विद्यालय बन्द भएपछि घरको काममा व्यस्थ देखिदै बालबालिका

बाजुरामा विद्यालय लामो समय देखि बन्द हुँदा घरकै काममा व्यस्थ देखिए बालबालिका । तस्बिर ः सुदूरपाटी
बाजुरा । बाजुरामा विद्यालय लामो समय देखि बन्द हुँदा अहिले यहाँका बालबालिकाहरु घरकै काममा व्यस्थ देखिन थालेका छन् ।
झोला बोकेर विद्यालयमा जाने गरेका यी बालबालिकाहरु यती बेला विद्यालय बन्द भएपछि उनीहरु अहिले घरकै काममा व्यस्थ देखिन थालेका हुन् ।
विद्यालय सञ्चालन भए पठन पाठन गर्न विद्यालयमा जाने थिए । विद्यालय बन्द हुँदा अहिले म घरकै काममा व्यस्थ हुन थालेको बुढीगङ्गा नगरपालिका –१० का स्थानीय प्रमिला विकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ परीक्षाको रिजल्ट प्रशासन गरेको बेला मात्र विद्यालय गएकी थिए । त्यसपछि अहिले सम्म विद्यालय खुलेका छैन् । सबै विद्यालय बन्द छन् । विद्यालय बन्द भएका कारण मैले विद्यालय गएर भर्ना हुन समेत पाएकी छैन् ।”
विद्यालय नखुलेपछि कहिले गाई बाख्रा चराउँन जाने त कहिले घरमा घाँस दाउरा जौ गहुँ टिप्ने काममै व्यस्थ हुन थालेकी विकले बताउनुभयो ।
विगत लामो समय देखि राखेका आफ्ना माग अहिले सम्म पुरा भएका छैन् । हाम्रा माग पुरा नहुँदा सम्म कुनै पनि विद्यालय नखुल्ने आन्दोलनरत शिक्षकहरुले बताउँछन् ।
यहाँका सबै शिक्षक अहिले काठमाण्डौ आन्दोलनमा छन् । उहाँहरु अहिले सम्म यहाँ आउनु भएको छैन् । उहाँहरु यहाँ नआउँदा सम्म भर्नाको कुनै निश्चित छैन ।
जब सम्म शिक्षकको आन्दोलन रोकिन्छ त्यसपछि मात्र विद्यालयहरु सञ्चालन हुने अवस्था देखिएको शिक्षा विकास तथा समन्वय समिति बाजुराका सुचनाअधिकारी लालबहादुर विष्टले बताउनुभयो ।
यहाँका झण्डै ६१२ विद्यालय छन् । ती अधिकाश विद्यालय अहिले बन्द अवस्थामा रहेका छन् । शिक्षक आन्दोलन नरोकिए सम्म भर्नाको पनि कुनै निश्चित नभएको शिक्षा विसका तथा समन्वय समिति बाजुराले जनाएको छ ।