निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न एक हजार चारसय उन्साठीले लिए सेवा

अछामको मेल्लेख गाउँपालिकामा सञ्चालन भएकाे निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर उपाचार गराउँदै स्थानीय । तस्बिर ः सुरज सुनार

सुरज सुनार 

अछाम , फागुन २५ गते । अछामको मेल्लेख गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।शिविरमा यहाँका झण्डै एक हजार ४५९ जनाले सेवा लिएका छन् । 

मल्लेख गाउँपालिको अध्यक्ष सङ्ग बाआमा कार्यक्रम अन्तर्गत पालिकाले  फागुन १३ गते देखि यहाँका सबै वडामा यो निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको थियाे । 

यसरी गाउँमै सञ्चालन गरिएको  याे निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा राम्रो उपचार गर्न पाएपछि अहिले यहाँका वयोवृद्ध निकै हर्षित भएका छन् ।

गत फागुन १३ गते मेल्लेख गाउँपालिकाका आठ वटै वडामा सञ्चालन भएको सो शिविरमा यहाँका एक हजार ४५९ जनाले स्वास्थ्य सेवा लिएको मेल्लेख गाउँपालिकाले जनाएको छ । 

साठी वर्ष माथि उम्मेर भएकाहरुको प्राय यूनिटिपावर कम्जोर हुन्छ । जसका कारण उनीहरुको हात खुट्टा दुख्ने र हिड्डुल गर्न समेत कठिन हुन्छ । यो आयुर्वेदले उनीहरुको त्यो समस्यालाई केही मात्रामा सहज गर्ने योग प्रशिक्षक रुपेन्द्र बुढाले बताउनुभयो । 

याे आयुर्वेक औषधीले अन्य जस्तै तुरुन्तै काम गर्दैन । यसले विस्तारै काम गर्ने भएकाेले याे औषधी नियमित सेवन  गर्ने र  यसका साथै बिरामीले खानपानमा समेत ध्यान दिनु पर्ने वरिष्ठ वैद्य खडक बमले बताउनुभयो । 

गाउँपालिका र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको समन्वयमा सञ्चालन गरिएको यो शिविरमा वडा नं –१ ऋषिदहका १२३ वडा नं –२ डाँडा सिरीका १९७ वडा नं –३ ठाटिका ९७ वडा नं –४ कुस्कोटका १६९ वडा नं –५ बिन्धेबासिनिका ३७५ वडा नं –६ षोडशाका  १९६ वडा नं –७ नन्देगडाका १८४ वडा नं –८ हतिकोटका १७८ गरी एक हजार ४५९ जनाले निशुल्क आयुर्वेद स्वास्थ्य सेवा लिएको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वालसिंह साउँदले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुर्गम गाउँ बस्तीका स्थानीयहरु प्राय घर देखि टाढा जान नसक्ने भएकोले उनीहरुलाई स्वास्थ्य उपचारमा समस्या हुने गरेको थियो । यती बेला पालिकाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सँग समन्वय गरेर उनीहरुलाई गाउँमै निशुल्क रुपमा स्वास्थ्य सेवा दिएको हो । ”

फागुन १३ गते देखि गाउँमा रुपमा सुरु गरेको यो शिविरमा यहाँका वयोवृद्धले निशुल्क सेवा पाएका छन् । फेरि पनि यहाँका स्थानीयको स्वास्थ्य सेवालाई मध्यनजर गर्ने गरी आगमी दिनमा पनि यस्तै अन्य आँखा कानको शिविर सञ्चालनका लागि विभिन्न निकाय सँग पहल कदमी गर्दै जाने अध्यक्ष साउँदले बताउनुभयो ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?