कूटनीतिक मार्फत सिमा समस्याको समाधान हुन्छ ः मन्त्री
तेजबहादुर सार्की
कञ्चनपुर , भदौ १८ गते । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले कुटनीति मार्फत यहाँको सिमा समस्या समाधान गर्ने बताउनु भएको छ ।
प्रदेश सभा क्षेत्रिय कार्य समितिले कञ्चनपुर क्षेत्र १ क ले आज पुनरर्वास नगरपालिका वडा नं –६ स्थित उद्योग वाणिज्य सँघको सभाहलमा आयोजना गरेको भेटघाट कार्यालयक्रमको प्रमखु अतिथिको रुपमा बोल्दै उहाँले यस्तो भन्नु भएको हो ।
पुनरर्वास , बेलौरी र लालझाडी लगायतका स्थानीय तहमा रहेका स्वास्थ्य , विद्युत र सडक निर्माण तथा दोदा नदि तट्बन्धन गर्ने कामलाई समेत पहिलो प्राथमिकताका दिएका छौ ।
विकास निर्माणको काममा यहाँका सबै राजनीतिक दल स्थानीयहरुको समेत सहकार्य अनिर्वाय रहेको मन्त्री लेखकले भन्नुभयो,“ त्यसैले यहाँका जुनसुकै विकास निर्माणका लागि सबै राजनीतिक दलको सहकार्य तथा सहमति हुनुपर्छ ।”
स्थानीय तहमा पनि मेलमिलापका लागि सबैले सहकार्य गरेर जानुपर्छ । गाउँ बस्तीको विकासका लागि पनि यहाँका सबै राजनीतिक दलको समेत सहमति हुनुपर्छ ।
गत साउन भदौमा भएको विपतका कारण यहाँका किसानको खेतीपातीमा ठुलो क्षति भएको छ । यती मात्र होइन बाढीपहिरो तथा दोदा नदि कटानले धेरै गाउँ बस्ती जोखिममा परेका छन् । केही बस्तीको उठीबास भएको छ ।
त्यसैले याे दाेदा नदिलाई नियन्तरण गर्नका लागि हाम्रो देशको आर्थिकले सम्भव नभएकोले अब विदेशी संस्थाको सहकार्य मार्फत काम गर्छु । अबको केही वर्षमा दोदा नदीको समस्याबाट यहाँका जनता मुक्त हुन्छन् मन्त्री लेखकले बताउनभयो ।
विकास निर्माणका काम समेत स्थानीयले मलाई ज्ञापन पत्र दिनु भएको छ । यो ज्ञापन पत्रमा उल्लेख गरिएका यहाँका स्थानीयका यी मागहरुलाई म मन्त्रालय मार्फत सकिने जति काम गर्छु ।
स्थानीयले मलाई दिएको ज्ञापन पत्रमा पुलको कुरा आएको विद्यालयको कुरा आएको दोदा नदिको समस्याका कुरा आएका छन । यी सबै कुरालाई मैले राम्रो सँग समिक्षा गर्ने उहाँले बताउनुभयो ।
नेपाली काँग्रेस प्रदेश सभापती मनु रोकायाको अध्यक्षतामा सञ्चालन भएको यो भेटघाट कार्यक्रममा पुनरर्वास , लालझाडी र बेलौरी लगायतका समाजसेवी राजनीतिक दल स्थानीय सुरक्षाकर्मी पत्रकार लगायत चाँप सय भन्दाबढीको सहभागि रहेको थियो ।
यो भेटघाट कार्यक्रमको सञ्चालक पुनरर्वास नगरपालिका वडा नं –५ का वडा अध्यक्ष पदम रोकायाले गर्नु भएको थियो ।