सूचिकृत मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

सूचिकृत मेलमिलापकर्तालाई पुनर्ताजगी तालिमका सहभागि । तस्बिर ः सुरेश भुूल

सुरेश भुल
कैलाली , वैशाख १७ गते । कैलालीको गौरीगङ्गा नगरपालिकामा सुचिकृत मेलमिलापकर्ताहरूलाई पुनर्ताजगी तालिम सुरु गरिएको छ ।

सुचिकृत मेलमिलापकर्ताको क्षमता अभिवृद्धि विकास गर्न गौरीगङ्गा नगरपालिकाले पुनर्ताजगी तालिम सुरु गरिएको हो ।

गाउँमा हुने गरेका विभिन्न विवादलाई सरल सहज तरिकारले मिलाउँन सक्ने ज्ञान प्रदान गर्ने गरी यहाँका सुचिकृत मेलमिलापकर्ता पुनर्ताजगी तालिम दिएको गौरीगङ्गा नगरपालिकाले जनाएको छ ।

मेलमिलापकर्ताहरूलाई बिर्सेका कुराको पुनःजानकारी हुने गरी यो कार्यक्रम आयोजना गरेको कानुन अधिकृत जयन्द्र ठकुल्लाले बताउनुभयो ।

त्यसै गरी यो तालिमले मेलमिलापकर्ताहरूलाई सक्षम र कानुनी कुराहरूमा ज्ञानदिलाई समुदायमा हुने गरेका विवाद न्युनिकरणमा सहज हुने तालिमका प्रशिक्षक तथा अधिवक्ता रोहित देउवाले बताउनुभयो ।

त्यसै गरी यो तालिम लिईसकेपछि मेलमिलापकर्ताहरूले समुदायमा एक्दमै राम्रो भुमिका खेल्नुका साथै मेलमिलापकर्ताहरूलाई ऐन ,नियम,कानुन सम्बन्धि ज्ञानको विकास हुने न्यायिक समिति सदस्य मदन नेपालीले बताउनुभयो ।

तालिम प्राप्त गरिसकेपछि गाउँ समाजमा भएका विभिन्न किसिमका विवादहरुलाई गाउँमै मिलाउँन मेलमिलापकर्तालाई निकै सहज हुने उप सचिब हरिस पन्तले बताउनुभयो ।

गत आइतबार गौरीगङ्गा नगरपालिका उप प्रमुख भोज बहादुर बमको अध्यक्षतामा सुरु गरिएको यो तालिमको अतिथि गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडी रहनु भएको थियो ।

महिला तथा बालबालिका शाखा प्रमुख भावना जोशीले सञ्चालन गर्नु भएको यो तालिममा शिक्षा शाखा उप सचिब हरिस पन्त कानुन अधिकृत जयन्द्र ठकुल्ला मेलमिलाप केन्द्र नगर संयोजक हेमन्तराज जोशी प्रशिक्षक अधिवक्ता गणेश कडायत , रोहित देउवा ४९ जना सूचिकृत मेलमिलाप कर्ताको सहभागिता रहेको थियो ।

गाउँमा भएका विभिन्न विवादलाई गाउँमै मिला पत्र गर्न मेलमिलापकर्तालाई सहज गर्ने गरी आइतबाट सुरु गरिएको यो तालिम वैशाख १९ गते सम्म चल्ने नगरपालिकाले जनाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?