आसिमलाई ह्वीलचियर वितरण

ह्वीलचियर पाएपछि खुसी भएका कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नं ११ का अासिम बुढा मगर । तस्बिर ः तेजबहादुर सार्की

तेजबहादुर सार्की

कञ्चनपुर , भदौ २६ गते । कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नं ११ का एक बालकलाई ह्वीलचियर वितरण गरेको छ ।

पुनर्वास नगरपालिका ११ निवासी अपाङ्गता भएका आसिम बुढा मगरलाई काठमाण्डौ स्थित मानव सेवा नेपाल ललितपुरले सो ह्वीलचियर वितरण गरेको हो ।

जन्मजात अपाङ्ग रहेका १० वर्षीष आसिम बुढा मगरलाई बाहिर भित्र आउजाउमा सहज हुने गरी एउटा ह्वीलचियर वितरण गरेको मानव सेवा ललितपुर नेपालका अध्यक्ष अमृत शर्माले बताउनुभयो । 


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?