ड्रागन खेतीप्रति किसानको आकृषण बढ्दो

बुढीगङ्गा नगरपालिका –१० का कृषक भोलाराम जैशीले सुरु गरेको ड्रागन खेती । तस्बिर ः शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, साउँन ३ गते । बाजुराका किसानको ड्रागन खेतीप्रति आकृषण बढ्दै गएको छ ।

ड्रागन खेतीबाट मन्य फाईदा गर्न सकिने भन्दै पछिल्लो समय यहाँका किसानको यस प्रति आकृषण बढ्दै गएको हो ।

स्वाथ्यका लागि निकै लाभादायिक हुने र त्यसबाट मनग्य आम्दानी गर्न सकिने सम्भावना देखेपछि आफुले पनि ड्रागन खेती सुरु गरेको बुढीगङ्गा नगरपालिका –१० का कृषक भोलाराम जैसीले बताउनुभयो ।

उहाँले भन्नुभयो , “ आफुले २०७९ फागुनबाट सात सय रोपनी जमिनमा एक हजार चार सय ड्रागनको बोट रोपेको छु । ”

गत चैत फागुनकमा रोपेको यो ड्रागनको सबै बोट अहिले राम्रो सँग हुर्किर्दै गएको जैसीले बताउनुभयो ।

ड्रागन फल गर्मि र सुख्खा हावापानीमा हुने सिउडि प्रजातीको फलफुल हो । यसको वैज्ञानिक नाम चाहिं हाइलोके्रस अन्डाटस हो । यसको स्तम्भ कमजोर भएकोले सपोर्ट आवश्यकता पर्दछ ।
यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुँदा यसलाई ड्रागन फल भनिएको हो । यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रण भएको हुन्छ ।

फलको तौल दुइ सय ग्राम १ देखि २ के.जि हुन्छ । रातो बोक्रा र सेतो गुदी भएको,पहेलो बोक्रा र सेतो गुदी भएको, रातो बोक्रा र रातो गुदी भएको जातमा पर्दछ ।

गर्मी ठाँउमा खेती गर्न सकिने यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ ।

यो फल जस्तो सुकै माटोमा खेती गर्न सकिन्छ । यस फललार्ई घरमा गमला ,छत तथा करेसामा पनि लगाउन सकिन्छ । यो फल पेट दुख्ने र कब्जियतमा औषधीको रुपमा प्रगोग गरिन्छ ।

जिल्लाको हिमाली ,बडिमालिका र बुढीगङगा लगायतका स्थानीय तहमा पछिल्लो समय ड्रागन खेती सुरुवात गरेको छ ।

ड्रागन खेतीले यहाँका किसानको आयआर्जनमा थप टेवा पुग्ने भएको पछिलो समय यहाँका किसानलाई ड्रागन खेती प्रति उत्प्रेरित गर्दै आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?