सन्दीप लामिछानेलाई आजै निलम्बन गर्ने तयारी

काठमाडौं, भदाै २३ गते । बलात्कारकाे आरोप लागेका नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बनको तयारी भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीपलाई आजै निलम्बनको तयारी गरेको हो ।

क्यान स्रोतका अनुसार आजै उनलाई क्रिकेट कप्तानसहितका खेलकुद गतिविधिबाट निलम्बनको तयारी भएको छ । १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि अाराेप लागेको छ । उनीविरुद्ध प्रहरी वृत्त गौशालामा मङ्गलबार उजुरी परेको थियो ।

सन्दीपविरुद्ध आजै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी समेत जारी भइसकेको छ । हाल सन्दीप क्यारेबियन लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?