रानीसैनकाे हिउँकाे पुल

रानीसैनकाे हिउँकाे पुलमा अाउजाउ गर्दै स्थानीय । तस्बिर ः गाेबिन्द्रबहादुर मल्ल
शेरबहादुर सार्की
बाजुरा फागुन १७ गते । बाजुराकाे हिमाली गाउँपालिका ३ काे रानैसैनमा एक हिउँको पुल छ । यहाँका स्थानीयहरु त्यो पुलबाट नै रानीसैन जाने आउने गरिन्छ ।
रानीसैनको माथि ठुला हिमाल छन् । ती हिमालबाट हिउँ पग्लेर आएको खोला हो कवाडी । त्यो खोलामा पुल छैन् । त्यही खोलाको माथिमा छ हिउँको पुल ।
तल ठुलो खोला बग्छ । त्यसको माथि छ हिउँको पुल । त्यहि पुलबाट यहाँका स्थानीय रानीसैनमा जाने आउने गर्दछन् ।
यो पुल प्रकृतिको एक अर्को उपहार हो । त्यही खोलाको तल ठुला ठुला पुल छन् । तर माथिमा भने हिउँको पुल छ । त्यहि पुलबाट स्थानीय , घोडा , खच्चर आउजाउ गर्ने गर्दछन् ।
यहाँ आउने जाने गरेका धेरै पर्यटकहरु यो हिउँको पुल देखेर अचम्म पर्ने गर्दछन् । तल खोला बगिरहको छ , माथी पुरै हिउँ जमेर पुल जस्तै बनेको छ ।
त्यो पुलबाट स्थानीय चौरी गाई भेडा घोडा आउजाउ गर्दछन् । तल ठुलो खोला बग्ने गरेको भएपनि माथि हिउँ जम्मा भएकोले अहिले त्यसै हिउँमाथि चढेर रानीसैनमा आउजाउ गर्ने गरेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बाजुराको एक अचम्मको कुरा यो छ की यहाँका धेरै खोला ठुला पुल हाल्नु परेको छ । तर यो खोलामा भने पुल निर्माण गर्नु परेको छैन् । रानीसैन जानु परेमा अहिले जो कोहीले यही हिउँको पुलबाट जाने गरेका छन् । ”
यहाँ सडक पुुगाउँन निकै समय लाग्ने भएकोले हेली मार्फत पर्यटक भित्र्याउन सकिन्छ । त्यसका लागि कोल्टीमा नै फ्युल सेन्टर स्थापना हुनु पर्ने अध्यक्ष मल्लले बताउनुभयो ।