वडा स्तरीय भलिवल तथा फुटवल प्रतियोगिता सुरु

गौरीगङ्गा नगरपालिका वडा नं –११ मा वडा स्तरीय खेलकुद प्रतियोगिता कार्यक्रमका सहभागि । तस्बिरः सुदूरपाटी

सुरेश भुल
कैलाली , फागुन १८ गते । जिल्लाको गौरीगङ्गा नगरपालिका वडा नं –११ मा वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।

गौरीगङ्गा नगरपालिका वडा नं –११ ले वडाका सबै खेलाडीहरुको सहभागिता हुने गरी आज वडा स्तरीय भलिवल तथा फुटबल प्रतियोगिता सुरु गरेको हो ।

वडापालिकाको आर्थिक तथा श्री सामुदायिक जनजागरण बहुउद्देश्यीय युवा क्लब शिवपुर को आयोजनामा सो वडाको वडा स्तरीय भलिवल तथा फुटवल प्रतियोगिता सुरु भएको वडापालिकाले जनाएको छ ।

यहाँका बालबालिकाहरुलाई खेलकुदमा उत्साहित गर्ने गरी वडापालिकाले यो भलिवल तथा फटुवल प्रतियोगिता सुरु गरेको गौरीगङ्गा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष साहेब लाल चौधरीले बताउनुभयो ।

दुर्गम वडाको रुपमा रहेको यो वडापालिकाको विकास निर्माणका काममा आफु सधै लागि परेको गौरीगङ्गा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ यहाँको शिक्षा स्वास्थ्य खानेपानी खेलकुद लगायतका विभिन्न क्षेत्रको विकास निर्माणका लागि नगरपालिकाले वर्षेनी रकम छुट्याउँदै आएको छ ।

प्रतियोगिता कार्यक्रमको प्रमुख अतिथि गौरीगङ्गा नगरपालिका का उप– प्रमुख भोजबहादुर बम र विशिष्ट अतिथि वडा अध्यक्ष साहेब लाल चौधरी र कार्यपालिका सदस्य हरिना देवि खाती रहनु भएको थियो ।

त्यसै गरी वडा सदस्य कमलबहादुर चौधरी, गौरीगङ्गा नगर स्तरीय मेलमिलाप केन्द्र संयोजक हेमन्त राज जोशी नि. वर्तमान वडा सदस्य बिमल प्रसाद चौधरी सामुदायिक वनका अध्यक्ष रमेश बोगटी अतिथिको रुपमा रहनु भएको थियो ।

वडा स्तरीय भलिवल तथा फुटवल प्रतियोगिता कार्यक्रममा समाजसेवि , बुद्धिजीवी , स्वास्थ्यकर्मी ,महिला स्वयं सेविका , पत्रकार लगायत हजार भन्दाबढीको सहभागीता रहेको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?