आगलागि पीडितलाई आर्थिक सहयोग

आगलागि पीडितलाई केही अार्थिक सहयाेग गर्ने बाजुराको तोली देवलडाँडा माविका शिक्षक शिक्षिका तथा कर्मचारीहरु । तस्बिर ः विष्णुप्रशाद ओझा

बाजुरा । बाजुराको तोली देवलडाँडा माविका शिक्षक शिक्षिका तथा कर्मचारीहरुले आगलागि पीडितलाई केही आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । 

गत जेठ २३ गते  बाम्का बजारमा रहेको नवदुर्गा होटेलमा सिलिन्डर ग्याँस पट्किएर आगलागिबाट प्रभावित भएका सो आगलागि पीडितलाई केही सहज हुने गरी तोली माविका शिक्षक कर्मचारीहरुले आफ्नो एक दिनको तलब सहयोग गर्ने निर्णय गरेका हुन् ।

आगलागि भएर क्षति भएकाहरुलाई केही सहज हुने गरी तोली माविमा कार्यरत सबै शिक्षक शिक्षिका तथा  कर्मचारीहरुले विद्यालयमा आफ्नो एक दिनको पाउँने तलब बाम्का बजारका आगलागि पीडितलाई सहयोग गर्ने  गरी स्टाफमा निर्णय भएकाे तोली देवलडाँडा माविका प्राधानाध्यापक विष्णुप्रशाद ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ हामीले रकम जम्मा रहेका छौ । खाता नम्बर नपाएर रकम जम्मा गरेको थिएन ।  हिजो त्रिवेणी नगरपालिका नगरप्रमुख कर्णबहादुर थापा र बुढीगङ्गा नगरपालिका नगरप्रमुख रामबहादुर बाँनिया ज्यू को संयुक्त हस्ताक्षरमा सञ्चालित सिद्धार्थ बैकमा खाता खोलेको भन्ने खवर पाएका छाै ।”

तोली माविका शिक्षक कर्मचारीहरुबाट सङ्कलन भएको यो २६ हजार ७४४ रकम पनि भोली त्यसै खातामा जम्मा गरि दिने  तयारी भएको तोली  देवलडाँडा माविका प्राधानाध्यापक ओझाले बताउनुभयो । 


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?