सुखका साथी अरु दुखमा साथी हर्क

क्याप्सन ः गोदावरी नगरपालिका ३ मालिका टाेल बस्ने समाज सेवक हर्कबहादुर भूल । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा , साउन २५ गते । सुखका बेला सबै साथी हुन्छन । सुखका बेला सबैले साथ दिने गर्छन् । सुखको बेलामा सबै रमाउने पनि गर्छन् । सबैले माया ममता गर्छन् । तर दुखको बेलामा भने कोहीले कसैले पनि साथ दिदैनन् ।

त्यो बेला साथ सहयोग गर्नु को उल्टै दुखमा परेकालाई हेप्ने चेप्ने गिज्याउने काम गर्छन् । जब कुनै पनि व्यक्तिमा दुख पर्छ । त्यो बेला उसलाई कसैले पनि साथ दिदैन । मनकारी भावना भएकाहरु कतीपयले भने सुखमा मात्र नभइ दुखमा पनि साथ दिने गर्दछन् ।

यसका एक उदारहणीय पात्र हुन हर्कबहादुर भुल । उहाँ जहिले पनि सुखमा मात्र नभइ दुख परेका जो कोहीलाई पनि साथ दिने गर्दछन् । जब कुनै पनि व्यक्तिलाई केही दुख पर्यो भने हर्कबहादुर भुल त्यसको सहयोग गर्न अगाडी सर्नु हुन्छ । कोही गाउँमा बिरामी भयो कसैको रोजिरोटीमा साह्रो गाह्रो पर्यो त्यो बेला साथ दिने भनेका एक मानव मनका धनी हुर्कबहादुर भुल हुन् ।

कैलाली जिल्लाको गोदावरी नगरपालिका –३ मालिका टोलमा बस्दै आउनु भएका हर्क भुल लामो समय देखि सामाजिक सेवामा काम गर्दै आउनु भएको छ । गाउँ बस्तीमा बसोबास गर्ने जो कोहीलाई दुख परेका बेलामा सहयोग गर्दै आउनु भएका हर्कबहादुर भुल पछिल्लो समय समाज परिवर्तन गर्नका लागि समेत दिनरात खटिरहुनु भएको छ ।

विगतका केही वर्ष कोरोनाको समयमा पनि कयौँको ज्यान जोगाउँन सक्रिय देखिएका भुल अहिले पनि मानव सेवामा नै दिनरात खटिरहनु भएको छ । एकले अर्कोको शरिर छुन समेत नपाउँने कोरोनाका बेलाको त्यो कठिन परिस्थितिमा पनि उहाँले कयौँको ज्यान बचाउँने काम गर्नु भएको थियो ।

गाउँमा रहेका एकल महिला दलित बालवालिका अपाङ्ग असाहाय पीडितको सधै सेवा गर्दै आउनु भएका र्हकबहादुर भुल अहिले पनि मानव सेवामै दिनरात लागि रहेको बताउँनु हुन्छ । उहाँ भन्नुहुन्छ, पार्टीकाे हिसाबमा भन्नु पर्दा म नेपाली काँग्रेस पार्टीको एक साधारण सदस्य हो । गत निर्वाचनको बेलामा यो क्षेत्रमा उठेका उमेदवारलाई जिताउन मैले दिनरात खटिएर काम गरेको पनि हो ।

पार्टीको हिसावले म नेपाली काँग्रेसमा आस्थावान भएपनि दुख परेका बेलामा भने मैले सबै पार्टीका कार्यकर्तालाई समेत साथ सहयोग गर्ने गरेको छु । गाउँ बस्तीमा भएको जातीय विभेद अन्त्यका लागि समेत पहिले देखि अहिले सम्म सक्रिय रुपमा लागि रहेको छु । म यो ठाउँबाट यो कुप्रथाको एक न एक दिन अन्त्य भएको समेत देख्न चाहान्छु भुलले बताउनुभयो ।

उहाँले कसैलाई पनि कोही काखा कोही पाखा गर्नु हुँदैन । गाउँमा कोही कसैलाई केही समस्या भएका बेला वा दुख परेको बेलामा सबै भन्दा अगाडी सरेर काम गर्नु हुन्छ । हर्कबहादुर भूललाई केही दुख परेका बेला कसैले साथ सर्पोट नगरेपनि उहाँ भने अरुको दुखमा सधै साथ दिइरहनु हुन्छ ।

अहिले पनि गाउँमा कोही कसैको केही काम पर्यो भनेपछि सबै भन्दा पहिला उहाँको खोजी हुन्छ । हर्कबहादुर भूल भन्नु हुन्छ, म गाउँ समाज परिवर्तन भएको चाहान्छु । मैले समाजमा भएका विसङ्गती विकृतिको अन्त्य गर्नु छ । समाजलाई कस्तो बनाउने भन्ने कुरा त्यहाँ बसोबास गर्ने मानिसकै भरमा हुन्छ । समाजमा बस्ने जो कोहीको आनीबानी मन सफा भए समाज पनि परिवर्तन हुन्छ ।

जब समाजमा बस्नेहरुमा नै आनी बानी मन सफा हुँदैन एक आपसमा एकता हुँदैन एक आपसमा लडाइँ तथा काटमार हुन्छ भने त्यो समाजको परिवर्तना कहिल्यै हुँदैन । त्यसका लागि म लामो समय सम्म यो लडाइँ लड्दै आएको छु । मेरो सास रहेसम्म म समाज परिवर्तन गर्नका लागि कुरीति कुप्रथाको विरुद्ध म सधै लडिरहने भुलले बताउनुभयो ।

मलाई खान लगाउँन मेरो आमा बुवाले साथ दिएको छ । मेरो भाईहरुले पनि मलाइ साथ दिएको छ । मैले यो सबै पैसा कमाउनका लागि गरेको होइन । मैले यो समाज सेवा त समाजको परिवर्तन गर्नका लागि नै गर्ने गरेको हो । समाजमा कोही कसैलाइ दुख भएपछि हामी सबैले उसको साथ सहयोग गर्नु पर्छ भन्ने मेरो भनाइ हो ।

जसका कारण अहिले समाजमा केही गलत गर्नेहरु हामी देखि डराइ रहेका पनि छन् । हामीले काम राम्रो गर्ने हो । कोले के गर्यो भन्ने होइन मैले समाजका लागि के गरेको छु भन्ने कुरा चै ठुलो हो ।

त्यसैले मैले लामो समय देखि समाजमा काम गर्दै आएको छु । यो सफल गर्न यहाँका दाजुभाइ तथा दिदिबहिनी आमा बुवा सबैको साग सहयोगको अपेक्षा गरेको समाजसेवी हर्कबहादुर भुले बताउनुभयो । उहाँले , केही काम गर्दा केही नजाने र बिग्रियो भने पनि मैले त्यसलाई थप राम्रो गर्नका लागि यहाँका समाजसेवी भद्रभलादमीहरुको समेत सहयोगको आवश्यक रहने बताउनुभयो ।

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?