पर्यटककाे पर्खाइमा रानीसैन

पर्यटककाे पर्खाइमा रहँदै अाएकाे एक स्वर्गकाे टुक्रा रानीसैन । तस्बिर ः गाेबिन्द्रबहादुर मल्ल
शेरबहादुर सार्की
बाजुरा, फागुन १७ गते । बाजराको एक पर्यटकीय स्थल रानिशैन लामो समय देखि पाहुनाको पर्खाइमा रहँदै आएको छ । प्राकृतिक रुपमा निकै आकृषित रहेको यो रानीसैन जिल्लाकै एक प्रमुख पर्यटकीय स्थलको रुपमा रहेको छ ।
सुन्दरताले अती भरिभराउ रहेको यो रानीसैन लामो समय सम्म पाहुनाको पर्खाइमा रहेको भएपनि यसको संरक्षण तथा प्रबद्धन भने अहिले सम्म भएको छैन् ।
आन्तरिक तथा बाह्य पर्यटकलाई निकै आकृषित पार्दै आएको रानीसैन निकै मनमहक छ । रानीसैन एक विकट क्षेत्रमा पर्ने रहेको भएपनि यहाँ पुग्ने गरेका पाहुनाहरुले भने स्वर्ग नै महसुस गर्ने गरेका छन् ।
यो ठाउँमा घुम्न र रमाउन जानेहरुका लागि विभिन्न किसिमका भौति संरचनाहरु निर्माण भए यो रानीसैनले थप जिल्लाकै महिमा बढाउने थियो ।
यहाँ नत बाटो नत कुनै बास बस्नका लागि भौतिक पुर्वाधार निर्माण गरिएका छन् । यो ठाउँ देख्ने वित्तिकै जो कोहीको मन लोभिने गरेको भएपनि उनीहरुका लागि यहाँ बास बस्नको केही व्यवस्था नहुँदा यो ठाउँ पाहुनाको पहुँच भन्दा टाढा रहेको हो । यहाँका स्थानीयहरुले यसका लागि विभिन्न ठाउँमा पहल कदमी गर्दै आएको भएपनि अहिले सम्म सरकारले यसको संरक्षण गर्न सकेको छैन् ।
जिल्लाको पुर्विउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नं –३ मा रहेको यो रानीशैन लामो समय देखि आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा रहँदै आएको छ ।
रानीसैन राज्यको पहुँच हुन सकेको छैन् । रानीसैन जति राम्रो तथा सबैको मन महक पार्ने एक प्रकृतिको उपहार थियो । त्यति सरकारले यसलाई संरक्षण तथा प्रवद्धन गरेको छैन् ।
छिमेकी जिल्ला बझाङ्गको साईफाईल र मानासरोवर जान रानीसैनबाट नजिक हुन्छ । बाह्र महिना सिचो हुने यो ठाउँमा निकै सुन्दरता भएपनि यसको संरक्षण भने अँझै नहुन सक्दा यसको अस्तित्व लोप हुँदै गएको छ ।
रानीसैन बाजुराका , हुम्ला र बझाङ्गको बीचमा अवस्थित छ । यहाँ प्रत्येक वर्षमा बाजुरा र हुम्लाका बौद्धधर्मालवम्बीहरु जम्मा हुन्छन् । यहाँ उनीहरुको एक ठुलो गुम्बा छ । यो व्यवस्थापनका लागि पालिकाले प्रत्येक वर्षमा दुइ लाख रुपियाँ छुट्याउने गरेको छ ।
वर्षको एक पटक उनीहरु यो ठाउँमा अनिवार्य यहाँ जम्मा हुने गरेकोले बास बस्न र खान समेत सहज हुने गरी पालिकाले गुम्बालाई रकम छुट्याउने गरेको छ ।
यो ठाउँ झण्डै ४४ देखि ५ हजार मिटरको उच्चाईमा रहेको छ । यहाँ चारै तिर ठुला हिमाल छन् । ती हिमालीको फेदीमा छ रानीसैन । यसलाई बाजुराको उपत्यका पनि भन्निछ । चारै तिर डाँडा अर्थात सेता हिमाल त्यसको मुनीमा समथल रुपमा फैलिएको एक भुभाग हो रानीसैन ।
प्रकृतिको अनुपम यो ठाउँमा देख्दा निकै आकृषित छ । यो ठाउँ पर्यटकीय स्थलको रुपमा विकास गर्ने हो जसरी राराले मुगुलाई चिनाउँछ त्यसै गरी यो रानीसैनले पनि बाजुरालाई चिनाउने यहाँका स्थानीयको भनाइ छ ।
त्यसका लागि यो ठाउँमा सडकको राम्रो सुविधा हुन आवश्यक छ । त्यसै गरी यहाँ पर्यटकीय पद मार्ग , व्यस क्याम्प , धर्मसाला लगायतका भौतिक पुर्वाधार निर्माण गर्नु अति आवश्यक छ ।
त्यति मात्र होईन यो ठाउँ जडिबुटीको समेत खानी हो । यहाँबाट यो जडिबुटी चोरी निकासी हुने भएकोले यसको तल सिमा सुरुक्षा स्थापना गर्न अति आवश्यक छ ।
जिल्लाका खप्तड , छेडेदह , बडिमालिका , कालाजाग्रा , बीरेझर्ना , पोरखेगडी लगायतका पर्यटकीय स्थल भन्दाबढी रानीसैन निकै भोललाग्दो छ । तर पनि अहिले सम्म यसको कुनै संरक्षण प्रबद्धन गर्ने काम भने भएको छैन् । स्थानीय सरकारले यहाँ सम्म जानका लागि गोरेटोबाटो तथा वौद्धमर्धालम्बीहरुका लागि गुम्बाको व्यवस्था गरिदिएको भएपनि प्रदेश र केन्द्र सरकारको पहुँच भएको छैन् ।
उद्योग वन तथा प्रर्यटन मन्त्रालयमा धेरै पटक यसको संरक्षण प्रबद्धनका लागि माग गर्दै आएको भएपनि अहिले सम्म कतैबाट केही सुनुवाई नभएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनभुयो ।
उहाँले भन्नुभयो, “ प्रकृतिको एक उपहार रानीसैन संरक्षण तथा प्रबद्धनका लागि राज्यको कुनै नजर नहुँदा यसको अस्तित्व समेत जोगाउँन समेत सकस भएको छ । ”
अछामको साँफे बगर देखि बाजुराको मार्तडी सम्म झण्डै ५७ र मार्तडी देखि कोल्टी ४२ र काकेल्टी देखि हिमालीको धुलाचौर १६ किलो मिटर रहेको छ । हिमाली गाउँपालिका देखि पहिलो यो ठाउँमा पुग्न झण्डै सात दिन पैदल लाग्थ्यो । भने अहिले हिमाली –३ को सडक पुगेपछि त्यो ठाउँमा जान झडै दुइ तिन दिन पैदल लाग्ने हिमाली गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो ।