ।

अहिले यो गाउँपालिकामा २ वटा उच्च ३ वटा मावी र १६ वटा आधारभूत विद्यालय छन् । यी विद्यालयको कुनै पनि वर्षमा लेखा परिक्षण हुने गरेको थिएन । जसका कारण विद्यालयको हरेक क्षेत्रमा रकम दुरुपयोग हुने गरेको थियो । अहिले लेखा परिक्षण गरेपछि त्यो कार्य रोकिएको छ ।

तपाईको गाउँपालिकामा खानेपानीको अवस्था के छ ?

गाउँपालिकाका चार वटा वडामा खानेपानीको राम्रो व्यवस्था छ । मुक्तीकोट दलित बस्तीमा खानेपानीको समस्या छ ।

त्यो बस्तीलाई पनि आगामी वर्ष एक घर एक धारा निर्माण गर्ने एक करोड चालिस लाख रुपियाँ विनियोज गरेका छौ ।


यहाँका युवालाई गाउँमै रोजगार दिन के गर्नु भएको छ । ?

व्यरोजगारीलाई गाउँमै रोजगारी दिन सक्ने अवस्था छैन् । हुन त यो पालिकामा स्याउ खेती भेडा पालन गर्ने अवसर छन् । तर पनि यहाँका युवा यो काम गर्न मनाउँदैनन् ।

तपाईको पालिकाले कृषि क्षेत्रमा कस्ता कार्यक्रमहरु ल्याएको छ ?

यो गाउँपालिका जिल्लाको अन्य गाउँपालिका भन्दाबढी भेडाबाख्रा पालनमा गर्ने पालिकाको रुपमा चिनिन्छ ।

यहाँका १४ हजार मानिसको जनसङ्ख्या छ । भने भेडाबाख्राको सङ्ख्या १८ हजार छ । भेडाबाख्रा पालन गर्न निकै सहज भएकोले यहाँका स्थानीयले प्राय गाउँमा भेडाबाख्रा पालन गर्ने गर्दछन् ।

उनीहरुका लागि थप सहज हुने गरी यसलाई व्यवथित गर्ने गरी केही रकम विनयिोजन गर्दै आएका छौ ।

अर्को गाउँपालिका स्याउँको सम्भावना धेरै छ । अहिले ४० हजार स्याउँका बोट फल्ने गरेका छन् । यो स्याउँले नै यहाँका स्थानीयको आयआर्जनमा थप टेवा पुग्ने सम्भावना देखिएकोले थप स्याउँ खेतीलाई प्राथमिकतिा दिदै आएका छौ ।

यो गाउँपालिकाका सबै वडा सडक सञ्जालको पहुँचमा छन् ?

गाउँपालिकाको सबै वडा सडक सञ्चालको पहुँचमा छन् । वर्खाको समय गाडी नचलेपनि हिउँदको महिना भने प्रत्येक वडामा जिप ट्याक्टर चल्ने गर्दछन् ।

धनगढी नेपालगञ्जमा जानु परेमा दुइ दिन हिँडेर बूढीगङ्गा नगरपालिका बेतालमाण्डौ सदर मुकाम मार्तडी टिकट काट्न जानु पर्दथ्यो । अहिले यहाँका स्थानीयले घरमै जिप चढ्छन् ।

यहाँका अधिकाशं गाउँ बस्ती पहिरोको उच्च जोखिममा छन् ? यी बस्तीलाई अन्य सुरक्षित ठाउँमा बसाल्न तयारी के छ ?

हामीबाट यसको सम्भव नभएकोले बाढीपहिरोबाट भएको अव्यवस्थित बस्तीको डाटा सङ्कलन गरेर व्यवस्थित् गर्न सम्बन्धित् निकायमा पत्र पठाउने काम गरेका छौ ।

सबै भन्दा बढी बाढीपहिरोको जोखिम भनेको मुक्तीकोट बस्ती हो । त्यो बस्ती स्थानान्त्ररणका लागि सुरक्षित ठाउँको पहिचान गरी बस्ती त्यसै ठाउँमा बसाल्ने योजना छ ।

सिँचाइको अवस्था के छ ?

यहाँ प्राय पाखो जमिन बढी छ । पानी तल र जमिन माथी भएकोले यस जमिनमा सिँचाइ गर्न निकै समस्या छ ।
स्वामिकार्तिक १ र २ को लागि ढिकेनी र रुडीका लागि सिँचाइ कुलो निर्माण हुन थालेको छ । यो सिँचाइ कुलोले यस वडाका अधिकाशं जमिन सम्म सिँचाइ हुन्छ ।
अहिले यहाँ पचास प्रतिसत जमिनमा सिँचाइ हुन्छ भने पचास प्रतिशत जमिनमा आकोशे पानीको भरमा खेती गर्ने गरेका छन् ।

यो गाउँपालिकामा भुकम्प पीडितको अवस्था के छ ?

अन्य पालिका भन्दा यहाँ भुकम्प पीडित कम छन् । यहाँ जम्मा नौ घरपरिवार भुकम्प पीडित छन् । तीनलाई पनि २५ हजार अनुदान रकम दिएर व्यवस्थित गरेका छौ ।

यो आर्थिक वर्ष गाउँपालिकाको आन्तरिक बजेट कती छ ?

यस गाउँपालिकाको आन्तिरक वजेट खासै छैन् । तिरो , जग्गा , दर्ता चलानी , सिफारिस , फेरी र एम्बुलेसन लगायतका स्रोतबाट बीस लाख हुन्छ ।

यस क्षेत्रका स्थानीय प्राथमिक उपचारका लागि एक दिनको बाटो हिडेर कोल्टी आउँथ्ये । अहिले त्यो अवस्था के छ ?

अहिले गाउँपालिकामै तीन वडा स्वास्थ्यचौकी चार वटा वर्थिङ्ग सेन्टर दुइ वटा सामुदायिक स्वास्थय केन्द्र गरी नौ वटा स्वास्थ्य संस्था सञ्चालित छन् ।
पहिले जस्तै अहिले यहाँका स्थानीयले प्राथमिक उपचारका लागि बाहिर जानु पर्ने अवस्था छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?