मातृभूमि जागरण अभियानमा एमालेका भए एक हजार भन्दा बढी सहभागि

अछाममा भएकाे मातृभूमि जागरण अभियान नेपालकाे अभियान पत्रकार भेटघाट कार्यक्रम । तस्बिर ः सुरज सुनार
सुरज सुनार
अछाम,माघ ८ गते । अछाममा भएकाे मातृभूमि जागरण अभियानमा नेकपा एमालेका एक हजार १२९ जनाले सहभागि जनाएका छन् ।
आज साँफेबगरमा पत्रकार सम्मेलन गर्दै नेकपा एमालेका विभिन्न कमिटीका १ हजार १२९ जना भन्दा बढीले भिम रावलको मातृभूमि जागरण अभियान नेपाल कार्यक्रममा समर्थन जनाएकाे बताइएकाे छ।
अभियानमा प्रदेश कमिटी तथा विभागीय सदस्य समेत ७,केन्द्रीय विभाग २ ,जिल्ला कमिटी सचिवालय सदस्य ५ ,प्रवास केन्द्रिय प्रतिनिधि परिषद १ ,जिल्ला कमिटी सदस्य १७ ,जिल्ला कमिटी सदस्य १७ ,पुर्व जिल्ला कमिटी सदस्यहरु ३ जिल्ला सल्लाहाकार सदस्य ३ ,साँफेबगर नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्यहरु १२ ,अनेम सङ्घ कार्यवाहक अध्यक्ष १ जनवर्गीय सङ्गठनका प्रमुख तथा पदाधिकारीहरु ८,साँफेबगरका वडा कमिटीका अध्यक्ष तथा पदाधिकारी २२,सङ्गठित सदस्यहरु ६३७,अन्य पार्टीबाट ५,नेकपा एमालेका समर्थन ३५३ गरि १ हजार १२९ जना रहेका छन् ।