गाउँमा बिजुली बलेपछि स्थानीय हर्षित

क्याप्सन ः कादुरी संस्थाका प्रतिनिधि यहाँका स्थानीलाई बिजुली हस्तान्तरण गर्दै । तस्बिर ः हिमाली गाउँपालिका ।

बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीमा बिजुली बलेपछि यहाँका स्थानीय निकै हर्षित् बनेका छन् ।

सयाै वर्ष देखि टुकी र झरोको भरमा रात काटिरहेका हिमाली कोटी, कोट, रुम्दी, नातीखोला ,देउसिना, बिच्छ्या, टिन, बल्लदेमाडु, तरिखोला, बामु वडा युना, बौडि गाउँका स्थानीयले यती बेला बिजुली बाल्न पाएपछि उनीहरु निकै हर्षित बनेका हुन् ।

झरो टुकीको भरमा रात काटीरहेका थियौ ।  अहिले गाउँमा बत्ती बलेर  झलमल भएपछि यती बेला निकै खुसी लागेको हिमाली गाउँपालिका –१ का स्थाीय परमल रोयाकाले बताउनुभयो ।

उहाँले भन्नुभयो , “ बिजुली नहुँदा राती साह्रै गाह्रो हुन्थ्यो । बालबच्चलाई राती पठन पाठन गर्न पनि हुँदैन थियो । मुबाईलय चार्जको त कुरै नगरौ । गाउँमा पैसा हुनेले सोलारबाट मुबाईल चार्ज गर्ने गरेका थिए । गरिबले भने मुबाईयल चार्ज गर्न नपाउँदा सञ्चार सेवा सुविधाबाट समेत सधै वञ्चित हुनु परेको थियो ।”

हिमाली गाउँपालिका र कादुरी संस्थाको आर्थिक सहयोगले यती बेला गाउँमा बत्ती बलेपछि हामीले बत्ती नहुँदा पाउँने गरेका ती सबै समस्या मुक्त भएको रोकायाले बताउनुभयो ।

हिमाली गाउँपालिका र कादुरी एग्रीकल्चरल एड एशोसियशन ब्रिटिश गोर्खाज नेपालको आर्थिक सहयोगमा गाउँमा नाती खोला जलविद्युत परियोजनाले एक सय किलोवाट विद्युत उत्पादन गरी यहाँका दुर्गम गाउँ बस्तीका स्थानीयलाई अँध्यारोबाट मुक्त  गरिदिएको छ । 

भौगोलिक विकटतामा रहेका यहाँका गाउँ बस्ती लामो समय देखि अन्धकार रहँदै आएका थिए । 

हिमाली गाउँपालिकाको लामो समयको प्रयासपछि यती बेला यहाँका दुर्गम गाउँ बस्तीमा बत्ती बाल्न सफल भएको हिमाली गाउँपालिकाले जनाएको छ । 

यहाँका स्थानीयको पहिलो माग विद्युत सडक स्वास्थ्य शिक्षा हो । हामीले पनि उनीहरुका ती माग पुरा गर्ने गरी निरन्तर काम गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ अहिले यहाँका अधिकाशं वडामा रहेका गर्दुम गाउँ बस्ती समेत बिजुलीको पहुँचमा छन् । यहाँको बोलडीग धिम र गुम्बा गाउँमा फेरि पनि बत्ती बल्न बाँकी । बोल्डीग र धिममा त केही महिना भित्रै बत्ती बल्छ । भने गुम्बा गाउँमा भने केही समय लाग्छ ।” 

विगतका दिनहरुमा टुकी र झरोको साहायतामा रात काट्न बाध्य भएका  यहाँका दुर्गम गाउँ बस्तीका स्थानीय अब त्यो समस्याबाट टाढा भएको अध्यक्ष मल्लले बताउनुभयो ।  

हिमाली गाउँपालिकाको समन्वयमा आफ्नो सेवा दिदै आएको कादुरी संस्थाले अहिले यो नाती खोला जलविद्युत परियोजनाको सबै काम पुरा गरेर यहाँका स्थानीयलाई हस्तान्तरण गरेको गरिदिएको हिमाली गाउँपालिकाको कार्यालय धुलाचौर बाजुराले जनाएको छ  । 





यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?